गाईजात्राको अवसरमा आइतबार बागमती प्रदेशमा सार्वजनिक बिदा

२३ साउन, हेटौँडा । बागमती प्रदेश सरकारले आउँदो साउन २५ गते पर्ने गाईजात्रा पर्वको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार उक्त निर्णय प्रदेश मन्त्रिपरिषद्को बैठकबाट पारित भई प्रदेश राजपत्रमा प्रकाशित गरिएको हो ।

मन्त्रालयकी सूचना अधिकारी रिवता कार्कीले मन्त्रिपरिषद्को निर्णयअनुसार गाईजात्राको अवसरमा साउन २५ गते सार्वजनिक बिदा दिइएको जानकारी दिइन् । निर्णयअनुसार बागमती प्रदेशभित्रका सार्वजनिक कार्यालय, शैक्षिक संस्था र निजी संघसंस्थाहरू सो दिन बन्द रहनेछन् ।

प्रदेश राजपत्रको खण्ड ८, संख्या ३२, भाग ३ मा २०८१ चैत २१ गते प्रकाशित सूचनामा साउन २५ गते गाईजात्राको अवसरमा सार्वजनिक बिदा दिने उल्लेख गरिएको छ ।

बागमती प्रदेश सरकारद्वारा कार्यान्वयनमा ल्याइएको ‘प्रदेश सरकारी कामकाजी भाषा ऐन, २०८०’ अनुसार गत २०८१ चैत १९ गते बसेको मन्त्रिपरिषद् बैठकले गाईजात्रासहित अन्य चार दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । उक्त निर्णयका आधारमा गाईजात्रा पर्व सार्वजनिक बिदा क्यालेन्डरमा समेत समावेश गरिएको हो ।

गाईजात्रा काठमाडौं उपत्यकासहित बागमती प्रदेशका विभिन्न क्षेत्रमा नेवार समुदायले विशेष रूपमा मनाउने प्रमुख सांस्कृतिक पर्व हो। पितृ सम्झनाको प्रतीकस्वरूप मनाइने यस पर्वमा गाईको स्वरूपमा टोलटोल घुम्ने परम्परा रहेको छ ।
गाईजात्रा नेपाल संवतअनुसार गुंलागाः पारू अर्थात् जनैपूर्णिमाको भोलिपल्ट ९भाद्र शुक्ल प्रतिपदा० पर्दछ। यस पर्वले हास्यव्यंग्य, सामाजिक सन्देश र सांस्कृतिक विविधता झल्काउने भएकाले यसले प्रदेशमा विशेष महत्त्व राख्दछ ।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

मकवानपुरमा लागुऔषधसहित चार दिनमा १३ जना पक्राउ

मकवानपुरमा लागुऔषधसहित चार दिनमा १३ जना पक्राउ

१८ जेठ, हेटौँडा । मकवानपुर प्रहरीले चार दिनको अवधिमा विभिन्न स्थानबाट १३ जनालाई लागुऔषधसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्याल...
प्रधानमन्त्री शाहको अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभामा चर्को विरोध, राजीनामाको माग

प्रधानमन्त्री शाहको अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभामा चर्को विरोध, राजीनामाको माग

१८ जेठ, हेटौँडा । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा सीमा विवादका विषयमा दिएको पछिल्लो अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभ...
गौरीटार अन्तर्राष्ट्रिय क्रिकेट मैदानको उद्घाटन

गौरीटार अन्तर्राष्ट्रिय क्रिकेट मैदानको उद्घाटन

१७ जेड, हेटौँडा । हेटौँडाको गौरीटारमा निर्माण सम्पन्न भएको अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान आइतबार औपचारिक रूपमा उद्घाटन गरिएको...
११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

७ जेठ, हेटौँडा । बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको बजेट अधिवेशन जेठ ११ गते सोमबारका लागि आह्वान गर्न लागि प्...
२४ वैशाखमा बागमती प्रदेशभर सार्वजनिक बिदा

२४ वैशाखमा बागमती प्रदेशभर सार्वजनिक बिदा

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले ‘भाषा दिवस’का अवसरमा वैशाख २४ गते बिहीबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । ...
मुख्यमन्त्री बानियाँविरुद्ध कदमप्रतिको कांग्रेस मकवानपुरको आपत्ति

मुख्यमन्त्री बानियाँविरुद्ध कदमप्रतिको कांग्रेस मकवानपुरको आपत्ति

२१ वैशाख, हेटौँडा । नेपाली कांग्रेस मकवानपुर ले बागमती प्रदेशका सभापति तथा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ विरुद्ध...
सुकुमवासी तथा अव्यवस्थित बसोबासीको प्रदर्शन

सुकुमवासी तथा अव्यवस्थित बसोबासीको प्रदर्शन

२१ वैशाख, हेटौँडा । संघीय सरकारले अतिक्रमित बस्ती खाली गर्ने तयारी थालेपछि मकवानपुरमा भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीहरू ...
टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

२१ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगितामा ललितपुरको फ्रे...