१ वैशाख, हेटौँडा । बालबालिकालाई सार्वजनिक भाषणकला सिकाउन हेटौँडामा सञ्चालित सात दिने जुनियर पब्लिक स्पिकिङ तालिम सम्पन्न भएको छ । हेटौँडा मल्टिमिडिया प्रालि र किताबघरले पहिलोपटक सञ्चालन गरेको तालिममा २४ जना बालबालिकाले भाग लिएका थिए ।
चैत २३ गतेदेखि सञ्चालित तालिमको समापनका अवसरमा सबै सहभागीहरूले विभिन्न विषयमा आआफ्नो प्रस्तुति दिएका थिए । शनिबार नवोदय शिशु सदन माविको सभाहलमा भएको कार्यक्रममा बालबालिकाको प्रस्तुतिपछि अभिभावकहरूले खुसी व्यक्त गरेका छन् । कार्यक्रमका बारेमा प्रतिक्रिया व्यक्त गर्दै उनीहरूले हेटौँडामा यस्ता कार्यक्रमहरूले निरन्तरता पाउनुपर्ने समेत विचार व्यक्त गरे ।
मकवानपुर बाल विद्या सदनका प्रिन्सिपल सुदीपराज गिरीले छोटो अवधीको तालिमबाटै बालबालिकाले महत्त्वपूर्ण सीप सिकेको पाएको बताए । तालिमले बालबालिकामा जस्तोसुकै अवस्थामा आफ्ना कुरा राख्न सक्ने आत्मविश्वास भरेको भन्दै तालिममा सिकेका कुराहरूको निरन्तर अभ्यासले बालबालिकालाई सफल बनाउने विश्वास व्यक्त गरे ।
प्रशिक्षक छवि अनित्यले पहिलोपटक आयोजित कार्यक्रम उपलब्धिमूलक भएको र दोस्रो समूहको तालिम आगामी वैशाख ३ गतेदेखि सञ्चालन गर्ने तयारी भइरहेको बताए । कार्यक्रममा सहभागीहरूलाई हेटौँडा मल्टिमिडिया प्रालिका प्रबन्ध निर्देशक देवराज पन्तले प्रमाणपत्र प्रदान गरेका थिए ।
Hetauda Live ले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।