२४ साउन, हेटौँडा । ३१ औँ विश्व आदिवासी दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाइँदैछ । विश्वभरका आदिवासीहरूले तीन दशकदेखि मनाउँदै आएको यस दिवसलाई नेपालका आदिवासी जनजाति समुदायले विशेष उत्सवका रूपमा मनाउने गरेका छन् ।
यस वर्षको दिवसको अवसरमा नेपाल आदिवासी जनजाति महासङ्घले ‘प्राकृतिक स्रोत, जल, जमिन र जङ्गलमाथि आदिवासी जनजातिको अधिकार सुनिश्चित गर, यूएनड्रिप र आईएलओ १६९ सम्बन्धी सर्वोच्च अदालतको निर्देशनात्मक आदेश कार्यान्वयन गर’ भन्ने नारा तय गरेको छ ।
नेपालको संविधानले आदिवासीको प्रतिनिधित्व सुनिश्चित गरेपछि राज्यका विभिन्न निकायमा आदिवासी जनजातिको सहभागिता क्रमशः बढ्दो छ । मौलिक परम्परा र सांस्कृतिक पहिचानको संरक्षणमा आदिवासी जनजाति समुदायको भूमिकालाई महत्त्वपूर्ण मानिने भएकाले यस दिवसको अवसरमा उनीहरूको हक अधिकार र योगदानलाई स्मरण गर्ने गरिन्छ ।
Hetauda Live ले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।