मकवानपुरको कैलाश र बैकुण्ठमा होमस्टे सञ्चालन गरिने

२९ चेत, हेटौंडा । मकवानपुरको विकट गाउँपालिका कैलाशको वडा नम्बर २ स्थित बैकुण्ठ र कैलाशमा होमस्टे सञ्चालन गरिने भएको छ । पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने उद्देश्यले विभिन्न पूर्वाधारको विकास गर्दै आएको पालिकाले उक्त क्षेत्रमा होमस्टे सञ्चालन गर्ने भएको हो ।

ऐतिहासिक र धार्मिक महत्व बोकेको कैलाश र बैकुण्ठ क्षेत्रमा घुम्न आउने पर्यटकहरुको सहजताका लागि होमस्टे सञ्चालन गर्न लागिएको गाउँपालिकाका अध्यक्ष लोक बहादुर मोक्तानले बताए । उनले यस स्थानमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरुको बसाई लम्ब्याउनका लागि पनि खाना र आवासको व्यवस्थागर्न होमस्टे सञ्चालन आवस्यक भएको स्पष्ट पारे ।

जिल्लाकै विकट गाउँपालिका भएपनि प्रकृतिक रुपमा सुन्दर कैलाशको बैकुण्ठ र कैलाश क्षेत्र ऐतिहासिक र धार्मिक रुपले महत्वपूर्ण मानिन्छ । हालै मात्र गाउँपालिकाको आफ्नै खर्चमा साहासिक पर्यटनका लागि जिपलाईनको निर्माण गरिएको छ भने उक्त स्थानमा पर्यटकको आकर्षणका लागि डम्फु पार्क, डाँफे पार्कका साथै विष्णु कुण्डमा गुरु रिम्पोछेको प्रतिमा स्थापना गरिएको गरिएको छ ।

गाउँपालिकाका अध्यक्ष मुक्तानले होमस्टे सञ्चालनका लागि त्यहाँका स्थानीयलाई विभिन्न स्थानका होमस्टेको स्थलगत अवलोकन गराउँनुका साथै तालिम समेत दिइएको जानकारी दिए । होमस्टे सञ्चालन गर्ने स्थानका स्थानीयलाई चार दिने स्थलगत अवलोकन सँगै तीन दिने तालिम प्रदान गरिएको हो ।

होमस्टे सञ्चालन गर्ने स्थानीयहरुलाई वडा नम्बर २ का वडाध्यक्ष राजेन्द्र घिसिङ, वडा सचिव नितेशकुमार यादव, गाउँपालिका उद्यम विकास शाखा प्रमुख प्रमिला अर्याल सहितको टोलीले स्याङ्जाको सिरुबारीे, लमजुङको घलेगाउँ र गोरखाको वारपाक क्षेत्रका होमस्टेहरुको अवलोकन गराएका थिए ।

यस्तै स्थानीयलाई होमस्टे सञ्चालनका लागि प्रयोग गरिने घरको सजावट, पाहुनाको स्वागत सत्कार, विदाई, तथा ऐन नियमकाबारे जानकारी गराइएको वडा अध्यक्ष घिसिङले जानकारी दिए ।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

२४ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसी मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रत...
बागमतीमा मन्त्रालयको संख्या आठ कायम

बागमतीमा मन्त्रालयको संख्या आठ कायम

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने महत्त्वपूर्ण निर्णय गरेको छ। मंगलबार हेटौँडामा बसेको मन्त्रिपर...
टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

२३ वैशाख, हेटौँडा । सर्लाहीको बागमती युथ क्लब मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...
चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

२२ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीक...
विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो घर तथा कार्यालयमा भएको छापामारीप्रति आपत्ति जनाउँदै ...
मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा ...
बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

२० वैशाख, हेटौँडा । बागमती गोल्डकप स् साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ सेमिफाइनलमा मकवानपुरको बागमती गाउँपालिकामा जारी ...
बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

१९ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसीले मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...