Day: August 9, 2025

फोनिज रामेछापको २६औं स्थापना दिवसमा दुई पत्रकार सम्मानित

फोनिज रामेछापको २६औं स्थापना दिवसमा दुई पत्रकार सम्मानित

Breaking News 2, ताजा अपडेट, बागमती प्रदेश, समाचार
२४ साउन, हेटौंडा । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रामेछापले आफ्नो २६औं स्थापना दिवस शनिबार मन्थलीमा विविध कार्यक्रमसहित सम्पन्न गरेको छ । कार्यक्रममा जिल्लाका दुई क्रियाशिल पत्रकारलाई नगदसहित सम्मान समेत गरिएको छ। आदिवासी जनजातिको क्षेत्रमा खोजमूलक पत्रकारिता गरेर उल्लेखनीय योगदान पुर्‍याएको भन्दै नेपाल पत्रकार महासंघ रामेछापका निर्वतमान अध्यक्ष बद्रि नयाँघरेलाइ ‘खोज पत्रकारिता पुरस्कार’ र नेपाल प्रेस युनियन रामेछापका अध्यक्ष ज्ञानु श्रेष्ठलाई ‘नेपाल आदिवासी जनजाति पत्रकारिता वर्ष पुरस्कार’ बाट सम्मानित गरिएको छ । फोनिज रामेछापले ‘नेपाल आदिवासी जनजाति पत्रकारिता वर्ष पुरस्कार’ विगत सात वर्षदेखि र ‘खोज पत्रकारिता पुरस्कार’ चार वर्षदेखि निरन्तर प्रदान गर्दै आएको छ । स्थापना दिवसको अवसरमा पर्यटन प्रवर्द्धनमा पत्रकारको भूमिकाु विषयक अन्तरक्रिया कार्यक्रम समेत गरिएको थियो । ...
आज ३१ औँ विश्व आदिवासी दिवस, विभिन्न कार्यक्रमसहित मनाइँदै

आज ३१ औँ विश्व आदिवासी दिवस, विभिन्न कार्यक्रमसहित मनाइँदै

Breaking News 2, ताजा अपडेट, समाचार
२४ साउन, हेटौँडा । ३१ औँ विश्व आदिवासी दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाइँदैछ । विश्वभरका आदिवासीहरूले तीन दशकदेखि मनाउँदै आएको यस दिवसलाई नेपालका आदिवासी जनजाति समुदायले विशेष उत्सवका रूपमा मनाउने गरेका छन् । यस वर्षको दिवसको अवसरमा नेपाल आदिवासी जनजाति महासङ्घले ‘प्राकृतिक स्रोत, जल, जमिन र जङ्गलमाथि आदिवासी जनजातिको अधिकार सुनिश्चित गर, यूएनड्रिप र आईएलओ १६९ सम्बन्धी सर्वोच्च अदालतको निर्देशनात्मक आदेश कार्यान्वयन गर’ भन्ने नारा तय गरेको छ । नेपालको संविधानले आदिवासीको प्रतिनिधित्व सुनिश्चित गरेपछि राज्यका विभिन्न निकायमा आदिवासी जनजातिको सहभागिता क्रमशः बढ्दो छ । मौलिक परम्परा र सांस्कृतिक पहिचानको संरक्षणमा आदिवासी जनजाति समुदायको भूमिकालाई महत्त्वपूर्ण मानिने भएकाले यस दिवसको अवसरमा उनीहरूको हक अधिकार र योगदानलाई स्मरण गर्ने गरिन्छ ।...
देशभर जनै पूर्णिमा र रक्षाबन्धन पर्व मनाइँदै, तीर्थस्थलमा भक्तजनको भीड

देशभर जनै पूर्णिमा र रक्षाबन्धन पर्व मनाइँदै, तीर्थस्थलमा भक्तजनको भीड

Breaking News 1, ताजा अपडेट, बागमती प्रदेश
२४ साउन, हेटौँडा । साउन शुक्ल पूर्णिमाका अवसरमा आज देशभर जनै पूर्णिमा, ऋषितर्पणी र रक्षाबन्धन पर्व धुमधामसँग मनाइँदैछ । वैदिक सनातन धर्मावलम्बीहरू बिहानै नदी, तलाउ, पोखरीमा स्नान गरेर गुरु पुरोहितमार्फत नयाँ यज्ञोपवीत ९जनै० र रक्षासूत्र धारण गर्दै छन् । पशुपतिनाथ मन्दिर, वसन्तपुरको अशोकविनायक, बागमती किनारलगायत उपत्यका र देशभरका मठ–मन्दिरमा भक्तजनको भीड लागेको छ । काठमाण्डौको मणिचूड, रसुवाको गोसाइँकुण्ड, ललितपुरको कुम्भेश्वर, सिन्धुपाल्चोकको पाँचपोखरी, जनकपुरको गङ्गासागर, जुम्लाको दानसाधु लगायतका तीर्थस्थलमा विहानैदेखि मेला लागेको छ । तराईमा भने आजकै दिन दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर मनाउने परम्परा छ, जसबाट आपसी प्रेम र सम्बन्ध प्रगाढ हुने विश्वास गरिन्छ ।...