२४ साउन, हेटौंडा । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रामेछापले आफ्नो २६औं स्थापना दिवस शनिबार मन्थलीमा विविध कार्यक्रमसहित सम्पन्न गरेको छ । कार्यक्रममा जिल्लाका दुई क्रियाशिल पत्रकारलाई नगदसहित सम्मान समेत गरिएको छ।
आदिवासी जनजातिको क्षेत्रमा खोजमूलक पत्रकारिता गरेर उल्लेखनीय योगदान पुर्याएको भन्दै नेपाल पत्रकार महासंघ रामेछापका निर्वतमान अध्यक्ष बद्रि नयाँघरेलाइ ‘खोज पत्रकारिता पुरस्कार’ र नेपाल प्रेस युनियन रामेछापका अध्यक्ष ज्ञानु श्रेष्ठलाई ‘नेपाल आदिवासी जनजाति पत्रकारिता वर्ष पुरस्कार’ बाट सम्मानित गरिएको छ ।
फोनिज रामेछापले ‘नेपाल आदिवासी जनजाति पत्रकारिता वर्ष पुरस्कार’ विगत सात वर्षदेखि र ‘खोज पत्रकारिता पुरस्कार’ चार वर्षदेखि निरन्तर प्रदान गर्दै आएको छ । स्थापना दिवसको अवसरमा पर्यटन प्रवर्द्धनमा पत्रकारको भूमिकाु विषयक अन्तरक्रिया कार्यक्रम समेत गरिएको थियो ।
कार्यक्रममा फोनिज रामेछापका निर्वतमान अध्यक्ष नवराज श्रेष्ठ र सचिव सुमित्रा थोकरले कार्यपत्र प्रस्तुत गरर्का थिए । सहभागी पत्रकारहरूले पर्यटन विकासका लागि प्रभावकारी र जिम्मेवार पत्रकारिताको आवश्यकतामा जोड दिएका थिए ।
फोनिज रामेछापका अध्यक्ष कुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि समेत रहेका मन्थली नगरपालिकाका नगरप्रमुख लब श्रेष्ठले पर्यटन विकासका लागि स्थानीय सरकारले विभिन्न योजना कार्यान्वयन गरिरहेको जानकारी दिए । उनले नगरपालिका भित्र रहेका सांस्कृतिक सम्पदा, प्राकृतिक सौन्दर्य र ऐतिहासिक स्थलहरूको प्रचार–प्रसारमा पत्रकारसँग सहकार्य गर्न चाहेको बताए । ।
उक्त अवसरमा फोनिज बागमती प्रदेशका अध्यक्ष युवराज श्रेष्ठ, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य नवराज पथिक, पूर्व अध्यक्षहरू हिमाल ढुगेल र बद्रि नयाँघरेलगाएतले फोनिज रामेछापको योगदानको प्रशंसा गर्दै शुभकामना व्यक्त गरेका थिए । यस्तै सम्मानित पत्रकारद्वयले आफूले पाएको सम्मानलाई जिम्मेवारीका रूपमा लिँदै आगामी दिनमा अझ सत्यनिष्ठ र उत्तरदायी पत्रकारिता गर्ने प्रतिबद्धता जनाए ।
Hetauda Live ले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।