२३ बैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले सोमबार जिल्ला प्रहरी कार्यालय मकवानपुरलाई तीन थान मोटरसाइकल उपलब्ध गराएको छ । प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालय मार्फत प्रदेश सरकारले ती मोटरसाइकल उपलब्ध गराएको हो ।
मकवानपुर जिल्लाको समग्र शान्ति सुरक्षा, अपराध नियन्त्रण एवं रोकथाम कार्यमा सहयोग पुर्याउन उदेश्यले प्रहरीलाई मोटसाइकल प्रदान गरिएको प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिए ।
मन्त्रालयमा आयोजित कर्यक्रममा प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङ र कानुन मन्त्री लामिछाने ती मोटरसाइकलहरु मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्व राज खड्कालाई हस्तान्तरण गरेका हुन् ।
हस्तान्तरण कार्यक्रममा आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव कृष्णबहादुर शाही, जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठलगायतको उपस्थितिमा रहेको थियो ।
Hetauda Live ले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।