शिलान्यास भएको १७ वर्षपछि गौरीटार रंगशाला उद्घाटन

११ वैशाख, हेटौँडा । शिलान्यास भएको १७ वर्षपछि गौरीटार फुटबल रंगशालाको उद्घाटन भएको छ । हेटौँडा उपमहानगरपालिका– ६ स्थित गौरीटार रंगशालाको शिलान्यास २८ जेठ ०६४ मा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले गरेका थिए । फुटबल रंगशालाले पूर्णता पाउन डेढ दशक लागेको छ । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले बुधबार रंगशालाको उद्घाटन गरेका छन् । निर्धारित मितिअनुसार २९ पुस ०८१ मा रंगशालाका सबै निर्माण कार्य सकिनुपर्ने थियो ।

रंगशालाको मैदान, रनिङ ट्र्याक, प्यारापिटका सिट र पर्खाल निर्माणमा २० करोड ४६ लाख ७४ हजार रुपैयाँ खर्च भएको खेलकुदमन्त्री मीनकृष्ण महर्जनले जानकारी दिए । ०७४ मा प्रदेश सरकारको मातहत आएपछि रंगशालाको भौतिक निर्माणले गति लिएको हो । फुटबल मैदान बने पनि रंगशालाको भौतिक पूर्वाधारका काम बाँकी थियो ।

पूर्वाधार निर्माण पूरा नहुँदा रंगशालाको उद्घाटन रोकियो । प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव दीपक लामाले प्रत्यक्ष निगरानी तथा निरीक्षणपछि रंगशालाको निर्माणकार्य सम्पन्न भएको बताए । रंगशालाको प्यारापिटमा दुई हजार चार सय कुर्सी जडानसँगै रनिङ ट्र्याकको बेस कोर्स र १०५।६८ मिटरको खेलमैदानमा पानी निकासको स्वचालित सिस्टम जडान गरिएको सदस्यसचिव लामाले जानकारी दिए । यसैबिच रंगशाला परिसरभित्र पौडीपोखरी र क्रिकेट रंगशाला निर्माण कार्य भइरहेको लामाले बताए । प्रदेश सरकारले गत आर्थिक वर्षदेखि क्रिकेट रंगशालामा १२ करोड र स्विमिङ पुल निर्माणका लागि नौ करोड रुपैयाँ विनियोजन गरेको थियो । क्रिकेट रंगशालामा पहिलो चरणमा ६ सयभन्दा बढी दर्शक क्षमताको एउटा प्यारापिट बन्नेछ । मैदानमा पाँचवटा पिच, ७० मिटर घेराको मैदान, भिभिआइपीदेखि पार्किङलगायत संरचना निर्माण हुन बाँकी छ ।

मुख्यमन्त्री तामाङले सरकार खेल क्षेत्रको विकास र व्यवस्थापनमा प्रतिबद्ध रहेको बताए । उनले खेलकुद क्षेत्रको पूर्वाधार निर्माण कामलाई व्यवस्थित गर्ने बताए । ‘सरकारले लगानी मात्र गर्नेभन्दा पनि त्यसबाट उठ्ने राजस्व संकलन गर्ने गरी संरचनाको व्यवस्थापन गर्नुपर्छ,’ उनले भने । खेलकुद विकासमन्त्री महर्जनले खेलकुद क्षेत्रलाई पर्यटनमा जोडेर अघि बढाउनुपर्ने बताए । ‘साहसिक खेलको सम्भाव्यता अध्ययन गरेर पूर्वाधार निर्माणमा जोड दिन सके पर्यटकको आगमन बढाउनेछ,’ उनले भने ।
नयाँ पत्रिकाबाट

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

मकवानपुरमा लागुऔषधसहित चार दिनमा १३ जना पक्राउ

मकवानपुरमा लागुऔषधसहित चार दिनमा १३ जना पक्राउ

१८ जेठ, हेटौँडा । मकवानपुर प्रहरीले चार दिनको अवधिमा विभिन्न स्थानबाट १३ जनालाई लागुऔषधसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्याल...
प्रधानमन्त्री शाहको अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभामा चर्को विरोध, राजीनामाको माग

प्रधानमन्त्री शाहको अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभामा चर्को विरोध, राजीनामाको माग

१८ जेठ, हेटौँडा । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा सीमा विवादका विषयमा दिएको पछिल्लो अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभ...
गौरीटार अन्तर्राष्ट्रिय क्रिकेट मैदानको उद्घाटन

गौरीटार अन्तर्राष्ट्रिय क्रिकेट मैदानको उद्घाटन

१७ जेड, हेटौँडा । हेटौँडाको गौरीटारमा निर्माण सम्पन्न भएको अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान आइतबार औपचारिक रूपमा उद्घाटन गरिएको...
११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

७ जेठ, हेटौँडा । बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको बजेट अधिवेशन जेठ ११ गते सोमबारका लागि आह्वान गर्न लागि प्...
२४ वैशाखमा बागमती प्रदेशभर सार्वजनिक बिदा

२४ वैशाखमा बागमती प्रदेशभर सार्वजनिक बिदा

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले ‘भाषा दिवस’का अवसरमा वैशाख २४ गते बिहीबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । ...
मुख्यमन्त्री बानियाँविरुद्ध कदमप्रतिको कांग्रेस मकवानपुरको आपत्ति

मुख्यमन्त्री बानियाँविरुद्ध कदमप्रतिको कांग्रेस मकवानपुरको आपत्ति

२१ वैशाख, हेटौँडा । नेपाली कांग्रेस मकवानपुर ले बागमती प्रदेशका सभापति तथा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ विरुद्ध...
सुकुमवासी तथा अव्यवस्थित बसोबासीको प्रदर्शन

सुकुमवासी तथा अव्यवस्थित बसोबासीको प्रदर्शन

२१ वैशाख, हेटौँडा । संघीय सरकारले अतिक्रमित बस्ती खाली गर्ने तयारी थालेपछि मकवानपुरमा भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीहरू ...
टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

२१ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगितामा ललितपुरको फ्रे...