आन्दोलनमा सार्वजनिक सम्पत्ति क्षति रोक्न सेनाको अनुरोध

१८ भदौ, हेटौँडा । नेपालमा जारी जेन–जी आन्दोलनले उग्र रूप लिँदै जाँदा नेपाली सेनाले विशेष अनुरोध सार्वजनिक गरेको छ। आन्दोलनका क्रममा भौतिक संरचना, सार्वजनिक सम्पत्ति र मानव जीवनमा भएको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै सेनाले संयमित र जिम्मेवार ढंगले आन्दोलन अघि बढाउन आग्रह गरेको हो।

सेनाले सोमबार सार्वजनिक गरेको विज्ञप्तिमा हाल मुलुकमा भइरहेको घटनाक्रमले राष्ट्रिय एकता, स्वाधीनता र स्थायित्वमा असर पुर्‍याउन सक्ने भन्दै चिन्ता प्रकट गरिएको छ। सेनाले आफ्नो तटस्थ भूमिकामा अडिग रही राष्ट्रिय हित र नेपाली जनताको सुरक्षा सुनिश्चित गर्न सदैव तत्पर रहेको स्पष्ट पारेको छ।

विज्ञप्तिमा भनिएको छ, “यस आन्दोलनका क्रममा जनधनमा पुगेको अपूरणीय क्षतिप्रति गहिरो दुःख छ। घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं।”

नेपाली सेनाले शान्ति, सद्भाव र राष्ट्रिय एकतालाई जोगाउन सम्पूर्ण पक्षलाई संयमित हुन र आगामी दिनमा जिम्मेवार व्यवहार गर्न विशेष आग्रह गरेको छ। साथै, देशभित्रको विद्यमान परिस्थिति पार गर्न युवापुस्ताको सचेत र शान्तिपूर्ण सहभागिता अपरिहार्य भएको पनि विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

मकवानपुरमा लागुऔषधसहित चार दिनमा १३ जना पक्राउ

मकवानपुरमा लागुऔषधसहित चार दिनमा १३ जना पक्राउ

१८ जेठ, हेटौँडा । मकवानपुर प्रहरीले चार दिनको अवधिमा विभिन्न स्थानबाट १३ जनालाई लागुऔषधसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्याल...
प्रधानमन्त्री शाहको अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभामा चर्को विरोध, राजीनामाको माग

प्रधानमन्त्री शाहको अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभामा चर्को विरोध, राजीनामाको माग

१८ जेठ, हेटौँडा । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा सीमा विवादका विषयमा दिएको पछिल्लो अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभ...
गौरीटार अन्तर्राष्ट्रिय क्रिकेट मैदानको उद्घाटन

गौरीटार अन्तर्राष्ट्रिय क्रिकेट मैदानको उद्घाटन

१७ जेड, हेटौँडा । हेटौँडाको गौरीटारमा निर्माण सम्पन्न भएको अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान आइतबार औपचारिक रूपमा उद्घाटन गरिएको...
११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

७ जेठ, हेटौँडा । बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको बजेट अधिवेशन जेठ ११ गते सोमबारका लागि आह्वान गर्न लागि प्...
२४ वैशाखमा बागमती प्रदेशभर सार्वजनिक बिदा

२४ वैशाखमा बागमती प्रदेशभर सार्वजनिक बिदा

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले ‘भाषा दिवस’का अवसरमा वैशाख २४ गते बिहीबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । ...
मुख्यमन्त्री बानियाँविरुद्ध कदमप्रतिको कांग्रेस मकवानपुरको आपत्ति

मुख्यमन्त्री बानियाँविरुद्ध कदमप्रतिको कांग्रेस मकवानपुरको आपत्ति

२१ वैशाख, हेटौँडा । नेपाली कांग्रेस मकवानपुर ले बागमती प्रदेशका सभापति तथा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ विरुद्ध...
सुकुमवासी तथा अव्यवस्थित बसोबासीको प्रदर्शन

सुकुमवासी तथा अव्यवस्थित बसोबासीको प्रदर्शन

२१ वैशाख, हेटौँडा । संघीय सरकारले अतिक्रमित बस्ती खाली गर्ने तयारी थालेपछि मकवानपुरमा भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीहरू ...
टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

२१ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगितामा ललितपुरको फ्रे...