२३ भदौ, हेटौंडा । देशभर फैलिएको ‘जेनजी’ पुस्ताको प्रदर्शन थप उग्र बनेको छ। सोमबारको घटनामा मृत्यु हुनेको संख्या १४ पुगेको छ भने १९४ जना घाइते भएका छन्।
स्वास्थ्य मन्त्रालयले विभिन्न अस्पतालसँग समन्वय गरेर सार्वजनिक गरेको तथ्यांकअनुसार घाइतेहरूको अवस्था गम्भीर छ ।
मृत्यु हुनेमध्ये सिभिल अस्पतालमा २, ट्रमा सेन्टरमा ६, एभरेष्ट अस्पतालमा ३, काठमाडौं मेडिकल कलेजमा २ र त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा १ जनाको मृत्यु भएको पुष्टि भएको छ।
सरकारले घटनालाई संवेदनशील मानेर उच्च सतर्कता अपनाएको छ। आन्तरिक मामिला मन्त्रालयले प्रदर्शन नियन्त्रणका लागि सुरक्षाकर्मीलाई थप सतर्क रहन निर्देशन दिएको जनाएको छ।
उता, आन्दोलनकारी पक्षले भने आफ्ना माग सम्बोधन नभएसम्म सडक आन्दोलनलाई अझै तीव्र बनाइने चेतावनी दिएका छन्।
Hetauda Live ले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।