जमिनमुनि भासिएर हराएको गाडी अझै भेटिएन

२३ बैशाख, हेटौँडा । हेटौँडामा शुक्रबार सडक भासिँदा बेपत्ता भएको माछा बोक्ने ना ४ च ४८३३ नम्बरको सिंगल क्याप बोलेरो गाडी (भ्यान) ४ दिन बित्दा पनि फेला परेको छैन । गाडी भासिएको हेटौँडा उपमहानगरपालिका– १६ र १७ को सीमानजिकै गैरीगाउँको उक्त सडकमा पानीको दह बनेको छ ।

घाँस काट्ने मेसिन लोड गरिएको गाडी भित्री कच्ची सडकमा शुक्रबार रोकिराखेको अवस्थामा अगाडिको पांग्रा भासिन सुरु भएको थियो । तर, जग लगाएर निकाल्ने क्रममा एक्कासि सडक नै भासिएर गाडी जमिनमुनि गायब भएको मकवानपुर प्रहरीका प्रवक्ता डिएसपी श्यामु अर्यालले बताए । गाडीका चालक हरेराम राई र सहचालक भने सडक भासिनुअघि नै निस्किएर जोगिएका थिए ।

भासिएको करिब पाँच सेकेन्डमै बेपत्ता भएको गाडीधनी हरेराम राईले बताए । गाडी भासिएको वरिपरि माछापालन गरिएको पाँचवटा पोखरी र बोरिङसमेत छ । राईले नै दुवै व्यवसाय गर्दै आएका छन् । धेरैले बोरिङका कारण जमिन भासिएको हुन सक्ने अनुमान गरेका छन् ।

गाडी खोजीका लागि शनिबार दिनभर दुईवटा मोटरले पानी बाहिर फालिएको थियो । तैपनि फेला नपरेको डिएसपी अर्यालले बताए । ‘शनिबार दिनभर गाडी खोजेका हौँ, आइतबार खोजेनौँ । विपत् व्यवस्थापन समितिको बैठकले विज्ञको टोली ल्याउने निर्णय गरेको छ,’ उनले भने, ‘गाडी भासिएको ठाउँलाई सुरक्षित राखेका छौँ । अब विज्ञको टोली आएपछि पुनः खोजी सुरु हुनेछ ।’
भासिएको गाडीको कुनै निसाना नदेखिएपछि आइतबारदेखि गाडी भासिएको स्थानसँगै जोडिएको माछापोखरीको माछा र पानी निकाल्न थालिएको छ । पोखरी खाली गरेपछि गाडी खोजी गर्न सहज हुने प्रवक्ता अर्यालले बताए ।

गाडी बेपत्ता भएको घटना सार्वजनिक भएपछि उक्त स्थानमा दिनभरजसो मानिसहरूको भिड लाग्ने गरेको छ । गाडी भासिएको घटनापछि निरीक्षण र घटनाको वास्तविकता बुझ्न हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीना लामा, उमप्रमुख राजेश बानियाँ, कांग्रेस मकवानपुर सभापति बुद्ध लामा, सुरक्षा निकायका प्रमुखलगायत घटनास्थल पुगिसकेका छन् ।

माछापोखरी र भासिएको गाडीका धनी एउटै भएकाले आइतबारबाट माछा निकालेर पोखरीबाट पानी सुकाएर गाडी खोज्ने सल्लाह भएको डिएसपी अर्यालले बताए । गाडी भासिएको वरिपरि बस्ती भने छैन ।

अध्ययन गर्न भूगर्भविद्को टोली आउँदै
हेटौँडा उपमहानगरको विपत् व्यवस्थापनको बैठकले गाडी भासिएको स्थान र आसपासको अध्ययनका लागि भूगर्भविद् बोलाउने निर्णय गरेको छ । आइतबार मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठको उपस्थितिमा उपमहानर प्रमुख मीना लामा, सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधि सम्मिलित बैठकले खानी तथा भूगर्भ विभागलाई अध्ययन र अनुसन्धानका लागि टोली पठाइदिन पत्राचार गर्ने निर्णय गरेको हो ।
उपमहानगरका उपप्रमुख राजेश बानियाँले तत्कालका लागि गाडी भासिएको स्थानको भौगोलिक अवस्थाबारे अध्ययन गरी केही भन्न र गर्न नसकिने भएकाले अनुसन्धानका लागि भूगर्भविद्को टोली झिकाउने निर्णय भएको बताए ।

