२८ चैत, हेटौँडा । पछिल्लो २४ घण्टामा हावाहुरी र पानीसँगै परेको चट्याङका कारण देशभरमा ५ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विभिन्न पाँच जिल्लामा चट्याङका कारण ५ जनाको मृत्यु भएको हो ।
प्राधिकरणका अनुसार झापाको गौरादह नगरपालिका ५ स्थित बालुबथानमा एक ५४ वर्षीय पुरुषको चट्याङ लागेर मृत्यु भएको छ । यस्तै मोरङको कानेपोखरी गाउँपालिका–१ मा १२ वर्षीय बालकको मृत्यु भएको छ भने धनुषाको नगराईन नगरपालिका–८ अकौरामा ६० वर्षीया महिलाको खेतमा चट्याङ लागेर मृत्यु भएको छ ।
यता डोटीको सायल गाउँपालिका–६ दल्लेखमा एक ३३ वर्षीया महिलाको मृत्यु भएको हुँदा उक्त स्थानमा ७ जना घाइते भएका छन् । यसैगरी बझाङको बित्थडचिर गाउँपालिका–३ मा एक ७८ वर्षीया महिलाको चट्याङका कारण मृत्यु भएको छ भने त्यहाँ २ जना बालिका घाइते भएको प्राधिकरणले जनाएको ।
Hetauda Live ले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।