Day: August 6, 2025

मुख्यमन्त्री बानियाँले तलबभत्ताबाट विपन्नको घर बनाइदिने

मुख्यमन्त्री बानियाँले तलबभत्ताबाट विपन्नको घर बनाइदिने

Breaking News 2, ताजा अपडेट, बागमती प्रदेश, राजनीति
२१ साउन, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले आफूले मुख्यमन्त्री भएबापत प्राप्त हुने तलब भत्ताको रकमबाट आफू निर्वाचित भएको क्षेत्रका विपन्न परिवारको घर निर्माण गरिदिने भएका छन् । बुधबार मुख्यमन्त्री नियुक्त भएसँगैको पहिलो मन्त्रिपरिषद् बैठकमा बानियाँले आफूले प्राप्त गर्ने तलवभत्ताको रकमबाट आफू निर्वाचित मकवानपुर क्षेत्र नम्बर २(ख) का अति विपन्न परिवार छनौट गरी घर निर्माण गरिदिने जानकारी गराएका थिए । यस्तै बानियाँ नेतृत्वको बागमती प्रदेश सरकारको मन्त्रिपरिषद्को पहिलो बैठकले प्रदेशभरका विपन्न परिवारका ६ जनालाई डाक्टर र १० जनालाई नर्स पढाउने निर्णय गरेको छ । बुधबार बेलुका बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक अभावका कारण उच्च शिक्षा अध्ययन गर्न नपाएका विपन्न र सिमान्तकृत परिवारका जेहेन्दार विद्यार्थीलाई सामाजिक विकास मन्त्रालयबाट छात्रावृति प्रदान गर्ने निर्णय गर...
बानियाँको काधमा ६ मन्त्रालयको जिम्मेवारी

बानियाँको काधमा ६ मन्त्रालयको जिम्मेवारी

ताजा अपडेट, बागमती प्रदेश, समाचार
२० साउन, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियाँले ६ वटा मन्त्रालयको कार्यभार आफैंले सम्हाल्ने भएका छन् । प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले संविधानको धारा १६८ को उपधारा (९) अनुसार मुख्यमन्त्री बानियाँको सिफारिसमा मन्त्रिपरिषद् गठन गरी कार्यविभाजन सार्वजनिक गरेका हुन् । सो अनुुसार मुख्यमन्त्री बानियाँले मुख्यमन्त्री तथा मन्त्रिपरिषद सहित ६ मन्त्रालयको जिम्मेवारी सम्हाल्नु पर्ने देखिएको छ । कांग्रेस र एमालेको समर्थनमा सरकारको नेतृत्वमा पुगेका बानियाँले पहिलो चरणमा ८ मन्त्रीलाई जिम्मेवारी प्रदान गरेका छन् । प्रदेशमा कायम रहेको मुख्यमन्त्री कार्यालय सहित १४ मन्त्रालय मध्ये ६ मन्त्रालय मन्त्री विहीन छ । एमालेको भागमा परेका छ मन्त्रालयमा मन्त्री नियुक्त हुँदा कांग्रेसको भागमा परेको ७ मन्त्रालय मध्ये एउटामा मात्र मन्त्रीले जिम्मेवारी पाएका छन् । कांग्रेसबाट नियुक्त भएक...
विपद प्रतिकार्यको लागि उच्चस्तरीय एकीकृत संयन्त्र बनाइने बागमतीको निर्णय

विपद प्रतिकार्यको लागि उच्चस्तरीय एकीकृत संयन्त्र बनाइने बागमतीको निर्णय

Breaking News 2, ताजा अपडेट, बागमती प्रदेश, राजनीति, समाचार
२० साउन, हेटौँडा । नवगठित बागमती प्रदेश सरकारले विपद प्रतिकार्यको लागि उच्चस्तरीय एकीकृत संयन्त्र बनाउने निर्णय गरेको छ । मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको अध्यक्षतमा मंगलबार साँझ बसेको पहिलो मन्त्रिपरिषद बैडकले प्रदेशमा प्राकृतिक विपद्को कारण हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै सरकारी निकाय लगायत अन्य संघसंस्थालाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय मार्फत् समन्वयकारी ढंगले परिचालन गरिने निर्णय गरेको हो । सरकारका प्रवक्ता एवं प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री कृष्णकुमार तामाङले उक्त संयन्त्रमा आन्तरिक मामिला तथा कानुन मन्त्री संयोजक एवं सम्बन्धीत प्रशासनिक निकायका प्रमुखहरु सदस्यको रुपमा रहेन निर्णय भएको जानकारी दिए । यस्तै उक्त संयन्त्रलाई तयारी अवस्थामा राखी आवश्यक सामग्री तत्काल उपलब्ध गराउने निर्णय पनि भएको प्रवक्ता तामाङले बताए । बैठकले प्रदेशभित्र बाढी पहिरो जस्ता प्राक...