प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सोमबार सूचना जारी गर्दै भाषा दिवसको अवसरमा सार्वजनिक बिदा दिएको जानकारी गराएको हो ।
प्रदेश सरकारले ‘सरकारी कामकाजी भाषा ऐन ०७९’ कार्यान्वयनमा आएको दिन २४ वैशाखलाई ‘भाषा दिवस’ मनाउने गरी प्रदेशभर सार्वजनिक बिदा दिएको मन्त्रालयकी सूचना अधिकारी रविता कार्कीले जानकारी दिइन् ।
यसअघि बागमती प्रदेश सरकारको १८ चैतमा बसेको मन्त्रिपरिषद् बैठकले २४ वैशाखमा भाषा दिवसको दिन पारेर सार्वजनिक बिदा दिने गरी प्रदेश सरकारको क्यालेन्डरमा नै उल्लेख गर्ने निर्णय गरेको थियो।
Hetauda Live ले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।