बागमतीमा २४ घण्टामा २१ वटा आगलागीका घटना, लाखौको क्षति

२४ चैत, हेटौंडा । बागमती प्रदेशमा पछिल्लो २४ घण्टामा २१ व्टा आगलागीका घटना भएका छन् । प्रदेशको उपत्यका बाहेकाका १० जिल्लामा २४ घण्टामा २१ वटा आगलागीका घटना भएका हुन् । प्रदेश प्रहरी कायाृलय बागमती प्रदेशको २४ घण्टाको तथ्यांक अनुसार विभिन्न जिल्लामा आगलागीका घटना भएका हो । सुख्खायाम लागेसंगै सरु भएको आगलागीका घटना पछिल्लो समय निरन्तर बढिरहेको प्रहरीको भनाई छ ।

प्रदेश प्रहरी कार्यालयका अनुसार मकवानपुरमा ७ वटा, दोलखा, धादिङ र काभ्रेमा ३÷३ वटा, सिन्धुली र नुवाकोटमा २ वटा, सिन्धुपाल्चोक र चितवनमा एक÷एक वटा आगलागीका घटना भएका छन् । २४ घण्टाको अवधिमा मकवानपुरको राक्सिराङमा मात्र ३ वटा आगलागीका घटना भएका छन् ।
राक्सिराङ गाउँपालिका–७ मा जंगलमा लागेको आगो घरमा सल्किदा स्थानीय सुब्बा प्रजा र चन्द्र प्रजाको घर र गोठ जलेर नष्ट भएको छ । जंगलबाट लागेको आगो हावाहुरीको कारणले जंगल नजिकै रहेको सुब्बा र चन्द्रको काठको खरले छाएको कच्ची घर र घरसंगै रहेको खाली बाख्रा गोठ जलेर नष्ट भएको प्रहरीको भनाई छ ।

आगोलागीबाट सुब्बा र चन्द्रको घर भित्र रहेको लताकपडा, भाडा, अन्नपात र नगद २० हजार रुपैयाँ जलेर नष्ट भएको प्रहरीको विवरणमा उल्लेख छ । सो घटनामा करिव एक लाख ५० हजार रुपैयाँको क्षती भएको प्रहरीको मुल्यांकन रहेको छ । सोही घटनामा मानवीय तथा चौपायाहरुको क्षति नभएको र कान्द्राङ चौकीबाट खटिएको प्रहरी तथा स्थानीयको सहयोगमा आगो पुर्ण रुपमा नियन्त्रणमा लिइएको प्रहरीको भनाई छ ।

त्यस्तै प्रहरीका अनुसार जंगलमा लागेको आगो सल्कीदाँ राक्सिराङ–४ का राम बहादुर थिङको काठको खरले छाएको कच्ची घर जलेर नष्ट भएको छ । आगलागीका कारण थिङको घर भित्र रहेको अन्नपात, लताकपडा, सोलार प्यानल जलेर नष्ट भएको थियो । अस्थायी प्रहरी पोष्ट गिंगुबाट अटिएको प्रहरी टोलीले स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

आगलागीबाट राक्सिराङ–५ का रोसन प्रजाको घरमा जलेर नष्ट भएको प्रहरीको भनाई छ । सो घटनामा करि २ लाख रुपैयाँको क्षती भएको प्रहरीको अनुमान छ । आगलागीबाट बागमती गाउँपालिका–७ बस्ने निज बहादुर थापाको काठले बनेको जस्ताको छानो भएको घरमा जलेर पुर्ण रुपमा नष्ट भएको छ । आगलागीबाट करिव २ लाख ५० हजार रुपैयाँ क्षती भएको प्रहरीको मुल्यांकन रहेको छ । हेटौँडा–१५ मा डम्पिङ गरेर राखिएको कोईलामा आगलागी भएको प्रहरीले जनाएको छ । सो घटना भैतिक, तथा मानविय क्षती नभएको प्रहरीले जनाएको छ ।

त्यस्तै इन्द्रसरोबर गाउँपालिका–३ सिस्नेरी भालुडाँडा स्थित राष्ट्रिय वनमा डढेलो लाग्दा स्थानीय मिठ्ठु सिलवालको कच्ची घर र वेद बहादुर सिलवालको गोठ जलेर नष्ट भएको छ । घरगोठमा मानिस तथा चौपाय नरहेकाले भौतिक संरचना मात्र क्षती भएको प्रहरीको तथ्यांकमा उल्लेख छ । सो घटनामा ३ लाख ८० हजार रुपैयाँको क्षती भएको प्रहरीको मुल्यांकन रहेको छ । दुधौली–३ कालापानी स्थित चन्द्र बहादुर तामाङको बाँसको टाटी भएको घरमा आगलगी हुँदा जलेर पुर्ण रुपमा क्षती भएको छ । दोलखाको भस्मेश्वर–५ माझिमाटीमा स्थानीय रुद्र बहादुर बस्नेतको घरको माथिल्लो तलामा क्षती भएको छ ।

प्रदेश प्रहरी कार्यालय हेटौंडाको विवरण अनुसार काभ्रेको चौरीदेउराली–६ स्थित माथिल्लो कात्तिकेदेउराली सामुदायिक वनमा आगलागी भएको छ भने महाभारत गाउँपालिका–७ स्थित कुलुङ सामुदायिक वनमा आगलागी भएको छ । चौरीदेउराली–५ स्थित व्यक्तिगत पाखो बारिमा लागेको आगो खारा सामुदायिक वनमा फैलिएको छ । धादिङको त्रिपुरासुन्दरी–६ स्थित कुवापानि सामुदायिक वनमा आगलागी भएको छ । गंगाजमुना–७ अमारेडाँडा स्थितमा नगेन्द्र दवाडीको बाँझो बारीमा आगलागी भएको छ ।

