३० चैत्र, हेटौँडा । नेपाल पत्रकार महासंघ मकवानपुरले ७० औं स्थापना दिवसको अवसरमा आयोजित स्वास्थ्य जाँच शिविरमा ५१ जनाले स्वास्थ्य परिक्षण गराएका छन् ।
नेपाल पत्रकार महासंघ, बागमती प्रदेशको समन्वयमा जिल्ला शाखा मकवानपुरले नसर्ने रोगहरुको परिक्षण तथा स्वास्थ्य प्रवद्धन कार्यक्रम आयोजना गरेको हो । हेटौंडा–४ स्थित नेपाल पत्रकार महासंघ मकवानपुरको कार्यालय परिसरमा आयोजित शिविरमा सञ्चारकर्मी, सञ्चारकर्मीका साथै परिवारका सदस्यले पनि स्वास्थ्य जाँच गराएका थिए ।
शिविरमा बडी मास इन्डेक्स बीएमआई, मधुमेह परीक्षण, पाठेघरको मुखको जाँच, रक्तचाप जाँच र मृगौला सम्बन्धी जाँच गरिएको थियो । जनस्वास्थ्य कार्यालय मकवानपुर र हेटौंडा उपमहानगरपालिका, जनस्वास्थ्य शाखाको सहयोगमा शिविर भएको हो ।
यसअघि चैत्र १७ गते स्थापना दिवसका दिन स्वास्थ्य शिविर राख्ने भनिएतापनि चैत्र १५ गते राजावादीहरुको आन्दोलमा पत्रकार सुरेश रजकको मृत्यु भएपछि कार्यक्रम स्थगित गरिएको थियो । रजकको मृत्युमा छनविन समिति गठन हुनुपर्ने माग राख्दै महासंघ निरन्तर आन्दोलित बन्दै आएको छ ।
Hetauda Live ले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।