गणतन्त्रको पक्षमा एमाले मकवानपुरको हेटौँडामा जनप्रदर्शन

१८ चैत, हेटौँडा । नेकपा एमाले मकवानपुरले गणतन्त्रको पक्षमा हेटौँडामा जनप्रदर्शन गरेको छ। सोमबार एमाले मकवानपुरले ¥यालीसहित हेटौँडाको मुख्य सिमाचोकमा प्रदर्शनसहित जागरण सभा गरेको हो । हेटौँडा उपमहानगरपालिकाको विभिन्न चार दिशाबाट ¥याली निकालेर एमालेले सिमाचोकमा नेता तथा कार्यकर्तासहित सभाको आयोजना गरेको हो ।

हेटौँडाको पूर्वमा सानोपोखरा, पश्चिममा जिल्ला प्रहरी कार्यलय, उत्तरमा चौकीटोल ओरालो र दक्षिणमा वन विज्ञान अध्ययन संस्थानको गेट अगाडीबाट ¥याली निकालिएको थियो। ¥यालीपछिको जागरणसभालाई सम्बोधन गर्दै एमालेका केन्द्रीय सदस्य एवं मकवानपुरका इञ्चार्ज रामेश्वर रानाले राजावादीहरुले विरोधका नाममा अराजकता फैलाएको आरोप लगाए।

राजनीतिको नाममा हत्या, हिंसा र व्यक्तिगत तथा सार्वजनिक सम्पत्ति तोडफोड गर्नेलाई कानून बमोजिम करवाही गर्नुपर्ने उनको भनाइ थियो। मुलुक फेरि पुरानो अवस्थामा फर्कन नसक्ने दावी गर्दै उनले गणतन्त्रको विरुद्धमा भइरहेका षड्यन्त्र विरुद्ध एकजुट हुन आम लोकतन्त्रवादीलाई आग्रह गरे।

केन्द्रीय सदस्य रानाले समृद्ध र सुखी नेपाल निर्माण, संविधानको रक्षा, लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासका लागि एकजुट हुन आवश्यक रहेको बताए। कार्यक्रममा बागमती प्रदेश सरकारका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले राजावादीहरुको अराजकताले सिमा नाघेको बताए। उनले शुक्रबार राजवादीहरुले आफू अनुकुलकै व्यवहार गरेको टिप्पणी गरे। पूर्वराजा ज्ञानेन्द्र सत्ता प्राप्तीको लागि जे पनि गर्न तयार भएको आरोप लगाए।

कार्यक्रममा अध्यक्ष श्रीधर पोखरेलले लोकतान्त्रिक गणतन्त्रको संरक्षण र सम्वद्र्धनका लागि एमाले मकवानपुरले जागरणसभा आयोजना गरेको जानकारी दिए। जिल्लाका १० वटै पालिकाबाट नेता, कार्यकर्ताहरु हेटौँडामा आएर गणतन्त्रको पक्षमा जागरण गराउने काम भएको अध्यक्ष पोखरेलको भनाई छ।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

मकवानपुरमा लागुऔषधसहित चार दिनमा १३ जना पक्राउ

मकवानपुरमा लागुऔषधसहित चार दिनमा १३ जना पक्राउ

१८ जेठ, हेटौँडा । मकवानपुर प्रहरीले चार दिनको अवधिमा विभिन्न स्थानबाट १३ जनालाई लागुऔषधसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्याल...
प्रधानमन्त्री शाहको अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभामा चर्को विरोध, राजीनामाको माग

प्रधानमन्त्री शाहको अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभामा चर्को विरोध, राजीनामाको माग

१८ जेठ, हेटौँडा । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा सीमा विवादका विषयमा दिएको पछिल्लो अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभ...
गौरीटार अन्तर्राष्ट्रिय क्रिकेट मैदानको उद्घाटन

गौरीटार अन्तर्राष्ट्रिय क्रिकेट मैदानको उद्घाटन

१७ जेड, हेटौँडा । हेटौँडाको गौरीटारमा निर्माण सम्पन्न भएको अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान आइतबार औपचारिक रूपमा उद्घाटन गरिएको...
११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

७ जेठ, हेटौँडा । बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको बजेट अधिवेशन जेठ ११ गते सोमबारका लागि आह्वान गर्न लागि प्...
२४ वैशाखमा बागमती प्रदेशभर सार्वजनिक बिदा

२४ वैशाखमा बागमती प्रदेशभर सार्वजनिक बिदा

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले ‘भाषा दिवस’का अवसरमा वैशाख २४ गते बिहीबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । ...
मुख्यमन्त्री बानियाँविरुद्ध कदमप्रतिको कांग्रेस मकवानपुरको आपत्ति

मुख्यमन्त्री बानियाँविरुद्ध कदमप्रतिको कांग्रेस मकवानपुरको आपत्ति

२१ वैशाख, हेटौँडा । नेपाली कांग्रेस मकवानपुर ले बागमती प्रदेशका सभापति तथा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ विरुद्ध...
सुकुमवासी तथा अव्यवस्थित बसोबासीको प्रदर्शन

सुकुमवासी तथा अव्यवस्थित बसोबासीको प्रदर्शन

२१ वैशाख, हेटौँडा । संघीय सरकारले अतिक्रमित बस्ती खाली गर्ने तयारी थालेपछि मकवानपुरमा भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीहरू ...
टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

२१ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगितामा ललितपुरको फ्रे...