Day: May 20, 2025

गैरीगाउँमा भासिएको गाडीको केही भाग भेटियो

गैरीगाउँमा भासिएको गाडीको केही भाग भेटियो

Breaking News 2, ताजा अपडेट, समाचार
६ जेठ, हेटौँडा । हेटौँडाको गैरीगाउँमा जमिन भासिएर बेपत्ता भएको गाडी को केही पार्टपुर्जा भेटिएको छ । मंगलबारबाट पुनः खोज्न थालिएको उक्त गाडीको केही भाग भेटएको हो । गत १९ वैशाखमा जमिन भासिएर हराएको बोलेरो गाडी खोज्न एक्स्काभेटर प्रयोग गरिएको हो । मंलबारबाट खोजी थालिएको माछा बोक्ने ना ४ च ४८३३ नम्बरको बोलेरो गाडीको केही भाग फेला परेको छ। गाडी भासिएर बेपत्ता भएपछि हेटौँडा उपमहानगरपालिकाको समन्वयमा गत २३ वैशाखमा भूगर्भ विभागबाट भूगर्भविदको टोली झिकाएर अध्ययन गरिएको थियो । खानी तथा भूगर्भ विभागका भूगर्भविद् नारायण अधिकारी र कृष्ण पाण्डेसहित चारजनाको टोलीको अध्ययनले उक्त क्षेत्रमा रहेको बोरिङका कारण भासिएर गाडी हराएको निष्कर्ष निकालेको थियो। सोहीअनुसार विभागबाट पुनः २ जेठमा भूगर्भशास्त्रीको टोली खटिएर अनुसन्धान गरी माटो परिक्षणका लागि नमुना संकलन गरेको थियो । माटो परीक्षणको रिपोर्ट र भूग...
प्लास्टिक विस्थापनका लागि राक्सिराङमा दुना–टपरी उत्पादन सुरु

प्लास्टिक विस्थापनका लागि राक्सिराङमा दुना–टपरी उत्पादन सुरु

Breaking News 1, ताजा अपडेट, राक्सिराङ्ग, समाचार
५ जेठ, हेटौँडा । मकवानपुरको राक्सिराङ गाउँपालिकाले प्लास्टिकजन्य भाँडाकुँडालाई विस्थापित गर्ने लक्ष्यसहित सालको पातबाट दुना, टपरी र कचौरा उत्पादन सुरु गरेको छ। गाउँमै उपलब्ध सालको पातको सदुपयोग गर्दै वातावरणमैत्री सामग्री उत्पादन गर्न थालिएको हो। गाउँपालिकाको वडा नम्बर ३ मा रहेको सिद्धार्थ हरियाली सामुदायिक वन उपभोक्ता समूहसँग सहकार्यमा दुना–टपरीको व्यावसायिक उत्पादन सुरु गरिएको हो। यसका लागि गाउँपालिकाले १५ दिने तालिम संचालन गरी दक्ष जनशक्ति तयार पारिसकेको छ। तालिममार्फत सहभागीहरूले पातबाट विभिन्न सामग्री बनाउने सीप, गुणस्तर कायम गर्ने तरिका, मेसिनको प्रयोग विधि तथा बजार व्यवस्थापनबारे ज्ञान हासिल गरेका छन्। गएको आइतबार सम्पन्न तालिम समापन कार्यक्रममा गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल, उपाध्यक्ष बनस्तम थिङ र प्रमुख प्रशासकीय अधिकृत पदम बहादुर बस्नेतले दुना–टपरी बनाउने आधुनिक मेसिन ...