Day: April 6, 2025

आज रामनवमी पर्व मनाइदै

आज रामनवमी पर्व मनाइदै

ताजा अपडेट, समाचार
२४ चैत, हेटौंडा । आज रामनवमी पर्व । चैत्र शुक्ल पक्ष नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् श्रीरामचन्द्रको जन्मदिनको रूपमा मनाइदै छ । वैदिक सनातन धर्म मान्ने समाजमा राम नवमीको स्थान महत्वपूर्ण छ । यस हिसाबले रामनवमी राष्ट्रिय चाडकै रूपमा स्थापित छ । राम नवमीका अवसरमा नेपालको जनकपुर र भारतको अयोध्यामा रामलीला प्रदर्शन गरिन्छ । रामनवमीका दिन देवी पूजा गरी रामचन्द्रको पूजापाठ एवम् आराधना गरेमा ‘श्री’ प्राप्त हुने शास्त्रीय मान्यता छ । नेपालमा रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामको पूजा आराधना गरी मनाइँदै छ । रामको जन्म चैत्र शुक्ल नवमीकै दिन भएको थियो । भनिन्छ, गोस्वामी तुलसीदासले रामचरितमानसको रचना आरम्भ पनि यसै दिन गरेका थिए । त्रेता युगमा मर्यादा पुरुषोत्तमका रूपमा सुपरिचित राम सूर्यवंशी राजा दशरथले गरेको पुत्रेष्टि यज्ञको प्रसादस्वरूप दशरथकी जेठी रानी कौशल्यावतीको गर्भबाट...
अर्घाखाँचीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु

अर्घाखाँचीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु

ताजा अपडेट, समाचार
२४ चैत, हेटौंडा । अर्घाखाँचीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । जिल्लाको मालारानी गाउँपालिका–३ ढुङ्गाडेस्थित लुटीपोखरी–खनदह भित्री सडकखण्डमा लु २ च २९९० नम्बरको सिङ्गल क्याब जिप दुर्घटना हुँदा दिलिप खनाल र बालकृष्ण रिजालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । खनदहतर्फ गइरहेको जिप आज बिहान साढे तीन बजेतिर दुर्घटना भएको जानकारी प्रहरीले पाएको थियो । लगत्तै खनदहबाट प्रहरी टोली उद्धारमा खटिएको थियो । प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका दुवैलाई उपचारका लागि जिल्ला अस्पताल सन्धिखर्क लगिएकोमा बिहान चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । अन्य २ जना घाइतेलाई थप उपचारका लागि बुटवल पठाइएको छ । जिप सडकबाट करिब २०० मिटर तल खसेको छ ।...
बागमतीमा २४ घण्टामा २१ वटा आगलागीका घटना, लाखौको क्षति

बागमतीमा २४ घण्टामा २१ वटा आगलागीका घटना, लाखौको क्षति

अर्थ, ताजा अपडेट, बागमती प्रदेश, समाचार
२४ चैत, हेटौंडा । बागमती प्रदेशमा पछिल्लो २४ घण्टामा २१ व्टा आगलागीका घटना भएका छन् । प्रदेशको उपत्यका बाहेकाका १० जिल्लामा २४ घण्टामा २१ वटा आगलागीका घटना भएका हुन् । प्रदेश प्रहरी कायाृलय बागमती प्रदेशको २४ घण्टाको तथ्यांक अनुसार विभिन्न जिल्लामा आगलागीका घटना भएका हो । सुख्खायाम लागेसंगै सरु भएको आगलागीका घटना पछिल्लो समय निरन्तर बढिरहेको प्रहरीको भनाई छ । प्रदेश प्रहरी कार्यालयका अनुसार मकवानपुरमा ७ वटा, दोलखा, धादिङ र काभ्रेमा ३÷३ वटा, सिन्धुली र नुवाकोटमा २ वटा, सिन्धुपाल्चोक र चितवनमा एक÷एक वटा आगलागीका घटना भएका छन् । २४ घण्टाको अवधिमा मकवानपुरको राक्सिराङमा मात्र ३ वटा आगलागीका घटना भएका छन् । राक्सिराङ गाउँपालिका–७ मा जंगलमा लागेको आगो घरमा सल्किदा स्थानीय सुब्बा प्रजा र चन्द्र प्रजाको घर र गोठ जलेर नष्ट भएको छ । जंगलबाट लागेको आगो हावाहुरीको कारणले जंगल नजिकै रहेको सुब्बा र ...
बागमती प्रदेश: आगामी आर्थिक वर्षको नीति कार्यक्रम र बजेट निर्माण प्रक्रिया सुरु

