३० चैत, हेटौंडा । नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष विपुल पोख्रेलको कविता संग्रह ‘बाको अनुहार’ सार्वजनिक भएको छ ।
शनिबार बिहान दाङको घोराहीमा आयोजित एक कार्यक्रमकाबीच कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले कविता संग्रह विमोचन गरेका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री शर्माले साहित्यीक सिर्जनाको प्रभाव दीर्घकालसम्म रहने बताए । ‘साहित्यले समयको चित्रण गर्नुपर्छ । समसामयीक परिवेशलाई प्रदर्शन गर्नुपर्छ,’ उनले भने,’विपुलका कविताले देश र परिवेशको चित्रण गरेका छन् । यसले लामो समय प्रभाव छोड्नेछन् ।’
संग्रहको समीक्षा गर्दै साहित्यकार कृष्णराज डिसीले पोख्रेलका कविताले आफ्ना बाको मात्रै नभएर सबै बाआमाहरूको कथाव्यथा पस्केको बताए ।
अर्का समिक्षक राप्ती साहित्य परिषद्का अध्यक्ष टिकाराम उदासीले पोख्रेलका कवितामा देशपरिवेश र समाजको सही चित्रण भएको उल्लेख गरे ।
कविता संग्रहको सम्पादन आदिम केसीले गरेका छन् । ३० वटा कविता समेटिएको संग्रहको प्रकाशन गोरक्ष दैनिकले गरेको हो ।
Hetauda Live ले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।