बानियाँको काधमा ६ मन्त्रालयको जिम्मेवारी

२० साउन, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियाँले ६ वटा मन्त्रालयको कार्यभार आफैंले सम्हाल्ने भएका छन् । प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले संविधानको धारा १६८ को उपधारा (९) अनुसार मुख्यमन्त्री बानियाँको सिफारिसमा मन्त्रिपरिषद् गठन गरी कार्यविभाजन सार्वजनिक गरेका हुन् ।

सो अनुुसार मुख्यमन्त्री बानियाँले मुख्यमन्त्री तथा मन्त्रिपरिषद सहित ६ मन्त्रालयको जिम्मेवारी सम्हाल्नु पर्ने देखिएको छ । कांग्रेस र एमालेको समर्थनमा सरकारको नेतृत्वमा पुगेका बानियाँले पहिलो चरणमा ८ मन्त्रीलाई जिम्मेवारी प्रदान गरेका छन् । प्रदेशमा कायम रहेको मुख्यमन्त्री कार्यालय सहित १४ मन्त्रालय मध्ये ६ मन्त्रालय मन्त्री विहीन छ ।

एमालेको भागमा परेका छ मन्त्रालयमा मन्त्री नियुक्त हुँदा कांग्रेसको भागमा परेको ७ मन्त्रालय मध्ये एउटामा मात्र मन्त्रीले जिम्मेवारी पाएका छन् । कांग्रेसबाट नियुक्त भएका कृष्णकुमार तामाङले जिम्मेवारी पाउँदा शिवराज अधिकारी भने विना विभागिय रहन पुगे । कांग्रेसबाट मन्त्री हुनेहरुको नाम टुंगिन नसक्दा ६ मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री बानियाँको काधमा परेको हो ।

मुख्यमन्त्री बानियाँले कांग्रेसको भागमा परेका मन्त्री टुंग्याउन पार्टी सभापति शेरबहादुर देउवा र शिर्ष नेतासरंछ छलफल गर्ने निश्कर्ष सहित नियुक्त नगरिएको जनाइएको छ । पार्टी भित्र आन्तरिक छलफल र सहमती पछि एक साता भित्र नै मन्त्रिपरिषदले पूर्णता पाउने मुख्यमन्त्री बानियाँले जानकारी दिए ।

मुख्यमन्त्री बानियाँले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित आन्तरिक मामिला तथा कानुन मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, सामाजिक विकास मन्त्रालय, संस्कृति तथा पर्यटन मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय र सहकारी तथा गरिबी निवारण मन्त्रालय पनि आफैं सम्हाल्नु पर्नेछ ।

हालका लागि ९ सदस्यीय मन्त्रिपरिषद् गठन गरिएकोमा एमालेका ६ मन्त्रीहरुले पनि जिम्मेवारी पाएका छन् । एमालेबाट मन्त्री बनेका डा।दिनेशचन्द्र देवकोटाले भौतिक पूर्वाधार विकास मन्त्रालय, मधुसुदन पौडेलले कृषि तथा पशुपन्छी विकास मन्त्रालय, जयराम थापाले श्रम रोजगार तथा यातायात मन्त्रालय, किरण थापाले स्वास्थ्य मन्त्रालय, भरत बहादुर केसीले वन तथा वातावरण मन्त्रालय र विन्दु श्रेष्ठले उद्योग वाणिज्य भुमि तथ प्रशासन मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

मकवानपुरमा लागुऔषधसहित चार दिनमा १३ जना पक्राउ

मकवानपुरमा लागुऔषधसहित चार दिनमा १३ जना पक्राउ

१८ जेठ, हेटौँडा । मकवानपुर प्रहरीले चार दिनको अवधिमा विभिन्न स्थानबाट १३ जनालाई लागुऔषधसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्याल...
प्रधानमन्त्री शाहको अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभामा चर्को विरोध, राजीनामाको माग

प्रधानमन्त्री शाहको अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभामा चर्को विरोध, राजीनामाको माग

१८ जेठ, हेटौँडा । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा सीमा विवादका विषयमा दिएको पछिल्लो अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभ...
गौरीटार अन्तर्राष्ट्रिय क्रिकेट मैदानको उद्घाटन

गौरीटार अन्तर्राष्ट्रिय क्रिकेट मैदानको उद्घाटन

१७ जेड, हेटौँडा । हेटौँडाको गौरीटारमा निर्माण सम्पन्न भएको अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान आइतबार औपचारिक रूपमा उद्घाटन गरिएको...
११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

७ जेठ, हेटौँडा । बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको बजेट अधिवेशन जेठ ११ गते सोमबारका लागि आह्वान गर्न लागि प्...
२४ वैशाखमा बागमती प्रदेशभर सार्वजनिक बिदा

२४ वैशाखमा बागमती प्रदेशभर सार्वजनिक बिदा

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले ‘भाषा दिवस’का अवसरमा वैशाख २४ गते बिहीबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । ...
मुख्यमन्त्री बानियाँविरुद्ध कदमप्रतिको कांग्रेस मकवानपुरको आपत्ति

मुख्यमन्त्री बानियाँविरुद्ध कदमप्रतिको कांग्रेस मकवानपुरको आपत्ति

२१ वैशाख, हेटौँडा । नेपाली कांग्रेस मकवानपुर ले बागमती प्रदेशका सभापति तथा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ विरुद्ध...
सुकुमवासी तथा अव्यवस्थित बसोबासीको प्रदर्शन

सुकुमवासी तथा अव्यवस्थित बसोबासीको प्रदर्शन

२१ वैशाख, हेटौँडा । संघीय सरकारले अतिक्रमित बस्ती खाली गर्ने तयारी थालेपछि मकवानपुरमा भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीहरू ...
टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

२१ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगितामा ललितपुरको फ्रे...