
कांग्रेस–एमाले गठबन्धनको औचित्य सकियोः महामन्त्री थापा
२३ भदौ, हेटौँडा । सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस–एमाले गठबन्धनको औचित्य समाप्त भएको बताएका छन् ।
सोमबार बसेको कांग्रेस पदाधिकारी बैठकमा थापाले जनतालाई सुशासन दिने उद्देश्यले बनेको सरकार जनअपेक्षा पूरा गर्न असफल भएको भन्द्यै गठबन्धनलाई निरन्तरता दिन औचित्य नरहेको बताएका हुन् । कांग्रेसले यसबारे गम्भीर पुनर्विचार गर्नुपर्ने उनको भनाई छ ।
‘सुशासन दिने उद्देश्यले बनेको यो सरकार जनअपेक्षा पूरा गर्न असफल भएको छ। त्यसैले यस गठबन्धनलाई निरन्तरता दिन औचित्य छैन। कांग्रेसले यसबारे गम्भीर पुनर्विचार गर्नुपर्छ,’ उनले भने । यस्तै महामन्त्री थापाले सोमबार भएको जेन–जीको प्रदर्शनमा भएको घटनाको सम्पूर्ण जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीले लिनुपर्ने बताएका छन् । उनले सरकारले शान्तिपूर्ण आन्दोलनमा चरम दमन गरेको भन्दै घटनाको नैतिक जिम्मा प्रधानमन्त्रीकै कन्धामा जाने स्पष्ट...