Day: May 6, 2025

प्रदेश सरकारद्वारा मकवानपुर प्रहरीलाई तीन थान मोटरसाइकल

प्रदेश सरकारद्वारा मकवानपुर प्रहरीलाई तीन थान मोटरसाइकल

ताजा अपडेट, बागमती प्रदेश, समाचार
२३ बैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले सोमबार जिल्ला प्रहरी कार्यालय मकवानपुरलाई तीन थान मोटरसाइकल उपलब्ध गराएको छ । प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालय मार्फत प्रदेश सरकारले ती मोटरसाइकल उपलब्ध गराएको हो । मकवानपुर जिल्लाको समग्र शान्ति सुरक्षा, अपराध नियन्त्रण एवं रोकथाम कार्यमा सहयोग पुर्‍याउन उदेश्यले प्रहरीलाई मोटसाइकल प्रदान गरिएको प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिए । मन्त्रालयमा आयोजित कर्यक्रममा प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङ र कानुन मन्त्री लामिछाने ती मोटरसाइकलहरु मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्व राज खड्कालाई हस्तान्तरण गरेका हुन् । हस्तान्तरण कार्यक्रममा आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव कृष्णबहादुर शाही, जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठलगायतको उ...
धादिङबेसीमा बागमती प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता हुँने

धादिङबेसीमा बागमती प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता हुँने

खेलकुद, ताजा अपडेट, बागमती प्रदेश, समाचार
२३ बैशाख, हेटौँडा । धादिङ जिल्लाको धादिङबेसीमा यहि बैशाख २५ गतेबाट बागमती प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता हुने भएको छ। जय नेपाल स्पोर्ट्स धादिङको आयोजनामा तथा नेपाल तेक्वान्दो संघ धादिङ र अन्तर्राष्ट्रिय धादिङ समाजको सह–आयोजनामा हुन लागेको प्रतियोगिता बैशाख २५ देखि २७ गतेसम्म धादिङबेसीस्थित कवर्ड हलमा आयोजना आयोजक जय नेपाल स्पोर्ट्सका अध्यक्ष अनिश अधिकारी ले जानकरी दिए । उनका अनुसार तीन दिनसम्म चल्ने प्रतियोगितामा बागमती प्रदेशका विभिन्न जिल्लाबाट करिब १२०० खेलाडीहरूको सहभागिता रहने आयोजकको अनुमान छ। प्रतियोगिता प्रदेशस्तरमै सबैभन्दा ठूलो सहभागिता भएको तेक्वान्दो प्रतियोगिता हुने अपेक्षा गरेको अध्यक्ष अधिकारीले बताए । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टिम र खेलाडीहरूलाई नगद पुरस्कारसहित पदकहरू प्रदान गरिनेछ। आयोजकका अनुसार विजेता टिमलाई रु १ लाख नगद पुरस्कार प्रदान गरिने छ ।...
भाउजुको हत्या गरेको आरोपमा देवर थुनामा

भाउजुको हत्या गरेको आरोपमा देवर थुनामा

ट्रेन्डिङ, ताजा अपडेट, समाचार, हेटौँडा
२३ बैशाख, हेटौँडा । भाउजुको हत्या गरेको आरोपमा एक युवकलाई जिल्ला अदालत मकवानपुरले पुर्पक्षका लागि थुनामा राख्ने आदेश सुनाएको छ । जिल्ला न्यायाधीश शकुन्तला कार्कीको आइतबार बसेको इजलासले हेटौंडा उपमहानगरपालिका–१ का २२ वर्षीय राहुल दासलाई हेटौंडा उपमहानगरपालिका–१ की ३५ वर्षीया जेठी भाउजु गुडिया दासको हत्या गरेको आरोपमा पुर्पक्षका लागि कारागार पठाउने आदेश गरेको हो । राहुलले माइलो दाई २८ वर्षीय रुपेश दासलाई पनि खुकुरी प्रहार गरी घाइते बनाएका थिए । तीन दाजुभाइमध्ये जेठो रोशन दास रोजगारीको सिलसिलामा ५ महिनाअघि कतार गएका थिए । ३ सन्तानकी आमा गुडियालाई राहुलले खुकुरी प्रहार गरी घरमै हत्या गरेको प्रहरीले जनाएको छ । २०८१ चैत १२ गते राति ९ बजे टाउकोमा खुकुरी प्रहार गरेर कोठामा नै भाउजुको हत्या गरेको प्रहरीले जनाएको छ । भाउजुले लागु औषध खरिद गर्न पैसा नदिएकाले हत्या गरेको राहुलले प्रहरी समक...
जमिनमुनि भासिएर हराएको गाडी अझै भेटिएन

