१८ चैत, हेटौँडा । नेकपा एमाले मकवानपुरले गणतन्त्रको पक्षमा हेटौँडामा जनप्रदर्शन गरेको छ। सोमबार एमाले मकवानपुरले ¥यालीसहित हेटौँडाको मुख्य सिमाचोकमा प्रदर्शनसहित जागरण सभा गरेको हो । हेटौँडा उपमहानगरपालिकाको विभिन्न चार दिशाबाट ¥याली निकालेर एमालेले सिमाचोकमा नेता तथा कार्यकर्तासहित सभाको आयोजना गरेको हो ।
हेटौँडाको पूर्वमा सानोपोखरा, पश्चिममा जिल्ला प्रहरी कार्यलय, उत्तरमा चौकीटोल ओरालो र दक्षिणमा वन विज्ञान अध्ययन संस्थानको गेट अगाडीबाट ¥याली निकालिएको थियो। ¥यालीपछिको जागरणसभालाई सम्बोधन गर्दै एमालेका केन्द्रीय सदस्य एवं मकवानपुरका इञ्चार्ज रामेश्वर रानाले राजावादीहरुले विरोधका नाममा अराजकता फैलाएको आरोप लगाए।
राजनीतिको नाममा हत्या, हिंसा र व्यक्तिगत तथा सार्वजनिक सम्पत्ति तोडफोड गर्नेलाई कानून बमोजिम करवाही गर्नुपर्ने उनको भनाइ थियो। मुलुक फेरि पुरानो अवस्थामा फर्कन नसक्ने दावी गर्दै उनले गणतन्त्रको विरुद्धमा भइरहेका षड्यन्त्र विरुद्ध एकजुट हुन आम लोकतन्त्रवादीलाई आग्रह गरे।
केन्द्रीय सदस्य रानाले समृद्ध र सुखी नेपाल निर्माण, संविधानको रक्षा, लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासका लागि एकजुट हुन आवश्यक रहेको बताए। कार्यक्रममा बागमती प्रदेश सरकारका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले राजावादीहरुको अराजकताले सिमा नाघेको बताए। उनले शुक्रबार राजवादीहरुले आफू अनुकुलकै व्यवहार गरेको टिप्पणी गरे। पूर्वराजा ज्ञानेन्द्र सत्ता प्राप्तीको लागि जे पनि गर्न तयार भएको आरोप लगाए।
कार्यक्रममा अध्यक्ष श्रीधर पोखरेलले लोकतान्त्रिक गणतन्त्रको संरक्षण र सम्वद्र्धनका लागि एमाले मकवानपुरले जागरणसभा आयोजना गरेको जानकारी दिए। जिल्लाका १० वटै पालिकाबाट नेता, कार्यकर्ताहरु हेटौँडामा आएर गणतन्त्रको पक्षमा जागरण गराउने काम भएको अध्यक्ष पोखरेलको भनाई छ।
Hetauda Live ले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।