भासिएको गाडी फेला परेन, भूगर्भ विभागको टोली फर्कियो

२४ बैशाख, हेटौँडा । गत शुक्रबार हेटौँडा– १६ र १७ को सिमानास्थित गैरीगाउँको भित्री सडक खण्डमा जमिनमुनि भासिएको ना ४ च ४८३३ नम्बरको बलेरो गाडी ६ दिनसम्म पनि फेला नपरेपछि भूगर्भ विभागबाट अध्ययनको लागि आएको टोली प्रारम्भिक अध्ययनपछि बुधबार दिउँसो फर्किएको छ।

मंगलबार बिहानबाट भूगर्भविद् नारायण अधिकारीको नेतृत्वमा रहेको टोलीले जमिनमुनि भासिएको गाडी र घटनास्थल आसपासको माटोको बनावट, भूगर्भीय अवस्था, भूमिगत जल तथा चुम्बकीय क्षेत्रको परीक्षण गरेको थियो। गाडी भासिएको स्थानमा थप जमिनको सहत विस्तारै भासिन थालेपछि टोलीले आफ्नो अध्ययन तत्कालका लागि स्थगित गरेको हो।

भूगर्वविद अधिकारीले घटनास्थलबाट संकलन गरेको तथ्य र माटोको नमुनाको ल्याब परीक्षणपछि मात्र घटनास्थलमा दोस्रो चरणको अध्ययन गरिने जानकारी दिए। गाडी डुबेको स्थानमा ठुलो मात्रामा जमिन भासिएको अनुमान गरिए पनि त्यसको वास्तविक कारण र गाडीको अवस्थाबारे अझै प्रस्ट जानकारी पाउन नसकिएको उनको भनाइ छ।

मंगलबार टोलीले गाडी भासिएको स्थानमा ड्रिलिङ गर्दा दुई स्थानमा ड्रिलिङ रड ६ मिटरभन्दा तल नगएपछि उक्त स्थानमा गाडी भएको हुन सक्ने अनुमान गरेका थिए। टोलीका एक सदस्य भूगर्भविद् कृष्ण पाण्डेले म्याग्नेटो मिटरको सहयोगबाट गाडी रहेको सम्भावित स्थानको बारेमा पत्ता लगाएपछि गरिएको ड्रिलिङबाट उक्त स्थानमा भासिएको भनिएको गाडीको संकेत मिले पनि थप अध्ययन गर्ने वातावरण नबन्दा व्याक हुनुपरेको स्पष्ट पारे।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

२४ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसी मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रत...
बागमतीमा मन्त्रालयको संख्या आठ कायम

बागमतीमा मन्त्रालयको संख्या आठ कायम

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने महत्त्वपूर्ण निर्णय गरेको छ। मंगलबार हेटौँडामा बसेको मन्त्रिपर...
टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

२३ वैशाख, हेटौँडा । सर्लाहीको बागमती युथ क्लब मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...
चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

२२ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीक...
विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो घर तथा कार्यालयमा भएको छापामारीप्रति आपत्ति जनाउँदै ...
मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा ...
बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

२० वैशाख, हेटौँडा । बागमती गोल्डकप स् साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ सेमिफाइनलमा मकवानपुरको बागमती गाउँपालिकामा जारी ...
बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

१९ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसीले मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...