आजबाट हेटौँडामा  युवा सम्मेलन, देशैभरका ३ सय बढी युवा  सहभागी हुने

२८ बैशाख, हेटौँडामा । २८ बैशाखदेखि ३० गतेसम्म ३ सय युवाहरुको प्रत्येक्ष सहभागीतामा बागमती प्रदेशको राजधानी हेटौँडामा ‘प्रदेश युवा सम्मेलन २०८२’ हुँदैछ । जहाँ युवाहरुले प्रदेशस्तरमा युवामैत्री नीती निर्माण, सीप विकास, रोजगारी र उद्यमशीलता प्रवद्र्धनका बिषयमा युवा र सरोकारवालबीच संवाद र छलफल गर्नेछन् ।

तेस्रो श्रृंखलाको रुपमा हुन लागेको युवा सम्मेलनको तयारी सकिएको बागमती प्रदेश युवा परिषदका उपाध्यक्ष सन्तोष चौलागाईंले जानकारी दिए । उनका अनुसार सम्मेलनमा देशका सातै प्रदेशबाट ३०० भन्दा बढी युवा प्रत्यक्ष सहभागी हुनेछन् । यस्तै राष्ट्रिय टेलिभिजन, सामाजिक सञ्जाल र परिषदको वेबसाइट तथा अन्य डिजिटल माध्यमहरुबाट लाखौँ युवाहरुलाई सम्मेलनमा सहभागी गराउने योजना बनाइएको छ ।

सम्मेलनमा कृषिमा नवप्रवर्तन र यूवा संलग्नता तथा सम्भावना र चुनौती, डिजिटल सुशासन र प्रविधिमा युवा, शिक्षा सीप र सिर्जना, दिगो विकासमा जलवायु परिवर्तन र युवा, युवामा सीपमूलक तालिमको आवश्यकता र प्रभावकारिता, नीति नेतृत्व र युवा संलग्नता तथा मुख्यमन्त्रीसँग युवा लगायतका विषयमा विज्ञहरुसँग प्यानल छलफल र कार्यशाला गोष्ठीको आयोजना हुनेछ ।

उपाध्यक्ष चौलागाईँले युवा सम्मेलन युवाको क्षमता विकास तथा उद्यमशीलता र रोजगारीसँगै सीप विकासमा उपयोगी हुने विश्वासका साथ आयोजना गर्दै आएको बताए । युवा पुस्तामा चरम निराशाका बिच आशा जगाउन युवा सम्मेलनले विगतदेखि नै महत्वपूर्ण भूमिका खेलेको आफुले पाएको दावी गरे ।

‘सम्मेलनका अघिल्ला संस्करणहरूले सरकार र युवाबीचको आपसी समझदारी अभिवृद्धि गर्न ठूलो भूमिका खेलेको छ । विशेषतः राजनीतिप्रति निराश युवाहरूलाई नीति निर्माण प्रक्रियामा सहभागी गराउने अवसर यस सम्मेलनमार्फत सम्भव भएको छ,’ उनले भने, ‘परिषद्को तथ्यांकअनुसार, दोस्रो सम्मेलनपछि ४०५ जना युवाले आफ्नै उद्यम सुरु गर्ने प्रेरणा पाएका थिए भने हालसम्म १० हजार पाँच सयभन्दा बढी युवा दक्ष जनशक्ति निर्माण भइसकेका छन् ।’

उपाध्यक्ष चौलागाईँले परिषद्ले २०७८ मा गरेको सर्वेक्षण अनुसार, सात सय ५० जना युवाले नीति संवादको प्लेटफर्मको अभाव महसुस गरेको तथ्यको आधारमा परिषद्ले यस खालको सम्मेलन गर्दै आइरहेको जानकारी दिए । उनले सम्मेलनमा युवा उद्यमीहरुको प्रदर्शनी, सीप वर्षअन्तर्गत तालिम प्राप्त युवाहरुको अनुभव र प्रेरणादायी कथा तथा अन्तरप्रदेशीय युवा उद्यम र रोजगारीबारे अन्तर संवादले सम्मेलनमा सहभागीलाई उत्प्रेरण मिल्ने दावी गरे ।

‘युवामा सकारात्मक सोचको विकास गर्न सकेमात्रै युवालाई स्वदेशमा टिकाउन र देश विकास गर्न सकिन्छ भन्ने प्रदेश युवार परिषदको विश्वास छ,’ उनले भने । उपाध्यक्ष चौलागाईँले २०८० सालमा आयोजना गरेको पहिलो युवा सम्मेलनकै बलमा बागमती सरकारको नीति कार्यक्रम र बजेटमै युवा सीप वर्ष घोषणा गराउन सफल भएको स्मरण गराए ।

‘सरकार शासनमा युवा सहभागिता खोज्ने, युवा शासनमा आफ्नो भूमिका नदेख्ने परिपार्टीलाई अन्त्य गर्दै युवा र सरकारलाई एकै थलोमा राखेर युवामैत्री नीति निर्माणमा युवा र सरकारबिच संवाद गराउँदै आएका छौं, उनले भने, जसको परिणाम हामीले प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेटमै युवा सीप वर्ष घोषणा गराउँन सफल भयौं ।’

