मानव सेवा आश्रमको महायज्ञमा ४ करोड ८ लाख रकम संकलन

३० चैत्र, हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ९ स्थित मानव सेवा आश्रममा चैत्र १७ गते देखि २४ गते सम्म सञ्चालन भएको श्रीमत भागवत ज्ञान विज्ञान महायज्ञमा ४ करोड बढी रकम संकलन भएको छ ।

शनिवार मानव सेवा आश्रमले पत्रकार सम्मेलनको आयोजना गर्दै ४ करोड ८ लाख ९५ हजार ५ सय ८७ रुपैंया संकलन भएको जानकारी दिइएको हो । महायज्ञमा नगद, चेक र क्युआरबाट १ करोड १७ लाख ८१ हजार ३ सय ४८ रुपैयाँ रकम संकलन भएको र प्रतिबद्वता रकम २ करोड ८७ लाख ६२ हजार १ सय २३ रुपैयाँ रहेको कोषाध्यक्ष तारा प्रसाद लामिछानेले जानकारी दिए ।

यस्तै सरकारी निकाय, स्थानिय वडा र पालिकाबाट २ करोड ३५ लाख ८७ हजार ३ सय ६६ रुपैयाँ, नारायणी यातायात व्यवसायी सहितका संघ संस्थाहरूबाट १८ लाख ५५ हजार ४ सय ७ रुपैयाँ, र व्यक्तिगतबाट २९ लाख १९ हजार ५० रुपैयाँ प्रतिबद्धता आएको लामिछानेको भनाई छ ।

प्रतिबद्धता रकम मध्ये ७ लाख २५ हजार ७ सय २ रुपैंया संकलन भइसेको पनि उनले जानकारी दिए । यसैगरी जिन्सि बराबरको ३ लाख ३१ हजार ६ सय ६१ रुपैयाँ संकलन भएको छ । पत्रकार सम्मेलनमा यसै गरी मानव सेवा आश्रमका केन्द्रिय अध्यक्ष रामजी अधिकारीले महायज्ञले मानवता प्रबद्र्धनमा ठुलो टेवा पुगेको विश्वास व्यक्त गरे ।

मानव सेवा आश्रमले १० करोडको अक्षयकोष बनाउने योजना अनुसार माहयज्ञ सम्पन्न गरेको जनाएको छ । महायज्ञ मुल आयोजक संयोजक बद्रिनाथ शर्माको सभाअध्यक्षतामा भएको पत्रकार सम्मेलनमा मानव सेवा आश्रमका प्रतिनिधिको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

मकवानपुरमा लागुऔषधसहित चार दिनमा १३ जना पक्राउ

मकवानपुरमा लागुऔषधसहित चार दिनमा १३ जना पक्राउ

१८ जेठ, हेटौँडा । मकवानपुर प्रहरीले चार दिनको अवधिमा विभिन्न स्थानबाट १३ जनालाई लागुऔषधसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्याल...
प्रधानमन्त्री शाहको अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभामा चर्को विरोध, राजीनामाको माग

प्रधानमन्त्री शाहको अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभामा चर्को विरोध, राजीनामाको माग

१८ जेठ, हेटौँडा । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा सीमा विवादका विषयमा दिएको पछिल्लो अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभ...
गौरीटार अन्तर्राष्ट्रिय क्रिकेट मैदानको उद्घाटन

गौरीटार अन्तर्राष्ट्रिय क्रिकेट मैदानको उद्घाटन

१७ जेड, हेटौँडा । हेटौँडाको गौरीटारमा निर्माण सम्पन्न भएको अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान आइतबार औपचारिक रूपमा उद्घाटन गरिएको...
११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

७ जेठ, हेटौँडा । बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको बजेट अधिवेशन जेठ ११ गते सोमबारका लागि आह्वान गर्न लागि प्...
२४ वैशाखमा बागमती प्रदेशभर सार्वजनिक बिदा

२४ वैशाखमा बागमती प्रदेशभर सार्वजनिक बिदा

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले ‘भाषा दिवस’का अवसरमा वैशाख २४ गते बिहीबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । ...
मुख्यमन्त्री बानियाँविरुद्ध कदमप्रतिको कांग्रेस मकवानपुरको आपत्ति

मुख्यमन्त्री बानियाँविरुद्ध कदमप्रतिको कांग्रेस मकवानपुरको आपत्ति

२१ वैशाख, हेटौँडा । नेपाली कांग्रेस मकवानपुर ले बागमती प्रदेशका सभापति तथा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ विरुद्ध...
सुकुमवासी तथा अव्यवस्थित बसोबासीको प्रदर्शन

सुकुमवासी तथा अव्यवस्थित बसोबासीको प्रदर्शन

२१ वैशाख, हेटौँडा । संघीय सरकारले अतिक्रमित बस्ती खाली गर्ने तयारी थालेपछि मकवानपुरमा भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीहरू ...
टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

२१ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगितामा ललितपुरको फ्रे...