धुनिवेसी–९ चापागाईकोट स्थित निसाकोट सामुदायिक जंलमा आगलागी भएको छ । नुवाकोटको ककनी–३ चिहानडाँडा स्थित हवेली सामुदायिक वनमा आगलागी भएको छ । बेलकोटगढी–१० हकुवाटोल स्थित सालघाँरी शिला पत्थर सामुदायिक वनमा आगोलागी भएको छ । सिन्धुलीको गोलन्जार–७ माथिल्लो बारा स्थित बाराही देवि सामुदायिक वन र पञ्चकन्या सामुदायिक वनमा आगलागी भएको छ ।

भीमेश्वर–५ स्थित विचोर सामुदायिक वनमा आगलागी भएको छ भने मेलुङ–२ साझा सामुखोरिया सामुदायिक वनमा पनि आगो लागेको छ । प्रहरीका अनुसार चौतारा साँगागढीचोक नगरपालिका–५ भेडाबारी स्थित कमेरेपानी सामुदायिक वन, चितवनको राप्ती नगरपालीका–१ लोथर स्थित परेवाश्वरी सामुदायिक वनमा आगलागी भएको छ ।

उक्त घटनामा प्रहरी सहित स्थानीयहरुको सहकार्यमा आगो निभाउने कार्य भइरहेको, मानव वस्ती जोखिममा नरहेको र आगो नियन्त्रणमा लिने प्रयास भएरहेको प्रहरीले जनाएको छ । केही स्थानको आगलागी स्थानीय र प्रहरी तथा दमकलको सहयमोगमा नियन्त्रणमा लिएपनि केही स्थानमा दमकल जान नसक्ने अवस्था नरहेको प्रहरीले बताएको छ । आगलागी भएको क्षेत्रमा नेपाल प्रहरी र शसस्त्र प्रहरीको टोली र स्थनीयबासीको सहयोगमा आगो निभाउने काम भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

हेटौँडामा अबेर रातसम्म डान्स बार सञ्चालन गर्ने ४ जना पक्राउ

हेटौँडामा अबेर रातसम्म डान्स बार सञ्चालन गर्ने ४ जना पक्राउ

११ वैशाख, हेटौँडा । हेटौँडामा अबेर रातसम्म डान्स बार तथा दोहोरी साँझ सञ्चालन गरेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ।...
एडीबीसँग ११५ मिलियन डलर ऋण स्वीकार गर्नेसरकारको निर्णय

एडीबीसँग ११५ मिलियन डलर ऋण स्वीकार गर्नेसरकारको निर्णय

१० वैशाख, हेटौंडा । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न महत्त्वपूर्...
१० वर्षमा १५ हजार मेगावाट निर्यात लक्ष्य बनाउदै सरकार

१० वर्षमा १५ हजार मेगावाट निर्यात लक्ष्य बनाउदै सरकार

१० वैशाख, हेटौंडा । ऊर्जा क्षेत्रलाई आर्थिक रूपान्तरणको प्रमुख आधार बनाउने लक्ष्यसहित ‘ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति, २०...
भुटनदेवी माविमा कक्षा ११–१२ मा होटल म्यानेजमेन्ट र शिक्षा विषय थपिने

भुटनदेवी माविमा कक्षा ११–१२ मा होटल म्यानेजमेन्ट र शिक्षा विषय थपिने

६ वैशाख, हेटौँडा । हेटौंडा उपमहानगरपालिकाको पुरानो र उत्कृष्ट नतिजा हासिल गर्दै आएको भुटनदेवी माध्यमिक विद्यालयले कक्षा ११ र १२ मा...
विक्रम संवत् २०८३  नयाँ वर्ष  शुरु

विक्रम संवत् २०८३  नयाँ वर्ष  शुरु

१ वैशाख, हेटौँडा । आजदेखि नेपालमा विक्रम संवत् २०८३ को प्रारम्भ भएको छ । नेपालीहरूको परम्पराअनुसार, वैशाख १ गतेलाई नयाँ वर्षका रूप...
सरकारद्वारा वैशाख ७ सम्म ‘शून्य बाँकी फाइल अभियान’ घोषणा

सरकारद्वारा वैशाख ७ सम्म ‘शून्य बाँकी फाइल अभियान’ घोषणा

२८ चैत, हेटौँडा । सरकारी कार्यालयहरूमा थन्किएका फाइलहरूको चाप घटाउन र सेवा प्रवाहलाई छिटोछरितो बनाउन सरकारले ‘शून्य बाँकी फाइल अभि...
घरमै बसेर ‘ई–पेन्सन भेरिफिकेसन’, राज्यलाई वार्षिक १५ करोड बचत हुने

घरमै बसेर ‘ई–पेन्सन भेरिफिकेसन’, राज्यलाई वार्षिक १५ करोड बचत हुने

२८ चैत, हेटौँडा । नेपालको सार्वजनिक सेवा प्रवाहमा ऐतिहासिक परिवर्तन गर्दै सरकारले पेन्सनरहरूका लागि ‘ई(पेन्सन भेरिफिकेसन’ प्रणाली ...
बागमतीमा सार्वजनिक सवारीको नयाँ भाडादर लागू

बागमतीमा सार्वजनिक सवारीको नयाँ भाडादर लागू

२८ चैत, हेटौँडा । बागमती प्रदेश सरकारले सार्वजनिक सवारी साधनको नयाँ भाडादर लागू गरेको छ। प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालय...