इन्डोस्कोपिक कम्बाइन्ड इन्ट्रारेनल सर्जरीबाट मिर्गौलाको पत्थरी निकालियो

९ जेठ, हेटौँडा । नेपाल मेडिकल कलेजमा पहिलो पटक ‘एन्डोस्कोपिक कम्बाइन्ड इन्ट्रारेनल सर्जरी विधिबाट मिर्गौलाको ठुलो पत्थरी सफलतापूर्वक निकालिएको छ । युरो सर्जरी विभागको टोलीले २३ वर्षीय लोप्साङ पाल्देनको बाँया मिर्गौलाबाट ६.९ सेन्टिमिटर आकारको पत्थरी हटाउन (ECIRS) प्रविधिको प्रयोग गरेको हो ।

बिरामी पाल्देन तीन साताअघि मिर्गौलामा गम्भीर समस्या देखिएपछि अस्पताल आएका थिए । उनलाई करिब दुई महिनादेखि पिसाब पोल्ने समस्या थियो । उपचारको क्रममा उनको बाँया मिर्गौलाको पेल्भिसमा ठूलो पत्थरी देखिएपछि डा. निरज सुवेदी र किड्नी ट्रान्सप्लान्ट सर्जन डा। वेश अन्सारीको नेतृत्वमा रहेको विशेषज्ञ टोलीले (ECIRS) प्रविधिबाट शल्यक्रिया गरेका थिए ।

डा। अन्सारीका अनुसार, ूपत्थरीको आकार र जटिल अवस्थाका कारण परम्परागत विधिबाट निकाल्न सम्भव नदेखिएकाले पेटको बाँया भाग र मुत्रनली दुबै स्थानमा सानो प्वाल पारेर पत्थरी निकालियो ।ू

के हो (ECIRS) प्रविधि ?
‘एन्डोस्कोपिक कम्बाइन्ड इन्ट्रारेनल सर्जरी’ एक अत्याधुनिक न्यून आक्रमक प्रविधि हो जसबाट ठूला र जटिल मिर्गौलाका पत्थरी (नेफ्रोलिथियासिस) हटाइन्छन् । जब पत्थरी एक स्थानबाट निकाल्न सकिँदैन, चिकित्सकले एउटै समयमा कम्मर (पोस्ट्रियर) र मुत्रनली (युरेथ्रा) दुवै स्थानबाट एन्डोस्कोप प्रयोग गरेर शल्यक्रिया गर्छन् ।

यो प्रविधिबाट बिरामीलाई कम पिडा हुने, ठूलो घाउ नबनाई सानो प्वालबाट नै शल्यक्रिया सकिने, छिटो घर फर्कन सकिने, संक्रमण र रक्तश्रावको जोखिम कम हुने तथा छिटो निको हुने विशेषता रहेको डा। अन्सारी बताउँछन् ।

नेपाल मेडिकल कलेजमा इन्डोस्कोपिक प्रविधिबाट मिर्गौलाको पत्थरी, प्रोस्टेट, मुत्राशय र पाठेघरसम्बन्धी विभिन्न जटिल शल्यक्रियाहरू गरिंदै आएका छन् । यो प्रविधि प्रयोग गरेर गरिएको पहिलो सफल शल्यक्रियाले संस्थाको चिकित्सा सेवामा नयाँ उपलब्धि थपेको अस्पताल प्रशासनले जनाएको छ ।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

२४ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसी मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रत...
बागमतीमा मन्त्रालयको संख्या आठ कायम

बागमतीमा मन्त्रालयको संख्या आठ कायम

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने महत्त्वपूर्ण निर्णय गरेको छ। मंगलबार हेटौँडामा बसेको मन्त्रिपर...
टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

२३ वैशाख, हेटौँडा । सर्लाहीको बागमती युथ क्लब मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...
चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

२२ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीक...
विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो घर तथा कार्यालयमा भएको छापामारीप्रति आपत्ति जनाउँदै ...
मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा ...
बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

२० वैशाख, हेटौँडा । बागमती गोल्डकप स् साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ सेमिफाइनलमा मकवानपुरको बागमती गाउँपालिकामा जारी ...
बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

१९ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसीले मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...