
तरुण दलको शुभकामना दौडको उपाधि बकैयाका गोलेलाई
१ वैशाख, हेटौँडा । नयाँ वर्षको अवसरमा हेटौँडा उपमहानगरपालिका वडा नम्बर ६ चौघडामा भएको जिल्ला स्तरीय ५ किलो मिटर खुल्ला शुभकामना दौड प्रतियोगिताको उपाधि बकैया गाउँपालिका वडा नम्बर ५ का राजकुमार गोलेले जितेका छन् । तरुण दल हेटौँडा ६ नम्बर वडा इकाईको आयोजनामा भएको प्रतियोगिताको निर्धारित ५ किलो मिटरको दुरी १५ मिनेट ११ सेकेण्डमा पुरा गर्दै उपाधि जितेका हुन् ।
यस्तै थाहा नगरपालिकाका विजन सुनार र राक्सिराङ गाउँपालिकाका सुवास हेम्जन क्रमशः द्वितिय र तृतिय भए । द्वितिय भएका सुनारले निर्धारित दुरी १५ मिनेट ३५ सेकेण्ड र तृति हुने हेम्जनले १६ मिनेट १६ सेकेण्डमा पुरा गरे । प्रतियोगितामा प्रथम, द्वितिय र तृतिय हुनेहरुले क्रमशः १५ हजार, १० हजार र ५ हजारसहित सिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् ।
यसैगरी प्रतियोगितामा सहमागी महिलाहरुको तर्फबाट हेटौँडा १३ की साधना लोप्चन र हेटौँडा १३ कै सविना ...