भुटनदेवी माविमा सिपमुलक तालिम सुरु, व्यवसायिक शिक्षालाई प्राथमिकता दिँदै विद्यालय

१३ वैशाख, हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ मा रहेको भुटनदेवी माविमा विद्यार्थीहरुका लागि व्यवसायिक तालिम शुरू गरिएको छ । पहिलो चरणमा ६० जना विद्यार्थीलाई सिपमुलक तालिम दिन लागिएको विद्यालयले जनाएको छ ।

तालिमको शुभारम्भ गर्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका वडा अध्यक्ष नवीन सिग्देलले विद्यार्थीहरूलाई व्यवसायिक तालिम मार्फत भाविष्यमा रोजगारीको ग्यारेन्टि गर्ने उदेश्यले विद्यालयले तालिमको सुरु गरेको बताए । उनका अनुसार विद्यालयको आन्तरिक स्रोतबाट प्रारम्भिक चरणमा हेयर कटिङमा, बेसिक व्युटीपार्लर र बेसिक ईलोक्टिसियनको तालिम दिन लागिएको हो ।

अध्यक्ष सिग्देलले विद्यालयले सैद्वान्तिक पढाईको अलावा विभिन्न अतिरिक्त क्रियाकलाप आयोजना गर्दै आईरहेको र फरक पहिचानसहित शिक्षाको गुणस्तर सुधार माथी उठाउन आफुहरु लागि परेको जानकारी दिए । उनले सिपमुलक तालिम अन्तर्गत पहिलो चरणमा विद्यार्थीहरुका लागि हेयर कटिङ, बेसिक व्यटीपार्लर र बेसिक इलेक्ट्रिसियन तालिम दिन थालिएको बताए ।

कार्यक्रममा विद्यालयका सहायक प्रधानध्यापक भरत पोखरेलले विद्यालयले सञ्चालन गर्न लागिको सिपमुलक तालिममा हेयर कटिङमा २० जना, बेसिक व्युटीपार्लरमा २० जना र बेसिक ईलोक्टिसियनमा २० जना विध्यार्थीको सहभागीता रहेको छ । उनले सैद्वान्तिक शिक्षासंगै, अतिरिक्त क्रियाकलाप र सीपमूलक कार्यक्रम नियमित रूपमा सञ्चालन गर्ने बार्षिक योजना रहेको स्पष्ट पारे ।

कार्यक्रममा हेयर कटिङका प्रशिक्षक किरण अधिकारी र ईलोक्टोनिक्सका प्रशिक्षक ज्ञानेन्द्र देवकोटाले तालिमको महत्ववारे जानकारी गराएका थिए । तालिम सुभारम्भ कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य राजेन्द्रकुमार बस्ताकोटी, सहायक प्रअ बेदराज कोईराला, शिक्षक प्रतिनिधि सूर्यप्रसाद घिमीरे, मावि तह संयोजक संगीता उप्रेती, आधारभूत तह श्याम बजगाईँ, प्रावि संयोजक मुकुन्द न्यौपाने लगायतको उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

२४ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसी मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रत...
बागमतीमा मन्त्रालयको संख्या आठ कायम

बागमतीमा मन्त्रालयको संख्या आठ कायम

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने महत्त्वपूर्ण निर्णय गरेको छ। मंगलबार हेटौँडामा बसेको मन्त्रिपर...
टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

२३ वैशाख, हेटौँडा । सर्लाहीको बागमती युथ क्लब मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...
चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

२२ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीक...
विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो घर तथा कार्यालयमा भएको छापामारीप्रति आपत्ति जनाउँदै ...
मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा ...
बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

२० वैशाख, हेटौँडा । बागमती गोल्डकप स् साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ सेमिफाइनलमा मकवानपुरको बागमती गाउँपालिकामा जारी ...
बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

१९ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसीले मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...