६ जेठ, हेटौँडा । हेटौँडाको गैरीगाउँमा जमिन भासिएर बेपत्ता भएको गाडी को केही पार्टपुर्जा भेटिएको छ । मंगलबारबाट पुनः खोज्न थालिएको उक्त गाडीको केही भाग भेटएको हो । गत १९ वैशाखमा जमिन भासिएर हराएको बोलेरो गाडी खोज्न एक्स्काभेटर प्रयोग गरिएको हो ।
मंलबारबाट खोजी थालिएको माछा बोक्ने ना ४ च ४८३३ नम्बरको बोलेरो गाडीको केही भाग फेला परेको छ। गाडी भासिएर बेपत्ता भएपछि हेटौँडा उपमहानगरपालिकाको समन्वयमा गत २३ वैशाखमा भूगर्भ विभागबाट भूगर्भविदको टोली झिकाएर अध्ययन गरिएको थियो ।
खानी तथा भूगर्भ विभागका भूगर्भविद् नारायण अधिकारी र कृष्ण पाण्डेसहित चारजनाको टोलीको अध्ययनले उक्त क्षेत्रमा रहेको बोरिङका कारण भासिएर गाडी हराएको निष्कर्ष निकालेको थियो। सोहीअनुसार विभागबाट पुनः २ जेठमा भूगर्भशास्त्रीको टोली खटिएर अनुसन्धान गरी माटो परिक्षणका लागि नमुना संकलन गरेको थियो ।
माटो परीक्षणको रिपोर्ट र भूगर्भशास्त्रीको रिपोर्टअनुसार ६ जेठबाट सतर्कता अपनाई गाडी भासिएको स्थानमा जेसिबी प्रयोग गरेर गाडी खोज्ने थालिएको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष रामकृष्ण कोइरालाले जानकारी दिए ।
उनले भूगर्भविदको टोलीले उक्त स्थानमा उत्खनन गरी सवारीसाधन खोजी गर्न सकिने सुझाव दिएअनुसार नै उत्खनन कार्य गरिएको बताए । वडाध्यक्ष कोइरालाका अनुसार क्रेन र एक्स्काभेटरको सहयोगमा हराएको बोलेरो गाडीको खोजी गर्दा गाडीका केही पार्टपूर्जासमेत भेटिएको छ ।
Hetauda Live ले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।