गैरीगाउँमा भासिएको गाडीको केही भाग भेटियो

६ जेठ, हेटौँडा । हेटौँडाको गैरीगाउँमा जमिन भासिएर बेपत्ता भएको गाडी को केही पार्टपुर्जा भेटिएको छ । मंगलबारबाट पुनः खोज्न थालिएको उक्त गाडीको केही भाग भेटएको हो । गत १९ वैशाखमा जमिन भासिएर हराएको बोलेरो गाडी खोज्न एक्स्काभेटर प्रयोग गरिएको हो ।

मंलबारबाट खोजी थालिएको माछा बोक्ने ना ४ च ४८३३ नम्बरको बोलेरो गाडीको केही भाग फेला परेको छ। गाडी भासिएर बेपत्ता भएपछि हेटौँडा उपमहानगरपालिकाको समन्वयमा गत २३ वैशाखमा भूगर्भ विभागबाट भूगर्भविदको टोली झिकाएर अध्ययन गरिएको थियो ।

खानी तथा भूगर्भ विभागका भूगर्भविद् नारायण अधिकारी र कृष्ण पाण्डेसहित चारजनाको टोलीको अध्ययनले उक्त क्षेत्रमा रहेको बोरिङका कारण भासिएर गाडी हराएको निष्कर्ष निकालेको थियो। सोहीअनुसार विभागबाट पुनः २ जेठमा भूगर्भशास्त्रीको टोली खटिएर अनुसन्धान गरी माटो परिक्षणका लागि नमुना संकलन गरेको थियो ।

माटो परीक्षणको रिपोर्ट र भूगर्भशास्त्रीको रिपोर्टअनुसार ६ जेठबाट सतर्कता अपनाई गाडी भासिएको स्थानमा जेसिबी प्रयोग गरेर गाडी खोज्ने थालिएको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष रामकृष्ण कोइरालाले जानकारी दिए ।

उनले भूगर्भविदको टोलीले उक्त स्थानमा उत्खनन गरी सवारीसाधन खोजी गर्न सकिने सुझाव दिएअनुसार नै उत्खनन कार्य गरिएको बताए । वडाध्यक्ष कोइरालाका अनुसार क्रेन र एक्स्काभेटरको सहयोगमा हराएको बोलेरो गाडीको खोजी गर्दा गाडीका केही पार्टपूर्जासमेत भेटिएको छ ।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

मकवानपुरमा लागुऔषधसहित चार दिनमा १३ जना पक्राउ

मकवानपुरमा लागुऔषधसहित चार दिनमा १३ जना पक्राउ

१८ जेठ, हेटौँडा । मकवानपुर प्रहरीले चार दिनको अवधिमा विभिन्न स्थानबाट १३ जनालाई लागुऔषधसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्याल...
प्रधानमन्त्री शाहको अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभामा चर्को विरोध, राजीनामाको माग

प्रधानमन्त्री शाहको अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभामा चर्को विरोध, राजीनामाको माग

१८ जेठ, हेटौँडा । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा सीमा विवादका विषयमा दिएको पछिल्लो अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभ...
गौरीटार अन्तर्राष्ट्रिय क्रिकेट मैदानको उद्घाटन

गौरीटार अन्तर्राष्ट्रिय क्रिकेट मैदानको उद्घाटन

१७ जेड, हेटौँडा । हेटौँडाको गौरीटारमा निर्माण सम्पन्न भएको अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान आइतबार औपचारिक रूपमा उद्घाटन गरिएको...
११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

७ जेठ, हेटौँडा । बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको बजेट अधिवेशन जेठ ११ गते सोमबारका लागि आह्वान गर्न लागि प्...
२४ वैशाखमा बागमती प्रदेशभर सार्वजनिक बिदा

२४ वैशाखमा बागमती प्रदेशभर सार्वजनिक बिदा

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले ‘भाषा दिवस’का अवसरमा वैशाख २४ गते बिहीबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । ...
मुख्यमन्त्री बानियाँविरुद्ध कदमप्रतिको कांग्रेस मकवानपुरको आपत्ति

मुख्यमन्त्री बानियाँविरुद्ध कदमप्रतिको कांग्रेस मकवानपुरको आपत्ति

२१ वैशाख, हेटौँडा । नेपाली कांग्रेस मकवानपुर ले बागमती प्रदेशका सभापति तथा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ विरुद्ध...
सुकुमवासी तथा अव्यवस्थित बसोबासीको प्रदर्शन

सुकुमवासी तथा अव्यवस्थित बसोबासीको प्रदर्शन

२१ वैशाख, हेटौँडा । संघीय सरकारले अतिक्रमित बस्ती खाली गर्ने तयारी थालेपछि मकवानपुरमा भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीहरू ...
टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

२१ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगितामा ललितपुरको फ्रे...