तरुण दलको शुभकामना दौडको उपाधि बकैयाका गोलेलाई

१ वैशाख, हेटौँडा । नयाँ वर्षको अवसरमा हेटौँडा उपमहानगरपालिका वडा नम्बर ६ चौघडामा भएको जिल्ला स्तरीय ५ किलो मिटर खुल्ला शुभकामना दौड प्रतियोगिताको उपाधि बकैया गाउँपालिका वडा नम्बर ५ का राजकुमार गोलेले जितेका छन् । तरुण दल हेटौँडा ६ नम्बर वडा इकाईको आयोजनामा भएको प्रतियोगिताको निर्धारित ५ किलो मिटरको दुरी १५ मिनेट ११ सेकेण्डमा पुरा गर्दै उपाधि जितेका हुन् ।

यस्तै थाहा नगरपालिकाका विजन सुनार र राक्सिराङ गाउँपालिकाका सुवास हेम्जन क्रमशः द्वितिय र तृतिय भए । द्वितिय भएका सुनारले निर्धारित दुरी १५ मिनेट ३५ सेकेण्ड र तृति हुने हेम्जनले १६ मिनेट १६ सेकेण्डमा पुरा गरे । प्रतियोगितामा प्रथम, द्वितिय र तृतिय हुनेहरुले क्रमशः १५ हजार, १० हजार र ५ हजारसहित सिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् ।

यसैगरी प्रतियोगितामा सहमागी महिलाहरुको तर्फबाट हेटौँडा १३ की साधना लोप्चन र हेटौँडा १३ कै सविना मगर प्रथम र द्वितिय भएका थिए । उनीहरुलाई प्रोत्साहन स्वरुप क्रमशः एक हजार र पाँच सय रुपैयाँ प्रदान गरिएको नेपाल तरुण दल हेटौँडा ६ का पूर्व अध्यक्ष राजकुमार बास्तोलाले जानकारी दिए ।

तरुण दल हेटौँडा ६ नम्बर वडा अध्यक्ष कमल कोइरालाको साध्यक्षतामा भएको कार्यक्रममा कांग्रेस पार्टीका जिल्ला सभापति बुद्ध लामा, पार्टी सहसचिव इन्दिरा न्यौपाने, हेटौँडा–६ का वडा अध्यक्ष विष्णुबहादुर दाहाल, हेटौंडा–७ का वडा अध्यक्ष दामोदर गौतम लागाएतले प्रथम, द्वितिय र तृतिय भएकाहरुलाई नगद पुरस्कार सहित सिल्ड, मेडल तथा प्रमाण पत्र प्रदान गरेका थिए ।

नेपाल तरुण दल हेटौँडा ६ इकाई समितिले नेपाल एथ्लेटिक्स संघ मकवानपुरको प्राविधिक सहयोगमा प्रत्येक वर्ष नयाँ वर्षको अवसरमा शुभकामना खुल्ला दौड प्रतियोगिता गर्दै आएको छ ।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

मकवानपुरमा लागुऔषधसहित चार दिनमा १३ जना पक्राउ

मकवानपुरमा लागुऔषधसहित चार दिनमा १३ जना पक्राउ

१८ जेठ, हेटौँडा । मकवानपुर प्रहरीले चार दिनको अवधिमा विभिन्न स्थानबाट १३ जनालाई लागुऔषधसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्याल...
प्रधानमन्त्री शाहको अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभामा चर्को विरोध, राजीनामाको माग

प्रधानमन्त्री शाहको अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभामा चर्को विरोध, राजीनामाको माग

१८ जेठ, हेटौँडा । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा सीमा विवादका विषयमा दिएको पछिल्लो अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभ...
गौरीटार अन्तर्राष्ट्रिय क्रिकेट मैदानको उद्घाटन

गौरीटार अन्तर्राष्ट्रिय क्रिकेट मैदानको उद्घाटन

१७ जेड, हेटौँडा । हेटौँडाको गौरीटारमा निर्माण सम्पन्न भएको अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान आइतबार औपचारिक रूपमा उद्घाटन गरिएको...
११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

७ जेठ, हेटौँडा । बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको बजेट अधिवेशन जेठ ११ गते सोमबारका लागि आह्वान गर्न लागि प्...
२४ वैशाखमा बागमती प्रदेशभर सार्वजनिक बिदा

२४ वैशाखमा बागमती प्रदेशभर सार्वजनिक बिदा

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले ‘भाषा दिवस’का अवसरमा वैशाख २४ गते बिहीबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । ...
मुख्यमन्त्री बानियाँविरुद्ध कदमप्रतिको कांग्रेस मकवानपुरको आपत्ति

मुख्यमन्त्री बानियाँविरुद्ध कदमप्रतिको कांग्रेस मकवानपुरको आपत्ति

२१ वैशाख, हेटौँडा । नेपाली कांग्रेस मकवानपुर ले बागमती प्रदेशका सभापति तथा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ विरुद्ध...
सुकुमवासी तथा अव्यवस्थित बसोबासीको प्रदर्शन

सुकुमवासी तथा अव्यवस्थित बसोबासीको प्रदर्शन

२१ वैशाख, हेटौँडा । संघीय सरकारले अतिक्रमित बस्ती खाली गर्ने तयारी थालेपछि मकवानपुरमा भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीहरू ...
टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

२१ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगितामा ललितपुरको फ्रे...