स्थापना दिवसमा संस्कृत वेद विद्याश्रमलाई युनियन मकवानपुरको खाद्यान्न सहयोग

१३ जेठ, हेटौँडा । नेपाल प्रेस युनियनको ३४ औं स्थापना दिवसको अवसरमा मकवानपुर शाखाले स्थापना दिवसको अवसरमा संस्कृत वेद विद्याश्रमलाई खाद्यान्न सहयोग गरेको छ । मकवानपुर शाखाले सोमबार शुभकामना आदानप्रदानसहित हेटौंडा १० गोरक्षश्वरधाममा रहेको संस्कृत वेद विद्याश्रमलाई खाद्यान्न सहयोग गरेको हो ।

करिव २० हजार रुपैयाँ बराबरको दाल, चामल, नुन, तेललगायतका खाद्यान्न सामग्री सहयोग गरेको युनियन मकवानपुरका अध्यक्ष सुवास विडारीले जानकारी दिए । कार्यक्रममा युनियन मकवानपुरका संस्थापक अध्यक्ष राममणी दाहालको प्रमुख आतिथ्यता रहेको थियो । संस्थापक दाहालले प्रेस युनियनले पत्रकारितासँगै सामाजिक उत्तरदायित्व समेत निर्वाह गरिरहेको भन्दै खुसी व्यक्त गरे । उनले आगामी दिनमा पनि यस्ता कार्यलाई निरन्तरता दिँदै जानुपर्ने सुझाव दिए ।

कार्यक्रममा पत्रकार महासंघ बागमती प्रदेशका संस्थापक अध्यक्ष प्रताप विष्ट, प्रदेश उपाध्यक्ष हरि हुमागाइँ, महासंघ मकवानपुर अध्यक्ष बालकृष्ण अधिकारी, प्रेस चौतारी मकवानपुर अध्यक्ष सरिता दाहाल, प्रेस सेन्टर अध्यक्ष एमपी शर्मा, स्वतन्त्र पत्रकार संघ अध्यक्ष राजन घिमिरे लगाएतले स्वतन्त्र प्रेसको पक्षमा युनियनले पु¥याएको योगदानको चर्चा गरेका थिए ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण थापाले संस्कृत विद्यालयलाई पछिल्लो समय सहयोग गर्नेहरु बढ्दो क्रममा रहेको बताए । हेटौंडालाई नै देवघाट सरह बनाउन सकिने भन्दै उनले सबैको सहयोग जरुरी रहेको औंल्याए ।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

मकवानपुरमा लागुऔषधसहित चार दिनमा १३ जना पक्राउ

मकवानपुरमा लागुऔषधसहित चार दिनमा १३ जना पक्राउ

१८ जेठ, हेटौँडा । मकवानपुर प्रहरीले चार दिनको अवधिमा विभिन्न स्थानबाट १३ जनालाई लागुऔषधसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्याल...
प्रधानमन्त्री शाहको अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभामा चर्को विरोध, राजीनामाको माग

प्रधानमन्त्री शाहको अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभामा चर्को विरोध, राजीनामाको माग

१८ जेठ, हेटौँडा । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा सीमा विवादका विषयमा दिएको पछिल्लो अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभ...
गौरीटार अन्तर्राष्ट्रिय क्रिकेट मैदानको उद्घाटन

गौरीटार अन्तर्राष्ट्रिय क्रिकेट मैदानको उद्घाटन

१७ जेड, हेटौँडा । हेटौँडाको गौरीटारमा निर्माण सम्पन्न भएको अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान आइतबार औपचारिक रूपमा उद्घाटन गरिएको...
११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

७ जेठ, हेटौँडा । बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको बजेट अधिवेशन जेठ ११ गते सोमबारका लागि आह्वान गर्न लागि प्...
२४ वैशाखमा बागमती प्रदेशभर सार्वजनिक बिदा

२४ वैशाखमा बागमती प्रदेशभर सार्वजनिक बिदा

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले ‘भाषा दिवस’का अवसरमा वैशाख २४ गते बिहीबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । ...
मुख्यमन्त्री बानियाँविरुद्ध कदमप्रतिको कांग्रेस मकवानपुरको आपत्ति

मुख्यमन्त्री बानियाँविरुद्ध कदमप्रतिको कांग्रेस मकवानपुरको आपत्ति

२१ वैशाख, हेटौँडा । नेपाली कांग्रेस मकवानपुर ले बागमती प्रदेशका सभापति तथा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ विरुद्ध...
सुकुमवासी तथा अव्यवस्थित बसोबासीको प्रदर्शन

सुकुमवासी तथा अव्यवस्थित बसोबासीको प्रदर्शन

२१ वैशाख, हेटौँडा । संघीय सरकारले अतिक्रमित बस्ती खाली गर्ने तयारी थालेपछि मकवानपुरमा भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीहरू ...
टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

२१ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगितामा ललितपुरको फ्रे...