‘आइतबार दिउँसो विपत् व्यवस्थापन समितिको बैठक बसेर यहाँको भौगोलिक अवस्थाबारे अध्ययन गर्न खानी तथा भूगर्भ विभागलाई अनुसन्धान टोली पठाई सहयोग गर्न पत्राचार गर्ने निर्णय गरेका छौँ,’ उनले भने, ‘तत्काल गाडी खोज्ने कार्य बन्द गरेर थप कुनै दुर्घटना नहोस् भन्नेमा छौँ ।’
भूगर्भविद्लाई ल्याएर अध्ययन गरेपछि मात्रै गाडीको खोजी गर्ने निर्णय भएअनुसार उक्त क्षेत्रमा अहिले आउजाउमा रोक लगाइएको उनले बताए । गाडी भासिएको स्थान हेर्नेको भिड बढेपछि उपमहानगरले नगर प्रहरी परिचालन गरेको छ ।

घटनास्थलबारे अनेक अड्कलबाजी
गाडी भासिएको स्थान हेर्न पुगेका स्थानीयले घटनाबारे थुप्रै अड्कल लगाएका छन् । विगतमा यस क्षेत्रमा भास (दलदल) रहेकाले गाडी बेपत्ता भएको हुन सक्ने केही स्थानीयको दाबी छ । वडा नम्बर १६ का वडाध्यक्ष रामकृष्ण कोइरालाले गाडी भासिएर बेपत्ता भएको घटनाले आफू आश्चर्यमा परेको बताए ।

उनले उक्त फाँटमा जोत्दै गरेका हलगोरु नै भासिएर बेपत्ता भएको आफूले पनि सुनेको बताए । कोइरालाले करिब १० वर्षअघि गाडी भासिएको स्थानबाट पाँच–सात सय मिटरको दूरीमा जोत्दै गर्दा एउटा गोरु भासिएर मरेको घटना आफैँले देखेको सुनाए ।

उनले भासिएर कुनै पनि चिज बेपत्ता भएको पहिलोपटक देखेको बताए । ‘भासिएर बेपत्ता नै भएको पहिलोपटक देखेको हुँ । तर, पहिले–पहिले जोत्दै गरेको हलगोरु नै बेपत्ता हुने गरेको गाउँले बुढापाका सुनाउँछन्,’ उनले भने, ‘म आफैँले पनि यहाँभन्दा पाँच–सात सय मिटरपर १० वर्षअघि जोत्दै गरेको हलगोरुमध्ये एउटा गोरु दलदलमा भासिएर मरेको देखेको छु ।’

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

७ जेठ, हेटौँडा । बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको बजेट अधिवेशन जेठ ११ गते सोमबारका लागि आह्वान गर्न लागि प्...
कैलाशमा अभिभावक लक्षित शिक्षा तथा सचेतना कार्यक्रम सुरु

कैलाशमा अभिभावक लक्षित शिक्षा तथा सचेतना कार्यक्रम सुरु

७ जेठ, हेटौँडा । मकवानपुरको विकट कैलाश गाउँपालिकाले अभिभावकलाई लक्षित गरी बिहीवारदेखि बृहत अभिभावक शिक्षा तथा सचेतना कार्यक्रमको स...
पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

२४ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसी मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रत...
बागमतीमा मन्त्रालयको संख्या आठ कायम

बागमतीमा मन्त्रालयको संख्या आठ कायम

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने महत्त्वपूर्ण निर्णय गरेको छ। मंगलबार हेटौँडामा बसेको मन्त्रिपर...
टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

२१ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगितामा ललितपुरको फ्रे...
कैलाशको बैकुण्ठमा बर्थिङ सेन्टर सञ्चालन

कैलाशको बैकुण्ठमा बर्थिङ सेन्टर सञ्चालन

२१ वैशाख, हेटौँडा । मकवानपुरको विकट मानिने कैलाश गाउँपालिका– २, बैकुण्ठमा बर्थिङ सेन्टर (प्रसूति केन्द्र) सञ्चालनमा आएको छ। केन्द्...
विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो घर तथा कार्यालयमा भएको छापामारीप्रति आपत्ति जनाउँदै ...
मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा ...