२० साउन, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियाँले ६ वटा मन्त्रालयको कार्यभार आफैंले सम्हाल्ने भएका छन् । प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले संविधानको धारा १६८ को उपधारा (९) अनुसार मुख्यमन्त्री बानियाँको सिफारिसमा मन्त्रिपरिषद् गठन गरी कार्यविभाजन सार्वजनिक गरेका हुन् ।
सो अनुुसार मुख्यमन्त्री बानियाँले मुख्यमन्त्री तथा मन्त्रिपरिषद सहित ६ मन्त्रालयको जिम्मेवारी सम्हाल्नु पर्ने देखिएको छ । कांग्रेस र एमालेको समर्थनमा सरकारको नेतृत्वमा पुगेका बानियाँले पहिलो चरणमा ८ मन्त्रीलाई जिम्मेवारी प्रदान गरेका छन् । प्रदेशमा कायम रहेको मुख्यमन्त्री कार्यालय सहित १४ मन्त्रालय मध्ये ६ मन्त्रालय मन्त्री विहीन छ ।
एमालेको भागमा परेका छ मन्त्रालयमा मन्त्री नियुक्त हुँदा कांग्रेसको भागमा परेको ७ मन्त्रालय मध्ये एउटामा मात्र मन्त्रीले जिम्मेवारी पाएका छन् । कांग्रेसबाट नियुक्त भएका कृष्णकुमार तामाङले जिम्मेवारी पाउँदा शिवराज अधिकारी भने विना विभागिय रहन पुगे । कांग्रेसबाट मन्त्री हुनेहरुको नाम टुंगिन नसक्दा ६ मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री बानियाँको काधमा परेको हो ।
मुख्यमन्त्री बानियाँले कांग्रेसको भागमा परेका मन्त्री टुंग्याउन पार्टी सभापति शेरबहादुर देउवा र शिर्ष नेतासरंछ छलफल गर्ने निश्कर्ष सहित नियुक्त नगरिएको जनाइएको छ । पार्टी भित्र आन्तरिक छलफल र सहमती पछि एक साता भित्र नै मन्त्रिपरिषदले पूर्णता पाउने मुख्यमन्त्री बानियाँले जानकारी दिए ।
मुख्यमन्त्री बानियाँले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित आन्तरिक मामिला तथा कानुन मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, सामाजिक विकास मन्त्रालय, संस्कृति तथा पर्यटन मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय र सहकारी तथा गरिबी निवारण मन्त्रालय पनि आफैं सम्हाल्नु पर्नेछ ।
हालका लागि ९ सदस्यीय मन्त्रिपरिषद् गठन गरिएकोमा एमालेका ६ मन्त्रीहरुले पनि जिम्मेवारी पाएका छन् । एमालेबाट मन्त्री बनेका डा।दिनेशचन्द्र देवकोटाले भौतिक पूर्वाधार विकास मन्त्रालय, मधुसुदन पौडेलले कृषि तथा पशुपन्छी विकास मन्त्रालय, जयराम थापाले श्रम रोजगार तथा यातायात मन्त्रालय, किरण थापाले स्वास्थ्य मन्त्रालय, भरत बहादुर केसीले वन तथा वातावरण मन्त्रालय र विन्दु श्रेष्ठले उद्योग वाणिज्य भुमि तथ प्रशासन मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
Hetauda Live ले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।