भुटनदेवी माविमा नवआगन्तुक विद्यार्थी र अभिभावकको स्वागत, उत्कृष्ट शिक्षक तथा विद्यार्थी सम्मानित

९ जेठ, हेटौँडा । हेटौँडा–४ स्थित भुटनदेवी माध्यमिक विद्यालयले नयाँ शैक्षिक सत्र २०८२ का लागि भर्ना भएका विद्यार्थी र तिनका अभिभावकलाई एक विशेष समारोहका बीच स्वागत गरेको छ । ओम्याक्स सिनेमा हलमा बिहीबार आयोजित कार्यक्रम बागमती प्रदेश सभा सदस्य एकालाल श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

विद्यालयका सहायक प्रधानाध्यापक भरत पोख्रेलले विद्यालयको हालको शैक्षिक अवस्था, उपलब्ध सुविधा, नीति तथा आचारसंहिता सम्बन्धी जानकारी दिए । उनका अनुसार चालु शैक्षिक सत्रमा विद्यालयमा करिब ४ सय जना नयाँ विद्यार्थी भर्ना भएका छन् ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य नारायण तिमल्सिनाको अध्यक्षता, प्रदेशसभा सदस्य श्रेष्ठ र वडाध्यक्ष नवीन सिग्देलको आतिथ्य रहेको थियो । समारोहमा नवआगन्तुक विद्यार्थी तथा अभिभावकलाई विद्यालयप्रति विश्वास जगाउने उद्देश्यसहित व्यापक जानकारी र सांस्कृतिक प्रस्तुति समेत समावेश गरिएको थियो ।

उत्कृष्ट शिक्षक तथा विद्यार्थीलाई सम्मान
शैक्षिकसत्र २०८० को एसईई परीक्षामा ४ जीपीए ल्याउन सहयोग गर्ने शिक्षक तथा ९० प्रतिशतभन्दा बढी विद्यार्थी उत्तीर्ण गराउने विषय शिक्षक १० जनालाई जनही ५ हजार १ सय रुपैयाँसहित सम्मान गरिएको छ । त्यसैगरी पालिकास्तरीय परीक्षा २०८१ मा ४ जीपीए ल्याउने ४ जना विद्यार्थीलाई पनि जनही ५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको छ ।

कार्यक्रममा विद्यार्थीहरुले गायन र नृत्य प्रस्तुत गरी सांस्कृतिक र सिर्जनात्मक पक्ष प्रदर्शन गरेका थिए । विद्यालयका प्रधानाध्यापक माधवप्रसाद दाहालले विद्यालयको भावी योजनाका बारेमा जानकारी गराएका थिए ।

विद्यालयले गुणस्तरीय शिक्षासँगै विद्यार्थी, शिक्षक र अभिभावकको साझेदारीमा आधुनिक शिक्षण–शिक्षण प्रणालीलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

२४ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसी मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रत...
बागमतीमा मन्त्रालयको संख्या आठ कायम

बागमतीमा मन्त्रालयको संख्या आठ कायम

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने महत्त्वपूर्ण निर्णय गरेको छ। मंगलबार हेटौँडामा बसेको मन्त्रिपर...
टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

२३ वैशाख, हेटौँडा । सर्लाहीको बागमती युथ क्लब मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...
चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

२२ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीक...
विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो घर तथा कार्यालयमा भएको छापामारीप्रति आपत्ति जनाउँदै ...
मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा ...
बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

२० वैशाख, हेटौँडा । बागमती गोल्डकप स् साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ सेमिफाइनलमा मकवानपुरको बागमती गाउँपालिकामा जारी ...
बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

१९ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसीले मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...