Day: April 12, 2025

पर्साको बीरगन्ज महानगरपालिका क्षेत्रमा सेना परिचालन

पर्साको बीरगन्ज महानगरपालिका क्षेत्रमा सेना परिचालन

Breaking News 1, ताजा अपडेट, राजनीति, समाचार
३० चैत, हेटौँडा । पर्साको वीरगन्जमा शनिबार भएको दुई समुदायबिचको दोहोरो झडप नियन्त्रण लिन सेना परिचालन गरिएको छ । शनिबार साँझ वीरगन्ज महानगरपालिका क्षेत्रमा सेना परिचालन गरिएको हो । त्यसअघि स्थानीय प्रशासनले साढे ६ बजेदेखि आइतबार बिहान १२ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको थियो । स्थितिलाई नियन्त्रणमा लिन अहिले सेना परिचालन गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिएका छन् । झडप नियन्त्रणमा लिने क्रममा प्रहरीले १४५ राउन्ड अश्रुग्याँस प्रहार गरेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीले क्रमशः ७०र७५ राउन्ड अश्रुग्याँस प्रहार गरेको अर्याले जानकारी दिएका छन् । झडपमा १२ सर्वसाधारण घाइते भएका छन् । झडपका क्रममा ४ वटा मोटरसाइकल जलाइएको छ । झडपका क्रममा एसपी गौतम मिश्रसहित नेपाल प्रहरीका मात्रै १५ जना घाइते भएका छन्। यस्तै सशस्त्र प्रहरीतर्फ पनि ८ जना घाइते भएका छन् । ह...
मानव सेवा आश्रमको महायज्ञमा ४ करोड ८ लाख रकम संकलन

मानव सेवा आश्रमको महायज्ञमा ४ करोड ८ लाख रकम संकलन

अर्थ, ताजा अपडेट, समाचार
३० चैत्र, हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ९ स्थित मानव सेवा आश्रममा चैत्र १७ गते देखि २४ गते सम्म सञ्चालन भएको श्रीमत भागवत ज्ञान विज्ञान महायज्ञमा ४ करोड बढी रकम संकलन भएको छ । शनिवार मानव सेवा आश्रमले पत्रकार सम्मेलनको आयोजना गर्दै ४ करोड ८ लाख ९५ हजार ५ सय ८७ रुपैंया संकलन भएको जानकारी दिइएको हो । महायज्ञमा नगद, चेक र क्युआरबाट १ करोड १७ लाख ८१ हजार ३ सय ४८ रुपैयाँ रकम संकलन भएको र प्रतिबद्वता रकम २ करोड ८७ लाख ६२ हजार १ सय २३ रुपैयाँ रहेको कोषाध्यक्ष तारा प्रसाद लामिछानेले जानकारी दिए । यस्तै सरकारी निकाय, स्थानिय वडा र पालिकाबाट २ करोड ३५ लाख ८७ हजार ३ सय ६६ रुपैयाँ, नारायणी यातायात व्यवसायी सहितका संघ संस्थाहरूबाट १८ लाख ५५ हजार ४ सय ७ रुपैयाँ, र व्यक्तिगतबाट २९ लाख १९ हजार ५० रुपैयाँ प्रतिबद्धता आएको लामिछानेको भनाई छ । प्रतिबद्धता रकम मध्ये ७ लाख २५ हजार ७ सय २ ...
बीरगञ्जमा कर्फ्यु आदेश जारी

बीरगञ्जमा कर्फ्यु आदेश जारी

Breaking News 1, राजनीति, समाचार
३० चैत, हेटौँडा । पर्साको वीरगञ्जमा शनिबार साँझदेखि कर्फ्यु आदेश जारी भएको छ । दुई समुदायबिच भएको झडपले उग्र रूप लिएपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेश जारी गरेको हो । बीरगंजमा शनिवार बिहान हनुमान जयन्तीको शोभा यात्रा निकाल्ने क्रममा छपकैया चोक अगाड़ी हिन्दू र मुस्लिम समुदायबिच झडप हुँदा बिरगंजको अवस्था तनावग्रस्त बनेको छ । झडपका कारण लजिज बिरयानी लगायत केहि पसलहरमा आगजनी समेत भएको छ ।...
पत्रकार महासंघका निवर्तमान अध्यक्ष पोख्रेलले ल्याए कविता संग्रह ‘बाको अनुहार’

पत्रकार महासंघका निवर्तमान अध्यक्ष पोख्रेलले ल्याए कविता संग्रह ‘बाको अनुहार’