जमिनमुनि भासिएर हराएको गाडी अझै भेटिएन

Breaking News 2, ताजा अपडेट, बागमती प्रदेश, समाचार, हेटौँडा
२३ बैशाख, हेटौँडा । हेटौँडामा शुक्रबार सडक भासिँदा बेपत्ता भएको माछा बोक्ने ना ४ च ४८३३ नम्बरको सिंगल क्याप बोलेरो गाडी (भ्यान) ४ दिन बित्दा पनि फेला परेको छैन । गाडी भासिएको हेटौँडा उपमहानगरपालिका– १६ र १७ को सीमानजिकै गैरीगाउँको उक्त सडकमा पानीको दह बनेको छ । घाँस काट्ने मेसिन लोड गरिएको गाडी भित्री कच्ची सडकमा शुक्रबार रोकिराखेको अवस्थामा अगाडिको पांग्रा भासिन सुरु भएको थियो । तर, जग लगाएर निकाल्ने क्रममा एक्कासि सडक नै भासिएर गाडी जमिनमुनि गायब भएको मकवानपुर प्रहरीका प्रवक्ता डिएसपी श्यामु अर्यालले बताए । गाडीका चालक हरेराम राई र सहचालक भने सडक भासिनुअघि नै निस्किएर जोगिएका थिए । भासिएको करिब पाँच सेकेन्डमै बेपत्ता भएको गाडीधनी हरेराम राईले बताए । गाडी भासिएको वरिपरि माछापालन गरिएको पाँचवटा पोखरी र बोरिङसमेत छ । राईले नै दुवै व्यवसाय गर्दै आएका छन् । धेरैले बोरिङका कारण जमिन भासि...
नेपालको राजनीतिमा दलाल र पुँजीपति हावीः नन्दकिशोर पुन

नेपालको राजनीतिमा दलाल र पुँजीपति हावीः नन्दकिशोर पुन

Breaking News 2, ताजा अपडेट, राजनीति, समाचार
२३ बैशाख, हेटौँडा । नेकपा ९माओवादी केन्द्र० का उपाध्यक्ष एवं पूर्व उपराष्ट्रपति नन्दकिशोर पुनले नेपालको राजनीतिमा दलाल र पुँजीपति हावी भएको आरोप लगाएका छन् । उलने दलाल पुँजीपतिहरुका कारण अहिले देशको अवस्था डामाडोल भएको दावी गरे । सोमबार हेटौँडामा भएको योङ कम्युनिष्ट लिग ९वाईसिएल० मकवानपुरको पाँचौ जिल्ला सम्मेलनमा बोल्दै उनले दुईतिहाईको सरकारको संरक्षण्का कारण दलाल पुँजीपतिहरुको हालीमुहाली र मनोबल उच्च भएको बताए । भ्रष्टाचारीहरुलाई कारबाही गर्नुको सट्टा वर्तमान सरकारले विभिन्न माध्यमबाट पुरस्कृत गरेको उनको दावी छ । ‘भ्रष्टचारीहरुलाई कारवाही गर्नुको सट्टा सरकार आफै तिनको संरक्षणमा लागेको छ,’ उनले भने, ‘यस्तो लाग्छ वर्तमान सरकार नागरिकका लागि नभई भ्रष्टाचारी, दलाल, पुँजीपति र विचौलियाहरुको संरक्षणको बनेको हो ।’ उपाध्यक्ष पुनले देश अदृश्य शक्तिहरुको घेराबन्दीमा परेको उल्लेख गर्दै उनीह...
बागमती प्रदेशमा २४ वैशाखमा सार्वजनिक बिदा 

बागमती प्रदेशमा २४ वैशाखमा सार्वजनिक बिदा 

Breaking News 1, ताजा अपडेट, बागमती प्रदेश, राजनीति, समाचार
२२ बैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले २४ वैशाखमा सार्वजनिक बिदा दिएको छ । भाषा दिवसको अवसर पारेर उक्त दिन प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो । प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सोमबार सूचना जारी गर्दै भाषा दिवसको अवसरमा सार्वजनिक बिदा दिएको जानकारी गराएको हो । प्रदेश सरकारले ‘सरकारी कामकाजी भाषा ऐन ०७९’ कार्यान्वयनमा आएको दिन २४ वैशाखलाई ‘भाषा दिवस’ मनाउने गरी प्रदेशभर सार्वजनिक बिदा दिएको मन्त्रालयकी सूचना अधिकारी रविता कार्कीले जानकारी दिइन् । यसअघि बागमती प्रदेश सरकारको १८ चैतमा बसेको मन्त्रिपरिषद् बैठकले २४ वैशाखमा भाषा दिवसको दिन पारेर सार्वजनिक बिदा दिने गरी प्रदेश सरकारको क्यालेन्डरमा नै उल्लेख गर्ने निर्णय गरेको थियो।...