
दुर्गा प्रसाईं भारतको आसाममा पक्राउ
२८ चैत, हेटोँडा। गत चैत १५ गते भएको हिंसात्मक प्रदर्शनका मुख्य नाइके दुर्गा प्रसाईं भारतको आसाममा पक्राउ परेका छन् । प्रहरी स्रोतका अनुसार उनलाई पक्राउ गरेर नेपाल ल्याइँदैछ ।
राजावादीको आन्दोलनका कमाण्डर रहेका प्रसाईँलाई नेपाल प्रहरीले खोजी गरिरहेको थियो । १५ गते काठमाडौँको तिनकुनेमा भएको हिंसात्मक प्रदर्शनको योजनाकार प्रसाईँ रहको निक्र्योल गरिएको छ । उक्त घटनमा पत्रकार सुरेश रजकको जलेर र सविन मर्हनको प्रहरीको गोली लागेकार मृत्यु भएको थियो ।
तीनकुने घटनामा प्रहरीलाई नै गाडीले पेलेर अघि बढेका प्रसाईं केहीबेरपछि सम्पर्कविहीन भएका थिए । त्यसयता प्रहरीले उनको खोजी गरिरहेको थियो । यसबीचमा प्रसाईंले सामाजिक सञ्जालबाट भिडियो पोस्ट गर्दै आफू फरार नरहेको बताउँदै आएका थिए ।
सामाजिक सञ्जालमा उनको तर्फबाट सन्देशहरु आइरहँदा समेत प्रहरीले ट्र्याक गर्न नसकेको भनेर आलोचना पनि भएको थियो । समाचार अ...