उपाध्यक्ष चौँलागाईले बागमती प्रदेशका हरेक युवा सीपयुक्त भएर उद्यमशीलतामा जोडिनुपर्छ भन्ने ध्येयका साथ परिषद्का योजनाहरु अघि बढिरहेको जानकारी दिए । उनले सीप र उद्यमशीलतामा युवालाई जोड्न प्रदेश युवा सम्मेलन कोसेढुंगा सावित हुनेमा विश्वास व्यक्त गरे ।

सम्मेलन अवधिभर सातवटा विभिन्न प्यानस डिस्कसन हुने उपाध्यक्ष चौलागाईँले जाकारी दिए । उनका अनुसार कृषिमा नवप्रवर्तन र यूवा संलग्नता तथा सम्भावना र चुनौती बिषयमा सम्मेलनमा सहभागी युवाहरुले बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री प्रकाश श्रेष्ठ, सिन्धुलीको फिक्कल गाउँपालिकाका अध्यक्ष पार्वती सुनुवार, कृषी तथा वन विश्वविद्यालयका प्राध्यापक उदित प्रसाद सिग्देश र चितवनका कृषि उद्यमी शासन देवकोटासँग संवाद गर्ने छन् ।्

यसैगरी डिजिटल सुशासन र प्रविधिमा युवा बिषयक प्यानल डिस्कसनमा रमेश अधिकारी, उज्जल आचार्य, यामिनी भट्टराई, शिक्षा सीप र सिर्जना बिषयमा अनन्त पौडेल, सुष्पा भुजेल, अनन्त कश्यप घिमिरे र भुपेन्द्र चौलागाईँ तथा दिगो विकासमा जलवायु परिवर्तन र युवा बिषयक प्यानल डिस्कसनमा भारती पाठक, अशोक कुमार व्यञ्जु, बिनिता कार्कीसँग युवाहरुको संवाद तथा छलफल रहने छ ।

यस्तै युवा, युवामा सीपमूलक तालिमको आवश्यकता र प्रभावकारिता तथा नीति नेतृत्व र युवा संलग्नता बिषयमा सम्मेलनमा सहभागी युवाहरुले सरकारका प्रमुख सचेतक महेश बर्तौला, कांग्रेसका सहमहामन्त्री जीवन परियार र माओवादी केन्द्रका सांसद पुर्णबहादुर घतीसँग संवाद गर्ने छन् भने कार्यक्रमको अन्तिम दिन ३० गते युवाहरुले बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङसँग युवाका सवालमा प्रदेश सरकारको नीतिका बिषयमा जिज्ञासा राख्नेछन् ।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

मकवानपुरमा लागुऔषधसहित चार दिनमा १३ जना पक्राउ

मकवानपुरमा लागुऔषधसहित चार दिनमा १३ जना पक्राउ

१८ जेठ, हेटौँडा । मकवानपुर प्रहरीले चार दिनको अवधिमा विभिन्न स्थानबाट १३ जनालाई लागुऔषधसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्याल...
प्रधानमन्त्री शाहको अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभामा चर्को विरोध, राजीनामाको माग

प्रधानमन्त्री शाहको अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभामा चर्को विरोध, राजीनामाको माग

१८ जेठ, हेटौँडा । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा सीमा विवादका विषयमा दिएको पछिल्लो अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभ...
गौरीटार अन्तर्राष्ट्रिय क्रिकेट मैदानको उद्घाटन

गौरीटार अन्तर्राष्ट्रिय क्रिकेट मैदानको उद्घाटन

१७ जेड, हेटौँडा । हेटौँडाको गौरीटारमा निर्माण सम्पन्न भएको अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान आइतबार औपचारिक रूपमा उद्घाटन गरिएको...
११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

७ जेठ, हेटौँडा । बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको बजेट अधिवेशन जेठ ११ गते सोमबारका लागि आह्वान गर्न लागि प्...
२४ वैशाखमा बागमती प्रदेशभर सार्वजनिक बिदा

२४ वैशाखमा बागमती प्रदेशभर सार्वजनिक बिदा

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले ‘भाषा दिवस’का अवसरमा वैशाख २४ गते बिहीबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । ...
मुख्यमन्त्री बानियाँविरुद्ध कदमप्रतिको कांग्रेस मकवानपुरको आपत्ति

मुख्यमन्त्री बानियाँविरुद्ध कदमप्रतिको कांग्रेस मकवानपुरको आपत्ति

२१ वैशाख, हेटौँडा । नेपाली कांग्रेस मकवानपुर ले बागमती प्रदेशका सभापति तथा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ विरुद्ध...
सुकुमवासी तथा अव्यवस्थित बसोबासीको प्रदर्शन

सुकुमवासी तथा अव्यवस्थित बसोबासीको प्रदर्शन

२१ वैशाख, हेटौँडा । संघीय सरकारले अतिक्रमित बस्ती खाली गर्ने तयारी थालेपछि मकवानपुरमा भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीहरू ...
टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

२१ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगितामा ललितपुरको फ्रे...