कांग्रेस–एमाले गठबन्धनको औचित्य सकियोः महामन्त्री थापा

२३ भदौ, हेटौँडा । सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस–एमाले गठबन्धनको औचित्य समाप्त भएको बताएका छन् ।
सोमबार बसेको कांग्रेस पदाधिकारी बैठकमा थापाले जनतालाई सुशासन दिने उद्देश्यले बनेको सरकार जनअपेक्षा पूरा गर्न असफल भएको भन्द्यै गठबन्धनलाई निरन्तरता दिन औचित्य नरहेको बताएका हुन् । कांग्रेसले यसबारे गम्भीर पुनर्विचार गर्नुपर्ने उनको भनाई छ ।

‘सुशासन दिने उद्देश्यले बनेको यो सरकार जनअपेक्षा पूरा गर्न असफल भएको छ। त्यसैले यस गठबन्धनलाई निरन्तरता दिन औचित्य छैन। कांग्रेसले यसबारे गम्भीर पुनर्विचार गर्नुपर्छ,’ उनले भने । यस्तै महामन्त्री थापाले सोमबार भएको जेन–जीको प्रदर्शनमा भएको घटनाको सम्पूर्ण जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीले लिनुपर्ने बताएका छन् । उनले सरकारले शान्तिपूर्ण आन्दोलनमा चरम दमन गरेको भन्दै घटनाको नैतिक जिम्मा प्रधानमन्त्रीकै कन्धामा जाने स्पष्ट पारे ।

‘आज युवा पुस्ताले गरेको शान्तिपूर्ण आन्दोलनमा जुन अवाञ्छित र हिंसात्मक गतिविधि भए, त्यो दुःखद र अस्वाभाविक छ,‘ उनले भने, ‘आन्दोलनलाई नियन्त्रण गर्ने नाममा सरकारले गरेको दमन अक्षम्य छ। यसको जिम्मा प्रधानमन्त्रीले लिनुपर्छ।’

उनले युवाहरूले आन्दोलनमार्फत उठाएका विषयहरू आम नागरिकका सरोकारका भएको उल्लेख गर्दै थापाले भ्रष्टाचार नियन्त्रणका लागि ठोस कदम चाल्नुपर्नेमा जोड दिएका छन् । उनले २०४६ सालपछि सार्वजनिक पद धारण गरेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्न पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा उच्चस्तरीय आयोग गठन गर्नुपर्ने सुझाव दिए ।

यस्तै महामन्त्री थापाले सरकारले लगाएको सामाजिक सञ्जाल प्रतिबन्धप्रति पनि आपत्ति जनाएका छन् । उनले सामाजिक सञ्जाल नागरिकको अभिव्यक्ति स्वतन्त्रता र सरकारलाई जवाफदेही बनाउन महत्त्वपूर्ण मञ्च भएको उल्लेख गर्दै प्रतिबन्ध लगाउनु गलत निर्णय भएको र निर्देशिका नै संविधान र कानुनसम्मत नभएकाले यसलाई तत्काल खारेज गर्न उनले माग गरे ।

महामन्त्री थापाले आन्दोलनकारी युवासँग संयमता अपनाउन आग्रह गर्दै शान्तिपूर्ण आन्दोलन लोकतन्त्रको शक्ति भएकाले त्यसलाई हिंसात्मक बन्न नदिन संवादमार्फत अघि बढन आग्रह गरेका छन् ।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

२४ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसी मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रत...
बागमतीमा मन्त्रालयको संख्या आठ कायम

बागमतीमा मन्त्रालयको संख्या आठ कायम

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने महत्त्वपूर्ण निर्णय गरेको छ। मंगलबार हेटौँडामा बसेको मन्त्रिपर...
टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

२३ वैशाख, हेटौँडा । सर्लाहीको बागमती युथ क्लब मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...
चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

२२ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीक...
विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो घर तथा कार्यालयमा भएको छापामारीप्रति आपत्ति जनाउँदै ...
मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा ...
बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

२० वैशाख, हेटौँडा । बागमती गोल्डकप स् साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ सेमिफाइनलमा मकवानपुरको बागमती गाउँपालिकामा जारी ...
बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

१९ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसीले मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...