२२ भदौ, हेटौंडा । भ्रष्टाचारको अन्त्य, सुशासनको प्रत्याभूति र अभिव्यक्ति स्वतन्त्रताका लागि सामाजिक सञ्जाल फिर्ता लगाएतको माग राख्दै जेनजी पुस्ता हेटौंडामा पनि सडकमा उत्रिएको छ ।
सरकारको उल्टो कदमको बिरुद्ध अहिले हेटौंडा उपमहानगरपालिकाको गेटबाट भएको प्रदर्सन हेटौंडाको मुख्य बजारमा प्रदर्सन गरेका छन् । उनीहरु स्वतस्फूर्त सडकमा उत्रिएका हुन ।
उनिहरु बिरोधी पम्प्लेट र व्यानर लिएर नारा लगाएका थिए । सरकारको उल्टो बाटोमा हिडिरहेकोले त्यसको बिरोधमा सडकमा आउनुपरेको उनिहरुको भनाई छ । उनिहरुले बुद्धचोकसम्म पैदल यात्रा उल्टो हिडेर पनि सांकेतीक रुपमा सरकारको विरोध गरेका थिए ।
Hetauda Live ले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।