तरुण दलको शुभकामना दौडको उपाधि बकैयाका गोलेलाई

१ वैशाख, हेटौँडा । नयाँ वर्षको अवसरमा हेटौँडा उपमहानगरपालिका वडा नम्बर ६ चौघडामा भएको जिल्ला स्तरीय ५ किलो मिटर खुल्ला शुभकामना दौड प्रतियोगिताको उपाधि बकैया गाउँपालिका वडा नम्बर ५ का राजकुमार गोलेले जितेका छन् । तरुण दल हेटौँडा ६ नम्बर वडा इकाईको आयोजनामा भएको प्रतियोगिताको निर्धारित ५ किलो मिटरको दुरी १५ मिनेट ११ सेकेण्डमा पुरा गर्दै उपाधि जितेका हुन् ।

यस्तै थाहा नगरपालिकाका विजन सुनार र राक्सिराङ गाउँपालिकाका सुवास हेम्जन क्रमशः द्वितिय र तृतिय भए । द्वितिय भएका सुनारले निर्धारित दुरी १५ मिनेट ३५ सेकेण्ड र तृति हुने हेम्जनले १६ मिनेट १६ सेकेण्डमा पुरा गरे । प्रतियोगितामा प्रथम, द्वितिय र तृतिय हुनेहरुले क्रमशः १५ हजार, १० हजार र ५ हजारसहित सिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् ।

यसैगरी प्रतियोगितामा सहमागी महिलाहरुको तर्फबाट हेटौँडा १३ की साधना लोप्चन र हेटौँडा १३ कै सविना मगर प्रथम र द्वितिय भएका थिए । उनीहरुलाई प्रोत्साहन स्वरुप क्रमशः एक हजार र पाँच सय रुपैयाँ प्रदान गरिएको नेपाल तरुण दल हेटौँडा ६ का पूर्व अध्यक्ष राजकुमार बास्तोलाले जानकारी दिए ।

तरुण दल हेटौँडा ६ नम्बर वडा अध्यक्ष कमल कोइरालाको साध्यक्षतामा भएको कार्यक्रममा कांग्रेस पार्टीका जिल्ला सभापति बुद्ध लामा, पार्टी सहसचिव इन्दिरा न्यौपाने, हेटौँडा–६ का वडा अध्यक्ष विष्णुबहादुर दाहाल, हेटौंडा–७ का वडा अध्यक्ष दामोदर गौतम लागाएतले प्रथम, द्वितिय र तृतिय भएकाहरुलाई नगद पुरस्कार सहित सिल्ड, मेडल तथा प्रमाण पत्र प्रदान गरेका थिए ।

नेपाल तरुण दल हेटौँडा ६ इकाई समितिले नेपाल एथ्लेटिक्स संघ मकवानपुरको प्राविधिक सहयोगमा प्रत्येक वर्ष नयाँ वर्षको अवसरमा शुभकामना खुल्ला दौड प्रतियोगिता गर्दै आएको छ ।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

हेटौँडामा अबेर रातसम्म डान्स बार सञ्चालन गर्ने ४ जना पक्राउ

हेटौँडामा अबेर रातसम्म डान्स बार सञ्चालन गर्ने ४ जना पक्राउ

११ वैशाख, हेटौँडा । हेटौँडामा अबेर रातसम्म डान्स बार तथा दोहोरी साँझ सञ्चालन गरेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ।...
एडीबीसँग ११५ मिलियन डलर ऋण स्वीकार गर्नेसरकारको निर्णय

एडीबीसँग ११५ मिलियन डलर ऋण स्वीकार गर्नेसरकारको निर्णय

१० वैशाख, हेटौंडा । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न महत्त्वपूर्...
१० वर्षमा १५ हजार मेगावाट निर्यात लक्ष्य बनाउदै सरकार

१० वर्षमा १५ हजार मेगावाट निर्यात लक्ष्य बनाउदै सरकार

१० वैशाख, हेटौंडा । ऊर्जा क्षेत्रलाई आर्थिक रूपान्तरणको प्रमुख आधार बनाउने लक्ष्यसहित ‘ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति, २०...
भुटनदेवी माविमा कक्षा ११–१२ मा होटल म्यानेजमेन्ट र शिक्षा विषय थपिने

भुटनदेवी माविमा कक्षा ११–१२ मा होटल म्यानेजमेन्ट र शिक्षा विषय थपिने

६ वैशाख, हेटौँडा । हेटौंडा उपमहानगरपालिकाको पुरानो र उत्कृष्ट नतिजा हासिल गर्दै आएको भुटनदेवी माध्यमिक विद्यालयले कक्षा ११ र १२ मा...
विक्रम संवत् २०८३  नयाँ वर्ष  शुरु

विक्रम संवत् २०८३  नयाँ वर्ष  शुरु

१ वैशाख, हेटौँडा । आजदेखि नेपालमा विक्रम संवत् २०८३ को प्रारम्भ भएको छ । नेपालीहरूको परम्पराअनुसार, वैशाख १ गतेलाई नयाँ वर्षका रूप...
सरकारद्वारा वैशाख ७ सम्म ‘शून्य बाँकी फाइल अभियान’ घोषणा

सरकारद्वारा वैशाख ७ सम्म ‘शून्य बाँकी फाइल अभियान’ घोषणा

२८ चैत, हेटौँडा । सरकारी कार्यालयहरूमा थन्किएका फाइलहरूको चाप घटाउन र सेवा प्रवाहलाई छिटोछरितो बनाउन सरकारले ‘शून्य बाँकी फाइल अभि...
घरमै बसेर ‘ई–पेन्सन भेरिफिकेसन’, राज्यलाई वार्षिक १५ करोड बचत हुने

घरमै बसेर ‘ई–पेन्सन भेरिफिकेसन’, राज्यलाई वार्षिक १५ करोड बचत हुने

२८ चैत, हेटौँडा । नेपालको सार्वजनिक सेवा प्रवाहमा ऐतिहासिक परिवर्तन गर्दै सरकारले पेन्सनरहरूका लागि ‘ई(पेन्सन भेरिफिकेसन’ प्रणाली ...
बागमतीमा सार्वजनिक सवारीको नयाँ भाडादर लागू

बागमतीमा सार्वजनिक सवारीको नयाँ भाडादर लागू

२८ चैत, हेटौँडा । बागमती प्रदेश सरकारले सार्वजनिक सवारी साधनको नयाँ भाडादर लागू गरेको छ। प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालय...