१५ गतेदेखि हेटौँडामा नवोदय मुन कार्यक्रम, २५० विद्यार्थीको सहभागिता हुने

१३ जेठ, हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ९ स्थित नवोदय बोर्डिङ स्कूलमा यही १५ जेठदेखि १७ गतेसम्म तीनदिने नवोदय मुन (नमुना संयुक्त राष्ट्रसंघ) कार्यक्रम आयोजना हुने भएको छ । कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको आयोजकले मंगलबार पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ ।

विद्यार्थीहरूमा नेतृत्व क्षमता, समालोचनात्मक सोच, वादविवाद सीप, सहकार्य, र व्यक्तित्व विकास लगायतका सीप अभिवृद्धि गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो । नवोदय नमुना संयुक्त राष्ट्र परिषद्का महासचिव निकेश श्रीवास्तवका अनुसार, कार्यक्रममा अन्तर्राष्ट्रिय नीति, योजना र विश्वस्तरका समस्या समाधानका विषयमा गहिरो छलफल हुने छ ।

‘वास्तविक संयुक्त राष्ट्रसंघको कार्यविधिलाई आधार मानेर सञ्चालित हुने यो कार्यक्रम विद्यार्थीहरूलाई वैश्विक मुद्दा र अन्तर्राष्ट्रिय सम्बन्धबारे व्यापक जानकारी दिनका लागि प्रभावकारी बनेको छ,’ उनले भने ।

कार्यक्रममा सहभागी विद्यार्थीहरूले विभिन्न राष्ट्रका प्रतिनिधिको भूमिका निर्वाह गर्दै अन्तर्राष्ट्रिय मञ्चमा हुनेजस्तै वैश्विक बहस र नीति निर्माण प्रक्रियाको अभ्यास गर्नेछन् । संयुक्त राष्ट्रसंघका विभिन्न निकायमा आधारित छलफल सत्रहरू सञ्चालन गरिने आयोजकको भनाइ छ ।

करिब ४ लाख रुपैयाँ बजेट अनुमान गरिएको कार्यक्रममा देशभरबाट करिब २५० जना विद्यार्थी सहभागी हुने जनाइएको छ । नवोदय बोर्डिङले विगत वर्षहरूमा पनि यस्ता कार्यक्रमहरू आयोजना गर्दै आएको छ ।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

मकवानपुरमा लागुऔषधसहित चार दिनमा १३ जना पक्राउ

मकवानपुरमा लागुऔषधसहित चार दिनमा १३ जना पक्राउ

१८ जेठ, हेटौँडा । मकवानपुर प्रहरीले चार दिनको अवधिमा विभिन्न स्थानबाट १३ जनालाई लागुऔषधसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्याल...
प्रधानमन्त्री शाहको अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभामा चर्को विरोध, राजीनामाको माग

प्रधानमन्त्री शाहको अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभामा चर्को विरोध, राजीनामाको माग

१८ जेठ, हेटौँडा । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा सीमा विवादका विषयमा दिएको पछिल्लो अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभ...
गौरीटार अन्तर्राष्ट्रिय क्रिकेट मैदानको उद्घाटन

गौरीटार अन्तर्राष्ट्रिय क्रिकेट मैदानको उद्घाटन

१७ जेड, हेटौँडा । हेटौँडाको गौरीटारमा निर्माण सम्पन्न भएको अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान आइतबार औपचारिक रूपमा उद्घाटन गरिएको...
११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

७ जेठ, हेटौँडा । बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको बजेट अधिवेशन जेठ ११ गते सोमबारका लागि आह्वान गर्न लागि प्...
२४ वैशाखमा बागमती प्रदेशभर सार्वजनिक बिदा

२४ वैशाखमा बागमती प्रदेशभर सार्वजनिक बिदा

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले ‘भाषा दिवस’का अवसरमा वैशाख २४ गते बिहीबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । ...
मुख्यमन्त्री बानियाँविरुद्ध कदमप्रतिको कांग्रेस मकवानपुरको आपत्ति

मुख्यमन्त्री बानियाँविरुद्ध कदमप्रतिको कांग्रेस मकवानपुरको आपत्ति

२१ वैशाख, हेटौँडा । नेपाली कांग्रेस मकवानपुर ले बागमती प्रदेशका सभापति तथा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ विरुद्ध...
सुकुमवासी तथा अव्यवस्थित बसोबासीको प्रदर्शन

सुकुमवासी तथा अव्यवस्थित बसोबासीको प्रदर्शन

२१ वैशाख, हेटौँडा । संघीय सरकारले अतिक्रमित बस्ती खाली गर्ने तयारी थालेपछि मकवानपुरमा भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीहरू ...
टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

२१ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगितामा ललितपुरको फ्रे...