Breaking News 2, ताजा अपडेट, समाचार
३० चैत, हेटौंडा । नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष विपुल पोख्रेलको कविता संग्रह ‘बाको अनुहार’ सार्वजनिक भएको छ । शनिबार बिहान दाङको घोराहीमा आयोजित एक कार्यक्रमकाबीच कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले कविता संग्रह विमोचन गरेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री शर्माले साहित्यीक सिर्जनाको प्रभाव दीर्घकालसम्म रहने बताए । ‘साहित्यले समयको चित्रण गर्नुपर्छ । समसामयीक परिवेशलाई प्रदर्शन गर्नुपर्छ,’ उनले भने,’विपुलका कविताले देश र परिवेशको चित्रण गरेका छन् । यसले लामो समय प्रभाव छोड्नेछन् ।’ संग्रहको समीक्षा गर्दै साहित्यकार कृष्णराज डिसीले पोख्रेलका कविताले आफ्ना बाको मात्रै नभएर सबै बाआमाहरूको कथाव्यथा पस्केको बताए । अर्का समिक्षक राप्ती साहित्य परिषद्का अध्यक्ष टिकाराम उदासीले पोख्रेलका कवितामा देशपरिवेश र समाजको सही चित्रण भएको उल्लेख गरे । कविता संग्रहको सम्पादन...
स्वास्थ्य जाँच शिविरमा ५१ जनाले स्वास्थ्य परिक्षण गराए

स्वास्थ्य जाँच शिविरमा ५१ जनाले स्वास्थ्य परिक्षण गराए

Breaking News 2, ताजा अपडेट, समाचार, स्वास्थ्य
३० चैत्र, हेटौँडा । नेपाल पत्रकार महासंघ मकवानपुरले ७० औं स्थापना दिवसको अवसरमा आयोजित स्वास्थ्य जाँच शिविरमा ५१ जनाले स्वास्थ्य परिक्षण गराएका छन् । नेपाल पत्रकार महासंघ, बागमती प्रदेशको समन्वयमा जिल्ला शाखा मकवानपुरले नसर्ने रोगहरुको परिक्षण तथा स्वास्थ्य प्रवद्धन कार्यक्रम आयोजना गरेको हो । हेटौंडा–४ स्थित नेपाल पत्रकार महासंघ मकवानपुरको कार्यालय परिसरमा आयोजित शिविरमा सञ्चारकर्मी, सञ्चारकर्मीका साथै परिवारका सदस्यले पनि स्वास्थ्य जाँच गराएका थिए । शिविरमा बडी मास इन्डेक्स बीएमआई, मधुमेह परीक्षण, पाठेघरको मुखको जाँच, रक्तचाप जाँच र मृगौला सम्बन्धी जाँच गरिएको थियो । जनस्वास्थ्य कार्यालय मकवानपुर र हेटौंडा उपमहानगरपालिका, जनस्वास्थ्य शाखाको सहयोगमा शिविर भएको हो । यसअघि चैत्र १७ गते स्थापना दिवसका दिन स्वास्थ्य शिविर राख्ने भनिएतापनि चैत्र १५ गते राजावादीहरुको आन्दोलमा पत्रकार स...
मकवानपुरको कैलाश र बैकुण्ठमा होमस्टे सञ्चालन गरिने

मकवानपुरको कैलाश र बैकुण्ठमा होमस्टे सञ्चालन गरिने

Breaking News 1, अर्थ, ताजा अपडेट, समाचार
२९ चेत, हेटौंडा । मकवानपुरको विकट गाउँपालिका कैलाशको वडा नम्बर २ स्थित बैकुण्ठ र कैलाशमा होमस्टे सञ्चालन गरिने भएको छ । पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने उद्देश्यले विभिन्न पूर्वाधारको विकास गर्दै आएको पालिकाले उक्त क्षेत्रमा होमस्टे सञ्चालन गर्ने भएको हो । ऐतिहासिक र धार्मिक महत्व बोकेको कैलाश र बैकुण्ठ क्षेत्रमा घुम्न आउने पर्यटकहरुको सहजताका लागि होमस्टे सञ्चालन गर्न लागिएको गाउँपालिकाका अध्यक्ष लोक बहादुर मोक्तानले बताए । उनले यस स्थानमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरुको बसाई लम्ब्याउनका लागि पनि खाना र आवासको व्यवस्थागर्न होमस्टे सञ्चालन आवस्यक भएको स्पष्ट पारे । जिल्लाकै विकट गाउँपालिका भएपनि प्रकृतिक रुपमा सुन्दर कैलाशको बैकुण्ठ र कैलाश क्षेत्र ऐतिहासिक र धार्मिक रुपले महत्वपूर्ण मानिन्छ । हालै मात्र गाउँपालिकाको आफ्नै खर्चमा साहासिक पर्यटनका लागि जिपलाईनको निर्माण ग...