२४ साउन, हेटौँडा । साउन शुक्ल पूर्णिमाका अवसरमा आज देशभर जनै पूर्णिमा, ऋषितर्पणी र रक्षाबन्धन पर्व धुमधामसँग मनाइँदैछ । वैदिक सनातन धर्मावलम्बीहरू बिहानै नदी, तलाउ, पोखरीमा स्नान गरेर गुरु पुरोहितमार्फत नयाँ यज्ञोपवीत ९जनै० र रक्षासूत्र धारण गर्दै छन् ।
पशुपतिनाथ मन्दिर, वसन्तपुरको अशोकविनायक, बागमती किनारलगायत उपत्यका र देशभरका मठ–मन्दिरमा भक्तजनको भीड लागेको छ । काठमाण्डौको मणिचूड, रसुवाको गोसाइँकुण्ड, ललितपुरको कुम्भेश्वर, सिन्धुपाल्चोकको पाँचपोखरी, जनकपुरको गङ्गासागर, जुम्लाको दानसाधु लगायतका तीर्थस्थलमा विहानैदेखि मेला लागेको छ ।
तराईमा भने आजकै दिन दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर मनाउने परम्परा छ, जसबाट आपसी प्रेम र सम्बन्ध प्रगाढ हुने विश्वास गरिन्छ ।
Hetauda Live ले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।