बागमती प्रदेशको हिउदे अधिवेशन: चार दिनमा ६ बैठक, एउटा विधेयक पारित, चारवटा संशोधन विधेयक अलपत्र

२४, हेटौंडा । बागमती प्रदेश सभाको दोस्रो कार्यकालको पाँचौँ अधिवेशन एउटा मात्र विधेयक पारित गर्दै अन्त्य भएको छ । १८ माघबाट सुरु भएको हिउँदे अधिवेशन चैत २० गते रातिबाट अन्त्य भएको हो ।

२० गते बुधबार बिहान बसेको बागमती प्रदेश सरकारको मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले संविधानको घारा १८३ को उपधारा २ बमोजिम प्रदेश सभाको चालू अधिवेशन अन्त्य गरेका हुन् ।

यसअघि १९ चैतमा बोलाइएको प्रदेश सभा बैठक दलहरूबिचको असमझदारीका कारण दुईपटकसम्म स्थगित गरिएको थियो ।

यस अवधिमा चार दिनमा ६ वटा बैठक बसेको प्रदेश सभाले थप कुनै काम गर्न नसकेको सचिवालयले जनाएको छ । बागमती प्रदेश सभाको २६ माघमा बसेको प्रदेश सभा बैठकले प्रदेश खेलकुद विकास ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक, २०८१ सर्वसम्मत पारित गरेको थियो । अन्य चारवटा संशोधन विधेयक दफावार छलफलका लागि विषगत समितिमा पठाएको थियो ।

प्रदेश सभाको चालू अधिवेशनबाट सरकारले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक, प्रदेश औद्योगिक व्यवसाय ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक, प्रादेशिक व्यापार तथा व्यवसायीसम्बन्धी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक र प्रदेश प्रमुखको कार्यालयबाट सुझावसहित प्रदेश सभामा फिर्ता भएको प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई विषयगत समितिमा पठाएको थियो ।

ती विधेयकमाथि दफाबार छलफल भएर प्रदेश सभाको बैठकमा पेस गर्ने तयारी दियो । तर, प्रदेश सभा बैठको हिउँदे अधिवेशन अन्त्य भएसँगै ती विधेयक समितिमै थन्किएका छन् ।

सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले प्रतिपक्षी दलका कारण प्रदेश सभाको बैठकले निरन्तरता पाउन नसकेको दाबी गरे । उनले सरकारले प्रतिपक्षीहरूको जायज माग पूरा गर्ने बताउँदै गर्दा पनि लगातार सदन सञ्चालन गर्नै नदिने चेतावनीका कारण अधिवेशन अन्त्यको निर्णयमा पुगेको बताए ।

प्रतिपक्षी दलहरूले भने सरकार सदनमा फेस गर्न नसकेर भागेको आरोप लगाएका छन् । बुधबार दिउँसो १ बजे प्रदेश सभा आह्वान भएकै अवस्थामा बिहान मन्त्रिपरिषद् बैठक बसेर चालू अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गरेसँगै प्रतिपक्षीहरू आक्रोशित बनेका हुन् ।

 

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

२४ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसी मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रत...
बागमतीमा मन्त्रालयको संख्या आठ कायम

बागमतीमा मन्त्रालयको संख्या आठ कायम

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने महत्त्वपूर्ण निर्णय गरेको छ। मंगलबार हेटौँडामा बसेको मन्त्रिपर...
टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

२३ वैशाख, हेटौँडा । सर्लाहीको बागमती युथ क्लब मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...
चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

२२ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीक...
विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो घर तथा कार्यालयमा भएको छापामारीप्रति आपत्ति जनाउँदै ...
मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा ...
बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

२० वैशाख, हेटौँडा । बागमती गोल्डकप स् साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ सेमिफाइनलमा मकवानपुरको बागमती गाउँपालिकामा जारी ...
बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

१९ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसीले मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...