बागमती प्रदेश: आगामी आर्थिक वर्षको नीति कार्यक्रम र बजेट निर्माण प्रक्रिया सुरु

Breaking News 2, अर्थ, ताजा अपडेट, बागमती प्रदेश, राजनीति, समाचार
२४ चैत, हेटौंडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०८२/८३ का लागि नीति कार्यक्रम र बजेट निर्माणको प्रक्रिया सुरु गरेको छ । प्रदेश सरकारले आगामी नीति तथा कार्यक्रम र बजेटमा समावेश गरिनुपर्ने विषयमा सुझाव पेस गर्न प्रदेशका मन्त्रालय, मातहतका कार्यालय र संवैधानिक आयोगहरूलाई पत्राचार गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मन्त्रालय र मातहतका कार्यालयहरूलाई १० वैशाखसम्म सुझावमा पेस गर्न भनिएको छ । सुझावमा प्रदेशको दोस्रो आवधिक योजना, नेपालको चालू सोह्राैँ आवधिक योजना तथा दिगो विकासका लक्ष्य, संविधानमा उल्लिखित राज्यका निर्देशक सिद्धान्तहरू, राज्यका नीतिहरू, राज्यको दायित्वलगायत विषयमा केन्द्रित हुन भनिएको छ । प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले विगतको तुलनामा आगामी बजेट कार्यक्रम निकै व्यवस्थित र सम्मुनत हुने दाबी गरेका छन् । उनले बजेट परिचालनको चलखेल अन...
बागमती प्रदेशको हिउदे अधिवेशन: चार दिनमा ६ बैठक, एउटा विधेयक पारित, चारवटा संशोधन विधेयक अलपत्र

बागमती प्रदेशको हिउदे अधिवेशन: चार दिनमा ६ बैठक, एउटा विधेयक पारित, चारवटा संशोधन विधेयक अलपत्र

Breaking News 1, ताजा अपडेट, बागमती प्रदेश, राजनीति, समाचार
२४, हेटौंडा । बागमती प्रदेश सभाको दोस्रो कार्यकालको पाँचौँ अधिवेशन एउटा मात्र विधेयक पारित गर्दै अन्त्य भएको छ । १८ माघबाट सुरु भएको हिउँदे अधिवेशन चैत २० गते रातिबाट अन्त्य भएको हो । २० गते बुधबार बिहान बसेको बागमती प्रदेश सरकारको मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले संविधानको घारा १८३ को उपधारा २ बमोजिम प्रदेश सभाको चालू अधिवेशन अन्त्य गरेका हुन् । यसअघि १९ चैतमा बोलाइएको प्रदेश सभा बैठक दलहरूबिचको असमझदारीका कारण दुईपटकसम्म स्थगित गरिएको थियो । यस अवधिमा चार दिनमा ६ वटा बैठक बसेको प्रदेश सभाले थप कुनै काम गर्न नसकेको सचिवालयले जनाएको छ । बागमती प्रदेश सभाको २६ माघमा बसेको प्रदेश सभा बैठकले प्रदेश खेलकुद विकास ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक, २०८१ सर्वसम्मत पारित गरेको थियो । अन्य चारवटा संशोधन विधेयक दफावार छलफलका लागि विषगत समितिमा पठाएको थियो । प्रदेश...
रास्वपाको ‘जनयात्रा’ चिवतनबाट घण्टी बजाएर शुभारम्भ

रास्वपाको ‘जनयात्रा’ चिवतनबाट घण्टी बजाएर शुभारम्भ

ताजा अपडेट, राजनीति, समाचार
२३ चैत, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको निर्वाचन क्षेत्रबाट पार्टीको जनयात्रा सुरु गरेको छ । भारतपुर महानगरपालिका वडा नम्बर १० स्थित गेष्टहाउस चैरमा आयोजित सभामा नेताहरुले पाटीको चुनाव चिन्ह घण्टी बजाएर पार्टीको ‘जनयात्रा’को शुभारम्भ गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका चिवन सभापति कृष्णप्रसाद भषालको अध्यक्षतामा जारी सभामा पार्टीका केन्द्रीय उपासभापति एवं संघीय सांसद डा. स्वर्णीम वाग्ले, कार्यवहाक महामन्त्री कविन्द्र बुर्लाकोटी, संदीय दलका उपनेता एवं जनयात्रा कार्यक्रमका संयोजक विराजभक्त महर्जन, सांसद हरि ढकाल, शिव नेपाली, लक्ष्मी तिवारी, केन्द्रीय सदस्यहरु राजन गौतम, ध्रुव गिरी, सविना विक, कुसुम महर्जन, प्रदेशका सभापति डा. अच्युतम लामिछाने लगाएतको कार्यक्रममा उपस्थिति रहेको छ । पार्टीको केन्द्रीय समितिको निर्णय अनुसार आजबाट सुरु भएको जनयात्रामा पार्ट...