सुशासनका लागि नीति परिवर्तन अपरिहार्यः डा. गङ्गालाल तुलाधर

११ जेठ, हेटौँडा । नेकपा (एकीकृत समाजवादी) का केन्द्रिय उपाध्यक्ष तथा पूर्वमन्त्री डा. गङ्गालाल तुलाधरले देशमा सुशासन कायम गर्न नीतिगत परिवर्तन आवश्यक रहेको बताएका छन् ।

एकीकृत समाजवादी बागमती प्रदेश कमिटीद्वारा हेटौँडामा आयोजित विचार गोष्ठीलाई सम्बोधन गर्दै डा. तुलाधरले देशमा पटक–पटक शासन परिवर्तन भए पनि जनताको अवस्था उस्तै रहेको उल्लेख गरे ।

“राणा शासनको अन्त्य भएको दशकौं बितिसक्यो, तर आज पनि जनताले अपमानित भएर बाँच्नुपरेको अवस्था छ, जुन निकै दुःखद हो,” उनले भने, “हेटौँडाबाट धेरै क्रान्तिहरूको थालनी भएको छ – चाहे त्यो कपडा उद्योगको आन्दोलन होस् वा हालैको सिमेन्ट उद्योग र अस्पतालको पक्षमा भएको आन्दोलन ।”

तुलाधरले गभर्नर नियुक्तिबारे पार्टी निर्देश अनुसार नभई व्यक्तिगत प्रभाव र धनबलका आधारमा निर्णय हुनु दुर्भाग्यपूर्ण रहेको बताए । उनले चितवन–१ बाट निर्वाचनमा पराजित विश्व पौडेललाई गभर्नर नियुक्त गर्नुले सुशासनको कल्पनासम्म गर्न नसकिने तर्क गरे ।

उनले समृद्धिको मूल उपाय कृषि, औद्योगिक क्रान्ति र पर्यटन उद्योगको विकास भएको उल्लेख गरे ।

कार्यक्रममा बोल्दै अखिल नेपाल महिला संघ समाजवादीकी केन्द्रीय अध्यक्ष मुनु सिग्देलले वर्तमान सरकार विकासको बाधक बनेको आरोप लगाइन् । “संविधान परिवर्तन गर्दै जनताको सार्वभौमिकता र मौलिक हक सुनिश्चित गर्नुपर्नेमा, अहिले उल्टै ती अधिकार कुण्ठित हुने गरी सरकार काम गरिरहेको छ,” उनले भनिन् ।

गोष्ठीमा अन्य वक्ताहरूले यथास्थितिवादको विरोध गर्दै जनतामा मौलिक हकको प्रत्याभूति दिलाउन पार्टीले अग्रसरता लिनुपर्नेमा जोड दिए ।

कार्यक्रम पार्टीका बागमती प्रदेश उपाध्यक्ष राजु श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा केन्द्रिय सदस्य रामचन्द्र बल, अशोक थापा, पार्वती सिलवाल, जिल्ला अध्यक्ष विष्णु प्रसाद दाहाल, चितवन जिल्ला अध्यक्ष नरेन्द्र कन्यङ्गवा, प्रदेश सदस्य माधव तिमल्सिना, कल्पना विश्वकर्मालगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

२४ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसी मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रत...
बागमतीमा मन्त्रालयको संख्या आठ कायम

बागमतीमा मन्त्रालयको संख्या आठ कायम

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने महत्त्वपूर्ण निर्णय गरेको छ। मंगलबार हेटौँडामा बसेको मन्त्रिपर...
टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

२३ वैशाख, हेटौँडा । सर्लाहीको बागमती युथ क्लब मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...
चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

२२ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीक...
विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो घर तथा कार्यालयमा भएको छापामारीप्रति आपत्ति जनाउँदै ...
मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा ...
बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

२० वैशाख, हेटौँडा । बागमती गोल्डकप स् साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ सेमिफाइनलमा मकवानपुरको बागमती गाउँपालिकामा जारी ...
बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

१९ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसीले मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...