फोनिज रामेछापको २६औं स्थापना दिवसमा दुई पत्रकार सम्मानित

२४ साउन, हेटौंडा । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रामेछापले आफ्नो २६औं स्थापना दिवस शनिबार मन्थलीमा विविध कार्यक्रमसहित सम्पन्न गरेको छ । कार्यक्रममा जिल्लाका दुई क्रियाशिल पत्रकारलाई नगदसहित सम्मान समेत गरिएको छ।

आदिवासी जनजातिको क्षेत्रमा खोजमूलक पत्रकारिता गरेर उल्लेखनीय योगदान पुर्‍याएको भन्दै नेपाल पत्रकार महासंघ रामेछापका निर्वतमान अध्यक्ष बद्रि नयाँघरेलाइ ‘खोज पत्रकारिता पुरस्कार’ र नेपाल प्रेस युनियन रामेछापका अध्यक्ष ज्ञानु श्रेष्ठलाई ‘नेपाल आदिवासी जनजाति पत्रकारिता वर्ष पुरस्कार’ बाट सम्मानित गरिएको छ ।

फोनिज रामेछापले ‘नेपाल आदिवासी जनजाति पत्रकारिता वर्ष पुरस्कार’ विगत सात वर्षदेखि र ‘खोज पत्रकारिता पुरस्कार’ चार वर्षदेखि निरन्तर प्रदान गर्दै आएको छ । स्थापना दिवसको अवसरमा पर्यटन प्रवर्द्धनमा पत्रकारको भूमिकाु विषयक अन्तरक्रिया कार्यक्रम समेत गरिएको थियो ।

कार्यक्रममा फोनिज रामेछापका निर्वतमान अध्यक्ष नवराज श्रेष्ठ र सचिव सुमित्रा थोकरले कार्यपत्र प्रस्तुत गरर्का थिए । सहभागी पत्रकारहरूले पर्यटन विकासका लागि प्रभावकारी र जिम्मेवार पत्रकारिताको आवश्यकतामा जोड दिएका थिए ।

फोनिज रामेछापका अध्यक्ष कुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि समेत रहेका मन्थली नगरपालिकाका नगरप्रमुख लब श्रेष्ठले पर्यटन विकासका लागि स्थानीय सरकारले विभिन्न योजना कार्यान्वयन गरिरहेको जानकारी दिए । उनले नगरपालिका भित्र रहेका सांस्कृतिक सम्पदा, प्राकृतिक सौन्दर्य र ऐतिहासिक स्थलहरूको प्रचार–प्रसारमा पत्रकारसँग सहकार्य गर्न चाहेको बताए । ।

उक्त अवसरमा फोनिज बागमती प्रदेशका अध्यक्ष युवराज श्रेष्ठ, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य नवराज पथिक, पूर्व अध्यक्षहरू हिमाल ढुगेल र बद्रि नयाँघरेलगाएतले फोनिज रामेछापको योगदानको प्रशंसा गर्दै शुभकामना व्यक्त गरेका थिए । यस्तै सम्मानित पत्रकारद्वयले आफूले पाएको सम्मानलाई जिम्मेवारीका रूपमा लिँदै आगामी दिनमा अझ सत्यनिष्ठ र उत्तरदायी पत्रकारिता गर्ने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

मकवानपुरमा लागुऔषधसहित चार दिनमा १३ जना पक्राउ

मकवानपुरमा लागुऔषधसहित चार दिनमा १३ जना पक्राउ

१८ जेठ, हेटौँडा । मकवानपुर प्रहरीले चार दिनको अवधिमा विभिन्न स्थानबाट १३ जनालाई लागुऔषधसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्याल...
प्रधानमन्त्री शाहको अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभामा चर्को विरोध, राजीनामाको माग

प्रधानमन्त्री शाहको अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभामा चर्को विरोध, राजीनामाको माग

१८ जेठ, हेटौँडा । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा सीमा विवादका विषयमा दिएको पछिल्लो अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभ...
गौरीटार अन्तर्राष्ट्रिय क्रिकेट मैदानको उद्घाटन

गौरीटार अन्तर्राष्ट्रिय क्रिकेट मैदानको उद्घाटन

१७ जेड, हेटौँडा । हेटौँडाको गौरीटारमा निर्माण सम्पन्न भएको अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान आइतबार औपचारिक रूपमा उद्घाटन गरिएको...
११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

७ जेठ, हेटौँडा । बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको बजेट अधिवेशन जेठ ११ गते सोमबारका लागि आह्वान गर्न लागि प्...
२४ वैशाखमा बागमती प्रदेशभर सार्वजनिक बिदा

२४ वैशाखमा बागमती प्रदेशभर सार्वजनिक बिदा

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले ‘भाषा दिवस’का अवसरमा वैशाख २४ गते बिहीबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । ...
मुख्यमन्त्री बानियाँविरुद्ध कदमप्रतिको कांग्रेस मकवानपुरको आपत्ति

मुख्यमन्त्री बानियाँविरुद्ध कदमप्रतिको कांग्रेस मकवानपुरको आपत्ति

२१ वैशाख, हेटौँडा । नेपाली कांग्रेस मकवानपुर ले बागमती प्रदेशका सभापति तथा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ विरुद्ध...
सुकुमवासी तथा अव्यवस्थित बसोबासीको प्रदर्शन

सुकुमवासी तथा अव्यवस्थित बसोबासीको प्रदर्शन

२१ वैशाख, हेटौँडा । संघीय सरकारले अतिक्रमित बस्ती खाली गर्ने तयारी थालेपछि मकवानपुरमा भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीहरू ...
टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

२१ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगितामा ललितपुरको फ्रे...