Day: September 9, 2025

हेटौँडामा जेनजीे आन्दोलनः सरकारी कार्यालय र एमाले कांग्रेसका नेताहरुको घरमा तोडफोड र आगजनी

हेटौँडामा जेनजीे आन्दोलनः सरकारी कार्यालय र एमाले कांग्रेसका नेताहरुको घरमा तोडफोड र आगजनी

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, बागमती प्रदेश, राजनीति, हेटौँडा
२४ भदौ, हेटौँडा । सोमबारबाट सुरु भएको जेनजी पुस्ताको आन्दोलनले मंगलबार उग्र रूप लिँदा बागमती प्रदेशको राजधानी हेटौँडामा रहेका अधिकांश सरकारी कार्यालयहरूमा तोडफोड र आगजनी भएका छन् । बिहान शान्तिपूर्ण रुपमा सुरू भएको प्रदर्शन दिउँसोतिर हिंसात्मक मोडमा परिणत भएको थियो । उनीहरुको तोडफोड र आगजनतीबाट करोडौको धनमाल नष्ट भएको छ भने, सरकारी कागजात जलेर नष्ट भएका छन् । आन्दोलनकारीहरूले बागमती प्रदेश सभा, प्रदेश सरकारका मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धानको कार्यालय, पाटन उच्च अदालत हेटौँडा, मकवानपुर जिल्ला अदालत, राजस्व कार्यलय, लोकसेवा आयोग, हेटौँडा उपमहानगरपालिका, नापी विभाग, सञ्जयकोषको निर्माणधिन भवन, जिल्ला समन्वय समतिको कार्यलय, ४ र १० नम्बर वडा कार्यलयमा तोडफोड र आगजनी भएको छ । आन्दोलनकारीहरुले ती कार्यलयमा प्रवेश गरेर तोडफोड गर्नुका साथै कागजात र सवारीसाधन तथा भौतीक संरचनामा समेत आगो लग...
आन्दोलनमा सार्वजनिक सम्पत्ति क्षति रोक्न सेनाको अनुरोध

आन्दोलनमा सार्वजनिक सम्पत्ति क्षति रोक्न सेनाको अनुरोध

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, बागमती प्रदेश, राजनीति, समाचार
१८ भदौ, हेटौँडा । नेपालमा जारी जेन–जी आन्दोलनले उग्र रूप लिँदै जाँदा नेपाली सेनाले विशेष अनुरोध सार्वजनिक गरेको छ। आन्दोलनका क्रममा भौतिक संरचना, सार्वजनिक सम्पत्ति र मानव जीवनमा भएको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै सेनाले संयमित र जिम्मेवार ढंगले आन्दोलन अघि बढाउन आग्रह गरेको हो। सेनाले सोमबार सार्वजनिक गरेको विज्ञप्तिमा हाल मुलुकमा भइरहेको घटनाक्रमले राष्ट्रिय एकता, स्वाधीनता र स्थायित्वमा असर पुर्‍याउन सक्ने भन्दै चिन्ता प्रकट गरिएको छ। सेनाले आफ्नो तटस्थ भूमिकामा अडिग रही राष्ट्रिय हित र नेपाली जनताको सुरक्षा सुनिश्चित गर्न सदैव तत्पर रहेको स्पष्ट पारेको छ। विज्ञप्तिमा भनिएको छ, “यस आन्दोलनका क्रममा जनधनमा पुगेको अपूरणीय क्षतिप्रति गहिरो दुःख छ। घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं।” नेपाली सेनाले शान्ति, सद्भाव र राष्ट्रिय एकतालाई जोगाउन सम्पूर्ण पक्षलाई संयमित ह...
सोमबारको जेन–जीको आन्दोलन र युवाको रगतले रक्तरञ्जित सरकार

सोमबारको जेन–जीको आन्दोलन र युवाको रगतले रक्तरञ्जित सरकार

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, विचार, समाचार
स्वतन्त्र विचार २३ भदौ । सोमबारको दिन नेपाली राजनीतिक इतिहासमा अर्को दुःखद दिनका रूपमा अंकित भएको छ। सामाजिक सञ्जालमाथिको प्रतिवन्ध फुकुवा, भ्रष्टाचार र कुशासनको अन्त्यको माग गर्दै सडकमा उत्रिएका जेन–जी पुस्ताका युवाहरूले सुशासन, पारदर्शिता र समान अवसरको माग गरे । तर माग सुन्नुपर्ने सरकार स्वयं उनीहरूका रगतमा रंगिन पुग्यो । सरकारले शान्तिपूर्ण आन्दोलनलाई संवेदनशीलतापूर्वक सम्बोधन गर्न सक्थ्यो । तर त्यो मार्ग रोजिएन। दमनको बाटो रोजियो । परिणाम स्वरूप १९ युवा नागरिकले ज्यान गुमाए भने सयौं अस्पतालको बेडमा छटपटाइरहेका छन् । मुलुकले यति ठूलो मूल्य तिर्नु परे पनि सरकारले अहिलेसम्म जिम्मेवारी स्वीकार गरेको छैन । गृहमन्त्रीले राजीनामा दिए, तर के यति नै पर्याप्त हौ? जिम्मा केवल गृहमन्त्रीकै हो त? प्रधानमन्त्रीदेखि सत्तारूढ दलका शीर्ष नेतासम्म नैतिक रूपमा उत्तिकै जिम्मेवार हुनुपर्ने हो, तर उन...
मंगलबार हेटौँडाका सबै विद्यालय बन्द हुने

मंगलबार हेटौँडाका सबै विद्यालय बन्द हुने

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, शिक्षा, समाचार
२३ भदौ, हेटौँडा । हेटौँडा उपमहानगरपालिकाले सोमबार भएको घटनालाई मध्यनजर गर्दै मंगलबार एक दिनका लागि नगरभरका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको छ । उपमहानगरपालिकाले सोमबार साँझ सूचना सार्वजनिक गर्दै मंगलबार नगरका सबै सामुदायिक र निजी तथा संस्थागत शैक्षिक संस्थाहरु बन्द रहने जनाएको हो । उपमहानगरपालिकाले थप अप्रिय घटना नहोस् भन्ने उद्देश्यले विद्यालय बन्दको निर्णय गरेको सूचनामा उल्लेख गरेको छ । सोमबार जेनजीले गरेको प्रदर्शन हिंसात्मक बन्दा देशभर १९ जनाले ज्यान गुमाएका छन् भने तीन सयभन्दा बढी घाइते भएका छन् । विभिन्न ठाउँमा भइरहेको प्रदर्शनले शिक्षा क्षेत्रमा समेत प्रत्यक्ष असर पारेपछि विद्यालय बन्द गर्ने निर्णय गरिएको उपमहानगरपालिकाको भनाइ छ । उपमहानगरपालिकाले यस विषयम परिस्थितिमा विद्यार्थी, शिक्षक, अभिभावक र सम्पूर्ण नगरवासीलाई शान्त वातावरण कायम गर्न आग्रह गरेको छ। साथै, परिस्थितिला...