Day: May 27, 2025

१५ गतेदेखि हेटौँडामा नवोदय मुन कार्यक्रम, २५० विद्यार्थीको सहभागिता हुने

१५ गतेदेखि हेटौँडामा नवोदय मुन कार्यक्रम, २५० विद्यार्थीको सहभागिता हुने

ताजा अपडेट, राजनीति, शिक्षा, समाचार, हेटौँडा
१३ जेठ, हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ९ स्थित नवोदय बोर्डिङ स्कूलमा यही १५ जेठदेखि १७ गतेसम्म तीनदिने नवोदय मुन (नमुना संयुक्त राष्ट्रसंघ) कार्यक्रम आयोजना हुने भएको छ । कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको आयोजकले मंगलबार पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ । विद्यार्थीहरूमा नेतृत्व क्षमता, समालोचनात्मक सोच, वादविवाद सीप, सहकार्य, र व्यक्तित्व विकास लगायतका सीप अभिवृद्धि गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो । नवोदय नमुना संयुक्त राष्ट्र परिषद्का महासचिव निकेश श्रीवास्तवका अनुसार, कार्यक्रममा अन्तर्राष्ट्रिय नीति, योजना र विश्वस्तरका समस्या समाधानका विषयमा गहिरो छलफल हुने छ । ‘वास्तविक संयुक्त राष्ट्रसंघको कार्यविधिलाई आधार मानेर सञ्चालित हुने यो कार्यक्रम विद्यार्थीहरूलाई वैश्विक मुद्दा र अन्तर्राष्ट्रिय सम्बन्धबारे व्यापक जानकारी दिनका लागि प्रभावकारी बने...
स्थापना दिवसमा संस्कृत वेद विद्याश्रमलाई युनियन मकवानपुरको खाद्यान्न सहयोग

स्थापना दिवसमा संस्कृत वेद विद्याश्रमलाई युनियन मकवानपुरको खाद्यान्न सहयोग

Breaking News 2, ताजा अपडेट, समाचार, हेटौँडा
१३ जेठ, हेटौँडा । नेपाल प्रेस युनियनको ३४ औं स्थापना दिवसको अवसरमा मकवानपुर शाखाले स्थापना दिवसको अवसरमा संस्कृत वेद विद्याश्रमलाई खाद्यान्न सहयोग गरेको छ । मकवानपुर शाखाले सोमबार शुभकामना आदानप्रदानसहित हेटौंडा १० गोरक्षश्वरधाममा रहेको संस्कृत वेद विद्याश्रमलाई खाद्यान्न सहयोग गरेको हो । करिव २० हजार रुपैयाँ बराबरको दाल, चामल, नुन, तेललगायतका खाद्यान्न सामग्री सहयोग गरेको युनियन मकवानपुरका अध्यक्ष सुवास विडारीले जानकारी दिए । कार्यक्रममा युनियन मकवानपुरका संस्थापक अध्यक्ष राममणी दाहालको प्रमुख आतिथ्यता रहेको थियो । संस्थापक दाहालले प्रेस युनियनले पत्रकारितासँगै सामाजिक उत्तरदायित्व समेत निर्वाह गरिरहेको भन्दै खुसी व्यक्त गरे । उनले आगामी दिनमा पनि यस्ता कार्यलाई निरन्तरता दिँदै जानुपर्ने सुझाव दिए । कार्यक्रममा पत्रकार महासंघ बागमती प्रदेशका संस्थापक अध्यक्ष प्रताप विष्ट, प्रदेश उपा...
मन्त्रिपरिषद्द्वारा आगामी आवको नीति तथा कार्यक्रम स्वीकृत

मन्त्रिपरिषद्द्वारा आगामी आवको नीति तथा कार्यक्रम स्वीकृत

Breaking News 1, ताजा अपडेट, बागमती प्रदेश, राजनीति, समाचार
१३ जेठ, हेटौँडा । बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२÷८३ को नीति तथा कार्यक्रम प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको छ । बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम स्वीकृत गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिए । नीति तथा कार्यक्रम बुधबार प्रदेश प्रमुखबाट बागमती प्रदेश सभा बैठकमा प्रश्तुत गर्ने कार्यक्रम रहेको छ । उक्त बैठकमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले आगामी आर्थिक वर्ष २०८२÷८३ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् । सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले प्रदेश प्रमुख देवकोटालाई औपचारिक पत्राचार समेत गरिसकेका छन् । सभामुख...