२३ हेटौँडा, साउन । एमाले बागमती प्रदेश संसदीय दलको प्रमुख सचेतकमा एकालाल श्रेष्ठ नियुक्त भएका छन्। संसदीय दलको नेता जगन्नाथ थपलियाले उनलाई प्रमुख सचेतकको जिम्मेवारी प्रदान गरेका हुन्।
बिहीबार संसदीय दलको कार्यालय हेटौँडामा नेता थपलियाले उनलाई नियुक्तिपत्र प्रदान गरेका हुन्। नेता थपलियाले एमाले संसदीय दलको विधान ०७७ को दफा १३ बमोजिम गत २० साउनमा प्रमुख सचेतकको जिम्मेवारी प्रदान गरेका हुन्।
प्रदेशको खानेपानी ऊर्जा तथा सिँचाइमन्त्रीसमेत भइसेकका श्रेष्ठ मकवानपुर क्षेत्र नम्बर १ ९ख०बाट निर्वाचित प्रदेश सभा सदस्य हुन्। उनलाई हाल रिक्त रहेको संसदीय दलको सचेतक पदमा नियुक्त गरिएको हो। एमाले सांसद मदुसुदन पौडेल प्रदेशको कृषि तथा पशुपन्छी विकासमन्त्री नियुक्त भएसँगै सो पद रिक्त रहेको थियो।
Hetauda Live ले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।