Day: May 25, 2025

सुशासनका लागि नीति परिवर्तन अपरिहार्यः डा. गङ्गालाल तुलाधर

सुशासनका लागि नीति परिवर्तन अपरिहार्यः डा. गङ्गालाल तुलाधर

Breaking News 2, ताजा अपडेट, राजनीति, समाचार
११ जेठ, हेटौँडा । नेकपा (एकीकृत समाजवादी) का केन्द्रिय उपाध्यक्ष तथा पूर्वमन्त्री डा. गङ्गालाल तुलाधरले देशमा सुशासन कायम गर्न नीतिगत परिवर्तन आवश्यक रहेको बताएका छन् । एकीकृत समाजवादी बागमती प्रदेश कमिटीद्वारा हेटौँडामा आयोजित विचार गोष्ठीलाई सम्बोधन गर्दै डा. तुलाधरले देशमा पटक–पटक शासन परिवर्तन भए पनि जनताको अवस्था उस्तै रहेको उल्लेख गरे । “राणा शासनको अन्त्य भएको दशकौं बितिसक्यो, तर आज पनि जनताले अपमानित भएर बाँच्नुपरेको अवस्था छ, जुन निकै दुःखद हो,” उनले भने, “हेटौँडाबाट धेरै क्रान्तिहरूको थालनी भएको छ – चाहे त्यो कपडा उद्योगको आन्दोलन होस् वा हालैको सिमेन्ट उद्योग र अस्पतालको पक्षमा भएको आन्दोलन ।” तुलाधरले गभर्नर नियुक्तिबारे पार्टी निर्देश अनुसार नभई व्यक्तिगत प्रभाव र धनबलका आधारमा निर्णय हुनु दुर्भाग्यपूर्ण रहेको बताए । उनले चितवन–१ बाट निर्वाचनमा पराजित विश्व पौडेललाई ग...
तनहुँको मादी पुलमा जिप दुर्घटना, तीन जनाको मृत्यु

तनहुँको मादी पुलमा जिप दुर्घटना, तीन जनाको मृत्यु

Breaking News 1, ताजा अपडेट, समाचार
११ जेठ, हेटौँडा । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका वडा नम्बर ३ र ४ जोड्ने मादी नदी पुलबाट जिप खस्दा तीन जनाको ज्यान गएको छ । गएराति दमौलीबाट चापाघाटतर्फ जाँदै गरेको ग २ च ५७६० नम्बरको जिप पुलको रेलिङ भत्काएर मादी नदीमा खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा व्यास नगरपालिका–५ का ३५ वर्षीय प्रविन थापामगर, २२ वर्षीय कुमार थापा र २० वर्षीय कुशल थापाको मृत्यु भएको हो । उनीहरूको उपचारका क्रममा दमौली अस्पतालमा निधन भएको प्रहरीले जानकारी दिएको छ । जिपमा पाँच जना सवार रहेकोमा बाँकी दुई जना घाइते भएका छन् । तीमध्ये एकको अवस्था गम्भीर रहेकोले थप उपचारका लागि पोखरा रिफर गरिएको प्रहरी निरीक्षक राजु अधिकारीले जानकारी दिए । अर्को घाइतेको दमौली अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनापछि नेपाली सेनाको कालीभञ्जन गण, नेपाल प्रहरी र स्थानीयवासीको सहयोगमा घाइतेको उद्धार गरिएको थियो । घटनाबारे...