मुख्यमन्त्री बानियाँको प्रतिबद्धतास् ‘भोटको सम्मान गर्दै जनमुखी काम गर्छु’

४ भदौ, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले जनताको भोटको सम्मान गर्दै जनमुखी, गरिबमुखी, न्यायमुखी र आयमुखी काम गर्ने स्पष्ट प्रतिबद्धता जनाएका छन् । बुधबार जिल्लको मनहरी गाउँपालिकामा आयोजित स्वागत तथा तीज विशेष कार्यक्रममा सहभागी हुँदै बानियाँले आफू निर्वाचित भएको क्षेत्रको समग्र विकासमा दृढताका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

‘मलाई प्रदेशसभा सदस्य निर्वाचित गराउन मनहरीका जनताले ठूलो योगदान गर्नुभयो । म तपाईंहरूको विश्वासकै कारण आज मुख्यमन्त्री बन्न सकेको हुँ, उनले भने, ुअब यो वा त्यो पार्टी नभनी सबै जनताको आवश्यकता र अपेक्षालाई ध्यानमा राखेर काम गर्छ ।

कार्यक्रममा बानियाँले लामिटार–चकरी–मकरी सडकलाई कालोपत्रे गर्ने विशेष प्राथमिकताको कामका रूपमा अघि बढाउने बताए । साथै, पुल, सडक र अन्य पूर्वाधार विकासमा आफूले सक्रियता देखाउने आश्वासनसमेत दिए । महिलाहरूको महान पर्वहरितालिका तीजलाई सभ्य, भव्य र सुसंस्कृत रूपमा मनाउन पनि उनले सुझाव पनि दिए ।

गाउँपालिका उपाध्यक्ष सीता पुलामी मगरको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सरकारका मुख्यमन्त्री बानियाँसहित मन्त्रीहरू प्रभात तामाङ र कृष्णकुमार तामाङ लाई मनहरी गाउँपालिकाले सम्मान एवं बधाई दिएको थियो ।

यसअघि बुधबार दिउँसो मुख्यमन्त्री बानियाँले मनहरीस्थित आफ्नो सम्पर्क कार्यालयमा पुगेर स्थानीय जनताको समस्या र गुनासा प्रत्यक्ष रूपमा सुनेका थिए । उक्त अवसरमा गाउँपालिका अध्यक्ष रन्जन कालाखेती, प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ, कांग्रेस नेतृ कमला मैनालीलगायत उपस्तिथित थिए।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

मकवानपुरमा लागुऔषधसहित चार दिनमा १३ जना पक्राउ

मकवानपुरमा लागुऔषधसहित चार दिनमा १३ जना पक्राउ

१८ जेठ, हेटौँडा । मकवानपुर प्रहरीले चार दिनको अवधिमा विभिन्न स्थानबाट १३ जनालाई लागुऔषधसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्याल...
प्रधानमन्त्री शाहको अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभामा चर्को विरोध, राजीनामाको माग

प्रधानमन्त्री शाहको अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभामा चर्को विरोध, राजीनामाको माग

१८ जेठ, हेटौँडा । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा सीमा विवादका विषयमा दिएको पछिल्लो अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभ...
गौरीटार अन्तर्राष्ट्रिय क्रिकेट मैदानको उद्घाटन

गौरीटार अन्तर्राष्ट्रिय क्रिकेट मैदानको उद्घाटन

१७ जेड, हेटौँडा । हेटौँडाको गौरीटारमा निर्माण सम्पन्न भएको अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान आइतबार औपचारिक रूपमा उद्घाटन गरिएको...
११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

७ जेठ, हेटौँडा । बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको बजेट अधिवेशन जेठ ११ गते सोमबारका लागि आह्वान गर्न लागि प्...
२४ वैशाखमा बागमती प्रदेशभर सार्वजनिक बिदा

२४ वैशाखमा बागमती प्रदेशभर सार्वजनिक बिदा

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले ‘भाषा दिवस’का अवसरमा वैशाख २४ गते बिहीबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । ...
मुख्यमन्त्री बानियाँविरुद्ध कदमप्रतिको कांग्रेस मकवानपुरको आपत्ति

मुख्यमन्त्री बानियाँविरुद्ध कदमप्रतिको कांग्रेस मकवानपुरको आपत्ति

२१ वैशाख, हेटौँडा । नेपाली कांग्रेस मकवानपुर ले बागमती प्रदेशका सभापति तथा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ विरुद्ध...
सुकुमवासी तथा अव्यवस्थित बसोबासीको प्रदर्शन

सुकुमवासी तथा अव्यवस्थित बसोबासीको प्रदर्शन

२१ वैशाख, हेटौँडा । संघीय सरकारले अतिक्रमित बस्ती खाली गर्ने तयारी थालेपछि मकवानपुरमा भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीहरू ...
टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

२१ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगितामा ललितपुरको फ्रे...