Day: April 26, 2025

स्कूटर दुर्घटना हुँदा एमाले मकवानपुरका अध्यक्ष पोखरेल गम्भीर घाइते

स्कूटर दुर्घटना हुँदा एमाले मकवानपुरका अध्यक्ष पोखरेल गम्भीर घाइते

Breaking News 1, ताजा अपडेट, समाचार
१३ वैशाख, हेटौँडा । हेटौँडामा शनिवार विहान भएको स्कुटर दुर्घटनामा एमाले मकवानपुरका अध्यक्ष श्रीधर पोखरेल गम्भीर घाइते भएका छन् । उनको हेटौँडा अस्पतालको आइसीयु कक्षमा उपचार भइरहेको छ । मकवानपुर प्रहरीका अनुसार शनिबार बिहान हेटौँडा उपमहानगरपालिका वडा नम्बर ५ पुष्पलाल पार्क अगाडी एमाले पार्टी कार्यलय नजिकै दुर्घटनामा परेका थिए । कमलडाँडाबाट पार्टी कार्यलय आउने क्रममा पोखरेलले चलाएको प्र.३–०३–००१ प. ५८०७ नम्बरको स्कुटर एक्कासी अनियन्त्रित भई दुर्घटना भएको थियो । अन्दाजी ६२ वर्षीय पोखरेलको टाउकोमा चोट लागेको छ । उनको टाउकोमा सामान्य रगत जमेको र बाहिरी भागमासमेत चोट लागेको उपचारमा संलग्न चिकित्सकले जानकारी दिएको हेटौँडा अस्पताल विकास समितिका सदस्य उत्सव चौलगाईँले जानकारी दिए । बेहोस अवस्थामा अस्पताल पु¥याइएका अध्यक्ष पोखरेलको अहिले होस आएको चिकित्सकले जानकारी दिएको मकवानपुर प्रहरी प्रवक्ता...
भुटनदेवी माविमा सिपमुलक तालिम सुरु, व्यवसायिक शिक्षालाई प्राथमिकता दिँदै विद्यालय

भुटनदेवी माविमा सिपमुलक तालिम सुरु, व्यवसायिक शिक्षालाई प्राथमिकता दिँदै विद्यालय

Breaking News 2, ताजा अपडेट, शिक्षा, समाचार, हेटौँडा
१३ वैशाख, हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ मा रहेको भुटनदेवी माविमा विद्यार्थीहरुका लागि व्यवसायिक तालिम शुरू गरिएको छ । पहिलो चरणमा ६० जना विद्यार्थीलाई सिपमुलक तालिम दिन लागिएको विद्यालयले जनाएको छ । तालिमको शुभारम्भ गर्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका वडा अध्यक्ष नवीन सिग्देलले विद्यार्थीहरूलाई व्यवसायिक तालिम मार्फत भाविष्यमा रोजगारीको ग्यारेन्टि गर्ने उदेश्यले विद्यालयले तालिमको सुरु गरेको बताए । उनका अनुसार विद्यालयको आन्तरिक स्रोतबाट प्रारम्भिक चरणमा हेयर कटिङमा, बेसिक व्युटीपार्लर र बेसिक ईलोक्टिसियनको तालिम दिन लागिएको हो । अध्यक्ष सिग्देलले विद्यालयले सैद्वान्तिक पढाईको अलावा विभिन्न अतिरिक्त क्रियाकलाप आयोजना गर्दै आईरहेको र फरक पहिचानसहित शिक्षाको गुणस्तर सुधार माथी उठाउन आफुहरु लागि परेको जानकारी दिए । उनले सिपमुलक तालिम अन्तर्गत पहिलो चरणमा ...