हेटौँडामा जेनजीे आन्दोलनः सरकारी कार्यालय र एमाले कांग्रेसका नेताहरुको घरमा तोडफोड र आगजनी

२४ भदौ, हेटौँडा । सोमबारबाट सुरु भएको जेनजी पुस्ताको आन्दोलनले मंगलबार उग्र रूप लिँदा बागमती प्रदेशको राजधानी हेटौँडामा रहेका अधिकांश सरकारी कार्यालयहरूमा तोडफोड र आगजनी भएका छन् । बिहान शान्तिपूर्ण रुपमा सुरू भएको प्रदर्शन दिउँसोतिर हिंसात्मक मोडमा परिणत भएको थियो । उनीहरुको तोडफोड र आगजनतीबाट करोडौको धनमाल नष्ट भएको छ भने, सरकारी कागजात जलेर नष्ट भएका छन् ।

आन्दोलनकारीहरूले बागमती प्रदेश सभा, प्रदेश सरकारका मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धानको कार्यालय, पाटन उच्च अदालत हेटौँडा, मकवानपुर जिल्ला अदालत, राजस्व कार्यलय, लोकसेवा आयोग, हेटौँडा उपमहानगरपालिका, नापी विभाग, सञ्जयकोषको निर्माणधिन भवन, जिल्ला समन्वय समतिको कार्यलय, ४ र १० नम्बर वडा कार्यलयमा तोडफोड र आगजनी भएको छ । आन्दोलनकारीहरुले ती कार्यलयमा प्रवेश गरेर तोडफोड गर्नुका साथै कागजात र सवारीसाधन तथा भौतीक संरचनामा समेत आगो लगाई दिएका छन् ।

आन्दोलनकारी लगाएको आगोका कारण बागमती प्रदेश कार्यलयको हेटौँडा १० मा रहेको नवनिर्मित भवन पूर्णरुपमा ध्वस्त भएको छ । यसैगरी हेटौँडा २ मा रहेको अख्तियार दुरुपयोग अनुसन्धान कार्यलयको भवनमा लगाइएको आगो नियन्त्रणमा आउन सकेको छैन । हेटौँडा २ मै रहेको बामगती प्रदेशका ४ वटा मन्त्रालय रहेको भवनमा लगाइएको आगो पनि नियन्त्रण बाहिर गएको छ । यहाँ बागमती प्रदेशको खानेपानी तथा उर्जा, भौतिक पूर्वाधार, पशु पन्छी तथा कृषि, र श्रम तथा रोजगार मन्त्रालय रहेका छन् ।

आन्दोलनकारीहरुले मन्त्रालयमा प्रवेश गरी आगो लगाउनुका साथै तोडफोड गरेका छन् । यस्तै मन्त्रालय परिसरमा राखिएका सवारी साधनहरुमा समेत आगजनी गरेका छन् । प्रहरीको घेरा तोडेर हेटौँडा उपमहानगरपालिका भित्र प्रवेश गरेका उनीहरुले मेयर उपमेयरको कार्यकक्षमा तोडफोड गर्नुकासाथै भौतिक संरचनामा आगजनि गरेका छन् । उनीहरुले उपमहानगर परिसरमा रहेका सवारी साधनमा आगजनी गरेका छन् भने दमकलमा तोडफोड गरेका छन् । आन्दोलनकारीले लोकसेवा आयोग र हेटौँडा उपमहानगरपालिकामा लगाएको आगो पनि नियन्त्रणमा आउन सकेको छैन ।

यता आन्दोलनकारीहरुले प्रदेशको मुख्यमन्त्री कार्यलय, मुख्यमन्त्री निवास र जिल्ला प्रशासन कार्यलयमा पनि तोडफोड र आगजनीको प्रयास गरेका थिए । तर सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेका कारण यी तिन स्थानमा भने सामान्य क्षति भएको छ । आन्दोलनकारीले हानेको ढुंगा लागेर जिल्ला प्रशासन कार्यलय र मुख्यमन्त्रीको कार्यलयका झ्यालका सिसा फुटेपनी अन्य संरचनामा क्षति पुगेको छैन । यसैगरी मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको सरकारी निवासमा आक्रमण गर्न पुगेका आन्दोलनकारीहरुलाई नेपाली सेनाले रोकेको थियो । यद्यपी उनीहरुले निवासको पर्खालमा लगाएको फलामे बार तोडफोड गरेर भित्र प्रवेश गरेका थिए । तर नेपाली सेनाका कारण आन्दोलनकारीहरु त्यहाँबाट पछि हटेका थिए ।

मुख्यमन्त्री कार्यलय नजिकै रहेको प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालय र वन तथा वातावरण मन्त्रालयमा पनि आन्दोलनकारीहरुले तोडफोड र आगजानी गरेका छन् । त्यहाँ पनि उनीहरुले भित्र प्रवेश गरेर भौतिक सामाग्रीमा क्षति पु¥याउनुका साथै आगजनी गरको छन् ।

यस्तै सोही स्थानमा रहेको उच्च अदालत पाटन इजलास र मकवापनुर जिल्ला अदालतमा पनि आन्दोलनकारीहरुले प्रवेश गरेर तोडफोडका साथै आगजनी गरेका छन् । उनीहरुले हेटौँडा १० मा रहेको प्रदेशको स्वास्थ्य मन्त्रालय र सामाजिक मन्त्रालयका साथै मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यलय र हेटौँडा ११ मा रहेको यातायात व्यवस्था कार्यलयको भवनमा पनि आगजनी र तोडफोड गरेका छन् ।

