Day: August 8, 2025

मुख्यमन्त्री बानियाँले साउन २७ मा विश्वासको मत लिने

मुख्यमन्त्री बानियाँले साउन २७ मा विश्वासको मत लिने

ताजा अपडेट, बागमती प्रदेश, राजनीति, समाचार
२३ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले साउन २७ गते विश्वासको मत लिने भएका छन् । एमाले कांग्रेस गठबन्धनबाट सरकारको नेतृत्व लिएका मुख्यमन्त्री बानियाँले २७ गते विश्वासको मत लिने भएका हुन् । गठबन्धनको सरकारको नेतत्व गरिरहेका मुख्यमन्त्री बानियाँले आगामी भदौ १८ गतेसम्ममा संसदबाट विश्वासको मत लिइसक्नु पर्ने बाध्यता रहेको छ । मुख्यमन्त्री बानियाँले साउन २७ का लागि विश्वासको मत लिने गरी संसद बैठक बोलाउन प्रदेशसभा सचिवालय समक्ष जानकारी गराएका हुन् । साउन २० मा मुख्यमन्त्री नियुक्त भएका उनले ३० दिन भित्र सांसदबाट विश्वासको मत लिइसक्नुपर्ने व्यवस्था रहेको छ । सोही अनुसार मुख्यमन्त्री लामाले विश्वासको मत लिने प्रस्ताव अघि बढाएका हुन् । मुख्यमन्त्री बानियाँले नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेश सभा नियमावली २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम सा...
कांग्रेस बागमती संसदीय दलको मुख्य सचेतकमा बादे, सदस्य सचिवमा महर्जन नियुक्त

कांग्रेस बागमती संसदीय दलको मुख्य सचेतकमा बादे, सदस्य सचिवमा महर्जन नियुक्त

Breaking News 2, ताजा अपडेट, बागमती प्रदेश, राजनीति, समाचार
२३ साउन, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको मुख्य सचेतकमा कञ्चनचन्द्र बादे नियुक्त भएका छन् । मुख्यमन्त्री एवम् संसदीय दलको नेता इन्द्रबहादुर बानियाँले उनलाई मुख्य सचेतकमा नियुक्त गरेका हुन् । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको विधानको दफा ११ को उपदफा १ बमोजिम सांसद बादेलाई मुख्य सचेतकको जिम्मेवारी प्रादन गरिएको हो । गत साउन १३ मा तत्कालिन दल नेता बहादुर सिंह लामा विरुद्ध अविश्वास प्रस्ताव पारित भएपछि साउन १४ मा पुनः दल नेता चयनका लागि निर्वाचन भएको थियो । उक्त निर्वाचनमा बानियाँले २२ मत र लामाले १४ मत प्राप्त गरेका थिए । ३७ सांसद रहेको कांग्रेसको ५१ प्रतिशत भन्दा बढी सांसदको समर्थनमा बानियाँ दल नेता बनेपछि संसदीय दलको पुनः गठन बाँकी रहेको थियो । संसदीय दलको रिक्त रहेका मुख्य सचेतक पदमा मुख्यमन्त्री बानियाँले सांसद बादेलाई नियुक्त गरेका हुन् । बादे काभ्रेको नि...
गाईजात्राको अवसरमा आइतबार बागमती प्रदेशमा सार्वजनिक बिदा

गाईजात्राको अवसरमा आइतबार बागमती प्रदेशमा सार्वजनिक बिदा

Breaking News 1, ताजा अपडेट, बागमती प्रदेश, राजनीति, शिक्षा, समाचार
२३ साउन, हेटौँडा । बागमती प्रदेश सरकारले आउँदो साउन २५ गते पर्ने गाईजात्रा पर्वको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार उक्त निर्णय प्रदेश मन्त्रिपरिषद्को बैठकबाट पारित भई प्रदेश राजपत्रमा प्रकाशित गरिएको हो । मन्त्रालयकी सूचना अधिकारी रिवता कार्कीले मन्त्रिपरिषद्को निर्णयअनुसार गाईजात्राको अवसरमा साउन २५ गते सार्वजनिक बिदा दिइएको जानकारी दिइन् । निर्णयअनुसार बागमती प्रदेशभित्रका सार्वजनिक कार्यालय, शैक्षिक संस्था र निजी संघसंस्थाहरू सो दिन बन्द रहनेछन् । प्रदेश राजपत्रको खण्ड ८, संख्या ३२, भाग ३ मा २०८१ चैत २१ गते प्रकाशित सूचनामा साउन २५ गते गाईजात्राको अवसरमा सार्वजनिक बिदा दिने उल्लेख गरिएको छ । बागमती प्रदेश सरकारद्वारा कार्यान्वयनमा ल्याइएको ‘प्रदेश सरकारी कामकाजी भाषा ऐन, २०८०’ अनुसार गत २०८१ चैत १९ गते बसेको मन्...
एमाले बागमतीको प्रमुख सचेतकमा श्रेष्ठ नियुक्त

एमाले बागमतीको प्रमुख सचेतकमा श्रेष्ठ नियुक्त

ताजा अपडेट, बागमती प्रदेश, राजनीति, समाचार
२३ हेटौँडा, साउन । एमाले बागमती प्रदेश संसदीय दलको प्रमुख सचेतकमा एकालाल श्रेष्ठ नियुक्त भएका छन्। संसदीय दलको नेता जगन्नाथ थपलियाले उनलाई प्रमुख सचेतकको जिम्मेवारी प्रदान गरेका हुन्। बिहीबार संसदीय दलको कार्यालय हेटौँडामा नेता थपलियाले उनलाई नियुक्तिपत्र प्रदान गरेका हुन्। नेता थपलियाले एमाले संसदीय दलको विधान ०७७ को दफा १३ बमोजिम गत २० साउनमा प्रमुख सचेतकको जिम्मेवारी प्रदान गरेका हुन्। प्रदेशको खानेपानी ऊर्जा तथा सिँचाइमन्त्रीसमेत भइसेकका श्रेष्ठ मकवानपुर क्षेत्र नम्बर १ ९ख०बाट निर्वाचित प्रदेश सभा सदस्य हुन्। उनलाई हाल रिक्त रहेको संसदीय दलको सचेतक पदमा नियुक्त गरिएको हो। एमाले सांसद मदुसुदन पौडेल प्रदेशको कृषि तथा पशुपन्छी विकासमन्त्री नियुक्त भएसँगै सो पद रिक्त रहेको थियो।...