सुशासनका लागि नीति परिवर्तन अपरिहार्यः डा. गङ्गालाल तुलाधर

११ जेठ, हेटौँडा । नेकपा (एकीकृत समाजवादी) का केन्द्रिय उपाध्यक्ष तथा पूर्वमन्त्री डा. गङ्गालाल तुलाधरले देशमा सुशासन कायम गर्न नीतिगत परिवर्तन आवश्यक रहेको बताएका छन् ।

एकीकृत समाजवादी बागमती प्रदेश कमिटीद्वारा हेटौँडामा आयोजित विचार गोष्ठीलाई सम्बोधन गर्दै डा. तुलाधरले देशमा पटक–पटक शासन परिवर्तन भए पनि जनताको अवस्था उस्तै रहेको उल्लेख गरे ।

“राणा शासनको अन्त्य भएको दशकौं बितिसक्यो, तर आज पनि जनताले अपमानित भएर बाँच्नुपरेको अवस्था छ, जुन निकै दुःखद हो,” उनले भने, “हेटौँडाबाट धेरै क्रान्तिहरूको थालनी भएको छ – चाहे त्यो कपडा उद्योगको आन्दोलन होस् वा हालैको सिमेन्ट उद्योग र अस्पतालको पक्षमा भएको आन्दोलन ।”

तुलाधरले गभर्नर नियुक्तिबारे पार्टी निर्देश अनुसार नभई व्यक्तिगत प्रभाव र धनबलका आधारमा निर्णय हुनु दुर्भाग्यपूर्ण रहेको बताए । उनले चितवन–१ बाट निर्वाचनमा पराजित विश्व पौडेललाई गभर्नर नियुक्त गर्नुले सुशासनको कल्पनासम्म गर्न नसकिने तर्क गरे ।

उनले समृद्धिको मूल उपाय कृषि, औद्योगिक क्रान्ति र पर्यटन उद्योगको विकास भएको उल्लेख गरे ।

कार्यक्रममा बोल्दै अखिल नेपाल महिला संघ समाजवादीकी केन्द्रीय अध्यक्ष मुनु सिग्देलले वर्तमान सरकार विकासको बाधक बनेको आरोप लगाइन् । “संविधान परिवर्तन गर्दै जनताको सार्वभौमिकता र मौलिक हक सुनिश्चित गर्नुपर्नेमा, अहिले उल्टै ती अधिकार कुण्ठित हुने गरी सरकार काम गरिरहेको छ,” उनले भनिन् ।

गोष्ठीमा अन्य वक्ताहरूले यथास्थितिवादको विरोध गर्दै जनतामा मौलिक हकको प्रत्याभूति दिलाउन पार्टीले अग्रसरता लिनुपर्नेमा जोड दिए ।

कार्यक्रम पार्टीका बागमती प्रदेश उपाध्यक्ष राजु श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा केन्द्रिय सदस्य रामचन्द्र बल, अशोक थापा, पार्वती सिलवाल, जिल्ला अध्यक्ष विष्णु प्रसाद दाहाल, चितवन जिल्ला अध्यक्ष नरेन्द्र कन्यङ्गवा, प्रदेश सदस्य माधव तिमल्सिना, कल्पना विश्वकर्मालगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

मकवानपुरमा लागुऔषधसहित चार दिनमा १३ जना पक्राउ

मकवानपुरमा लागुऔषधसहित चार दिनमा १३ जना पक्राउ

१८ जेठ, हेटौँडा । मकवानपुर प्रहरीले चार दिनको अवधिमा विभिन्न स्थानबाट १३ जनालाई लागुऔषधसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्याल...
प्रधानमन्त्री शाहको अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभामा चर्को विरोध, राजीनामाको माग

प्रधानमन्त्री शाहको अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभामा चर्को विरोध, राजीनामाको माग

१८ जेठ, हेटौँडा । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा सीमा विवादका विषयमा दिएको पछिल्लो अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभ...
गौरीटार अन्तर्राष्ट्रिय क्रिकेट मैदानको उद्घाटन

गौरीटार अन्तर्राष्ट्रिय क्रिकेट मैदानको उद्घाटन

१७ जेड, हेटौँडा । हेटौँडाको गौरीटारमा निर्माण सम्पन्न भएको अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान आइतबार औपचारिक रूपमा उद्घाटन गरिएको...
११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

७ जेठ, हेटौँडा । बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको बजेट अधिवेशन जेठ ११ गते सोमबारका लागि आह्वान गर्न लागि प्...
२४ वैशाखमा बागमती प्रदेशभर सार्वजनिक बिदा

२४ वैशाखमा बागमती प्रदेशभर सार्वजनिक बिदा

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले ‘भाषा दिवस’का अवसरमा वैशाख २४ गते बिहीबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । ...
मुख्यमन्त्री बानियाँविरुद्ध कदमप्रतिको कांग्रेस मकवानपुरको आपत्ति

मुख्यमन्त्री बानियाँविरुद्ध कदमप्रतिको कांग्रेस मकवानपुरको आपत्ति

२१ वैशाख, हेटौँडा । नेपाली कांग्रेस मकवानपुर ले बागमती प्रदेशका सभापति तथा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ विरुद्ध...
सुकुमवासी तथा अव्यवस्थित बसोबासीको प्रदर्शन

सुकुमवासी तथा अव्यवस्थित बसोबासीको प्रदर्शन

२१ वैशाख, हेटौँडा । संघीय सरकारले अतिक्रमित बस्ती खाली गर्ने तयारी थालेपछि मकवानपुरमा भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीहरू ...
टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

२१ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगितामा ललितपुरको फ्रे...