कांग्रेस र एमालेका पार्टी कार्यलय र नेताहरुको घर तोडफोड, भाटभटेनीमा चोरी पछि आगजनी
आन्दोलनकारीहरूले भ्रष्टाचार, असमानता र नेतृत्वविहीनताको आरोप लगाउँदै लामो समयदेखि असन्तुष्टि जनाउँदै आएका थिए । सोहि क्रमा उनीहरुले सत्तामा रहेका दुई ठुला दलहरु कांग्रेस र एमालेका हेटौँडास्थित जिल्ला पार्टी कार्यलय र नेताहरुको घरमा समेत तोडफोड र आगजनी गरेका छन् ।

उनीहरुले हेटौँडा २ मा रहेको कांग्रेसको पार्टी कार्यलय प्रवेश गरी त्यहाँ भएका फर्निचर र कागजात बाहिर ल्याएर आगजनी गरेका थिए भने हेटौँडा ४ मा रहेको एमालेको पार्टी कार्यलयमा समेत तोडफोड र आगजनी गरेका छन् । यस्तै बागमती प्रदेशका मुख्यमन्त्री एवं कांग्रेस प्रदेश सभापति इन्द्रबहादुर बानियाँको हेटौँडा ५ सानोपोखरास्थित निवासमा आगजनी र तोडफोड गरेका छन् ।

यस्तै हेटौँडा ५ मा रहेको बानियाँ निर्माण सेवाको कार्यलयमा तोडफोड गरेका छन् भने पूर्व मुख्यमन्त्री डोरमणी पौडेलको हेटौँडा ११ नवलपुरमा रहेको घरमा अगाजनी र तोडफोड गरेका छन् । यस्तै भीफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाको हेटौँडा ४ हुप्रमा रहेको घर, प्रदेश सांसद एकालाल श्रेष्ठको हेटौँडा १ चौकिटोलमा रहेको घर र संविधान सभासद अनन्त पौडेको हेटौँडा ४ मा रहेको घरमा पनि आगजनी गरेका छन् ।

यसैगरी आक्रोशित आन्दोलनकारीहरुले हेटौँडा २ चौकिटोलमा रहेको भाटभटेनी सुपरमार्केटमा समेत तोडफोठ र आगजनी गरेका छन् । त्यसअघि भाटभटेनी पुगेको समूहले तोडफोड र लुटपाटसमेत गरेको छ ।

oplus_0

मकवानपुरका तीन पालिकामा पनि तोडफोड
जेनजीको आन्दोलनका क्रममा मकवानपुरका पालिकाहरुमा समेत तोडफोड र आगजनी भएको छ । पश्चिम मकवानपुरको मनहरी गाउँपालिकास्थित मनहरी बजारमा बिहानैदेखि प्रदेर्शनमा उत्रेका उनीहरुले टायर बालेर राजमार्ग बन्द गर्नुका साथै रजैयास्थित मनहरी गाउँपालिकाको कार्यलयमा तोडफोड र आगजनी गरेका छन् ।

यस्तै पूर्वि मकवानपुरको बकैया गाउँपालका कार्यलयमा पनि आन्दोलनकारीले तोडफोड र आगजनी गर्नुका साथै उत्तरी मकवानपुरस्थित थाहा नगरपालिकाको कार्यलयमा आन्दोलनकारीहरुले तोडफोड र आगजनी गरेका छन् ।

बागमती प्रदेश सभामुख भुवन पाठकसहित राप्रपाका १३ सांसदले दिए राजीनामा
बागमती प्रदेश सभामा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सभामुखसहित १३ सदस्यले राजीनामा दिएका छन् । जेनजी आन्दोलन उग्र बन्दै गएपछि सभामुख पाठकको राजिनामा आएको हो । उनले आफुसहित राप्रपाका १३ सांसदको राजिनामा प्रदेश सचिवालय मार्फत प्रदेश प्रमुख समक्ष पठाएको जानकारी दिए । बागमती प्रदेशमा ११० सदस्य रहेका छन् । जसमा कांग्रेसका ३७, एमालेका २७ माओवादीका २१, राप्रपाका १३, एकिकृत समाजवादीका ७, नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका २ जना सांसद रहेका छन् ।

 

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

२४ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसी मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रत...
बागमतीमा मन्त्रालयको संख्या आठ कायम

बागमतीमा मन्त्रालयको संख्या आठ कायम

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने महत्त्वपूर्ण निर्णय गरेको छ। मंगलबार हेटौँडामा बसेको मन्त्रिपर...
टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

२३ वैशाख, हेटौँडा । सर्लाहीको बागमती युथ क्लब मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...
चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

२२ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीक...
विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो घर तथा कार्यालयमा भएको छापामारीप्रति आपत्ति जनाउँदै ...
मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा ...
बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

२० वैशाख, हेटौँडा । बागमती गोल्डकप स् साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ सेमिफाइनलमा मकवानपुरको बागमती गाउँपालिकामा जारी ...
बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

१९ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसीले मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...