बैशाख १५ भित्र कांग्रेसको क्रियाशील सदस्यता नविकरण गरिसक्नुपर्ने

२८ चैत, हेटौँडा । नेपाली काँग्रेसले क्रियाशील सदस्यता नवीकरणका लागि १५ दिनको म्याद थप गरेको छ । यसअघि चैत मसान्त भित्रै सदस्यता नवीकरण पूरा गर्न निर्देशन दिइएको थियो । विभिन्न जिल्लामा विवादका कारण समय थप गरिएको हो ।

अब वैशाख १५ गतेभित्र सदस्यता नविकरणको काम सक्नुपर्ने छ । महामन्त्री गगन थापाले ७७ जिल्ला कार्यसमितिलाई परिपत्र गर्दै थपिएको म्यादमा सदस्यता नवीकरण पूरा गर्न निर्देशन दिएका छन् ।

यसपटक क्रियाशील सदस्यता नवीकरणको लागि दुई सय रुपैयाँको शुल्क निर्धारण गरिएको छ । नेपाली काँग्रेसको महाधिवेशनको तयारीका क्रममा क्रियाशील सदस्यता नवीकरणको महत्वपूर्ण भूमिका रहने हुँदा थापाले पार्टीका नेताहरूलाई समयमै सदस्यता नविकरण नगरे महाधिवेशनमा समस्याको सामना गर्नुपर्ने चेतावनी दिएका छन् ।

महामन्त्री थापाले पार्टीको महाधिवेशन अरु पार्टीसँग एकता गरेर सार्न नमिल्ने पनि स्पष्ट पारेका छन् । बिहीबार नेपाली काँग्रेस काठमाडौँ क्षेत्र नम्बर २ अन्तर्गत दोस्रो प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै उनले तोकिएको समयमा महाधिवेशन गर्न नहुने भन्ने अन्योलबाट बाहिर निस्कन नेता र कार्यकर्तालाई आग्रह पनि गरेका छन् ।

प्रतिक्रिया

Advertisement

छुटाउनुभयो कि ?

हेटौंडामा ‘प्रदेश स्पोर्ट्स अवार्ड एन्ड युथ समिट’ आयोजना हुने

हेटौंडामा ‘प्रदेश स्पोर्ट्स अवार्ड एन्ड युथ समिट’ आयोजना हुने

१ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारअन्तर्गत युवा तथा खेलकुद मन्त्रालयले हेटौंडामा पहिलोपटक ‘प्रदेश स्पोर्ट्स अवार्ड एन्ड युथ समिट...
पेट्रोलियम पदार्थको मूल्य घट्यो

पेट्रोलियम पदार्थको मूल्य घट्यो

१ जेठ, हेटौँडा । नेपाल आयल निगमले आज रातिदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । इण्डियन आयल कर्पोरेशनले पठाएको नया...
बकैया  ७ मा हर्दा खहरे सिँचाई आयोजनाको उद्घाटन

बकैया ७ मा हर्दा खहरे सिँचाई आयोजनाको उद्घाटन

३१ बैशाख, हेटौँडा । मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ७ मा हर्दा खहरे बोरिङ सिँचाई आयोजनाको उद्घाटन गरिएको छ । सिँचाइ सुविधा प...
महालेखा प्रतिवेदन: मकवानपुरको बकैयामा सबैभन्दा कम बेरुजु, थाहामा सबैभन्दा बढी

महालेखा प्रतिवेदन: मकवानपुरको बकैयामा सबैभन्दा कम बेरुजु, थाहामा सबैभन्दा बढी

१ जेठ, हेटौंडा  । स्थानीय तहको बजेट खर्चमा वित्तीय अनुशासन कमजोर हुँदै गएको महालेखा परीक्षकको ६२औँ प्रतिवेदनले देखाएको छ। बुधबार ...
बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभाको निश्कर्ष

बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभाको निश्कर्ष

३० बैशाख, हेटौँडा । गत १९ गते हेटौँडा उपमहानगरपालिका–१६ स्थित गैरीगाउँमा बोरिङको कारण जमिन भासिएर बोलेरो गाडी धसिएको पाइएको छ । घट...
चोरमारास्थित गिरुवारी खोलाको पुल भाँचियो, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

चोरमारास्थित गिरुवारी खोलाको पुल भाँचियो, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

३० बैशाख, हेटौँडा । नवलपुर जिल्लाको चोरमारा स्थित गिरुवारी खोलामा रहेको पुल भाँचिएपछि पूर्व–पश्चिम राजमार्ग पूर्ण रूपमा अवरुद्ध भए...
चपसंघ मकवानपुरले वाग्ले, फागो र अधिकारीलाई पुरस्कृत गर्दै

चपसंघ मकवानपुरले वाग्ले, फागो र अधिकारीलाई पुरस्कृत गर्दै

३० बैशाख, हेटौँडा । चलचित्र पत्रकार संघ नेपाल मकवानपुर शाखाले ७ जेठमा चलचित्र पत्रकारिता दिवसको अवसरमा चलचत्रि पत्रकार अनन्त वाग्ल...
विकासमा नमुना वडा बनाउँदैछौँः वडा अध्यक्ष सिग्देल

विकासमा नमुना वडा बनाउँदैछौँः वडा अध्यक्ष सिग्देल

२९ बैशाख, हेटौँडा । हेटौँडा उपमहानगरपालिका ४ वडा नम्बर वडा अध्यक्ष नवीन सिग्देलले वडालाई विकासमा नमुना र अग्रिणी वडा बनाउँन आफू ला...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज