भुटनदेवी माविमा नवआगन्तुक विद्यार्थी र अभिभावकको स्वागत, उत्कृष्ट शिक्षक तथा विद्यार्थी सम्मानित

९ जेठ, हेटौँडा । हेटौँडा–४ स्थित भुटनदेवी माध्यमिक विद्यालयले नयाँ शैक्षिक सत्र २०८२ का लागि भर्ना भएका विद्यार्थी र तिनका अभिभावकलाई एक विशेष समारोहका बीच स्वागत गरेको छ । ओम्याक्स सिनेमा हलमा बिहीबार आयोजित कार्यक्रम बागमती प्रदेश सभा सदस्य एकालाल श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

विद्यालयका सहायक प्रधानाध्यापक भरत पोख्रेलले विद्यालयको हालको शैक्षिक अवस्था, उपलब्ध सुविधा, नीति तथा आचारसंहिता सम्बन्धी जानकारी दिए । उनका अनुसार चालु शैक्षिक सत्रमा विद्यालयमा करिब ४ सय जना नयाँ विद्यार्थी भर्ना भएका छन् ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य नारायण तिमल्सिनाको अध्यक्षता, प्रदेशसभा सदस्य श्रेष्ठ र वडाध्यक्ष नवीन सिग्देलको आतिथ्य रहेको थियो । समारोहमा नवआगन्तुक विद्यार्थी तथा अभिभावकलाई विद्यालयप्रति विश्वास जगाउने उद्देश्यसहित व्यापक जानकारी र सांस्कृतिक प्रस्तुति समेत समावेश गरिएको थियो ।

उत्कृष्ट शिक्षक तथा विद्यार्थीलाई सम्मान
शैक्षिकसत्र २०८० को एसईई परीक्षामा ४ जीपीए ल्याउन सहयोग गर्ने शिक्षक तथा ९० प्रतिशतभन्दा बढी विद्यार्थी उत्तीर्ण गराउने विषय शिक्षक १० जनालाई जनही ५ हजार १ सय रुपैयाँसहित सम्मान गरिएको छ । त्यसैगरी पालिकास्तरीय परीक्षा २०८१ मा ४ जीपीए ल्याउने ४ जना विद्यार्थीलाई पनि जनही ५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको छ ।

कार्यक्रममा विद्यार्थीहरुले गायन र नृत्य प्रस्तुत गरी सांस्कृतिक र सिर्जनात्मक पक्ष प्रदर्शन गरेका थिए । विद्यालयका प्रधानाध्यापक माधवप्रसाद दाहालले विद्यालयको भावी योजनाका बारेमा जानकारी गराएका थिए ।

विद्यालयले गुणस्तरीय शिक्षासँगै विद्यार्थी, शिक्षक र अभिभावकको साझेदारीमा आधुनिक शिक्षण–शिक्षण प्रणालीलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

मकवानपुरमा लागुऔषधसहित चार दिनमा १३ जना पक्राउ

मकवानपुरमा लागुऔषधसहित चार दिनमा १३ जना पक्राउ

१८ जेठ, हेटौँडा । मकवानपुर प्रहरीले चार दिनको अवधिमा विभिन्न स्थानबाट १३ जनालाई लागुऔषधसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्याल...
प्रधानमन्त्री शाहको अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभामा चर्को विरोध, राजीनामाको माग

प्रधानमन्त्री शाहको अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभामा चर्को विरोध, राजीनामाको माग

१८ जेठ, हेटौँडा । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा सीमा विवादका विषयमा दिएको पछिल्लो अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभ...
गौरीटार अन्तर्राष्ट्रिय क्रिकेट मैदानको उद्घाटन

गौरीटार अन्तर्राष्ट्रिय क्रिकेट मैदानको उद्घाटन

१७ जेड, हेटौँडा । हेटौँडाको गौरीटारमा निर्माण सम्पन्न भएको अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान आइतबार औपचारिक रूपमा उद्घाटन गरिएको...
११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

७ जेठ, हेटौँडा । बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको बजेट अधिवेशन जेठ ११ गते सोमबारका लागि आह्वान गर्न लागि प्...
२४ वैशाखमा बागमती प्रदेशभर सार्वजनिक बिदा

२४ वैशाखमा बागमती प्रदेशभर सार्वजनिक बिदा

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले ‘भाषा दिवस’का अवसरमा वैशाख २४ गते बिहीबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । ...
मुख्यमन्त्री बानियाँविरुद्ध कदमप्रतिको कांग्रेस मकवानपुरको आपत्ति

मुख्यमन्त्री बानियाँविरुद्ध कदमप्रतिको कांग्रेस मकवानपुरको आपत्ति

२१ वैशाख, हेटौँडा । नेपाली कांग्रेस मकवानपुर ले बागमती प्रदेशका सभापति तथा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ विरुद्ध...
सुकुमवासी तथा अव्यवस्थित बसोबासीको प्रदर्शन

सुकुमवासी तथा अव्यवस्थित बसोबासीको प्रदर्शन

२१ वैशाख, हेटौँडा । संघीय सरकारले अतिक्रमित बस्ती खाली गर्ने तयारी थालेपछि मकवानपुरमा भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीहरू ...
टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

२१ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगितामा ललितपुरको फ्रे...